बेल्जियममा धुमधामका साथ शेर्पा लोसार मनाईयो

ईयुनेपाल समाचारदाता
अन्त्वेर्पेन बेल्जियम, मार्च २० ।

शेर्पाहरुको महान चाड ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुग बेल्जियमले बार्षिक रुपमा मनाउदै आईरहेको लोसार कार्यक्रम यस बर्ष पनि मे–मो, च्या लो २१४४ को अवसरमा मार्च १८ तारीख शनिबार आयोजना गरी धुमधामका साथ मनाएको छ । बार्षिक रुपमा बेल्जियमको ल्युवेन शहरमा आयोजना हुने कार्यक्रमलाई यस बर्ष अन्त्वेर्पेन शहरमा आयोजना गरिएको थियो ।

ईयु र बेनेलक्सका लागि नेपाली राजदुत लोकबहादुर थापाको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा बेल्जियममा स्थापना भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै यूरोपका विभिन्न देशहरुबाट पनि समेत प्रतिनिधिमुलक उपस्थिती रहेको थियो ।

शेर्पा किदुग बेल्जियमका अध्यक्ष आङ दोर्जी शेर्पा सोनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेर्पा संघ यूरोपका अध्यक्ष फुला शेर्पा, सल्लाहकार पेम्बा गेल्बु शेर्पा, पेम्बा शेर्पा, उपाध्यक्ष टाशी याङगी शेर्पा, संघका पुर्व सल्लाहकार तथा गैर आवसीय नेपाली संघ यूरोप क्षेत्रीय उपसंयोजक दावा ग्याल्जेन शेर्पा, शेर्पा संघ बेलायतका अध्यक्ष सना शेर्पा, शेर्पा संघ ईजरायलका पुर्व अध्यक्ष आङ छिरिङ शेर्पा, शेर्पा सोसाईटी पोर्तुगलका उपाध्यक्ष कामाछिरि शेर्पा लगायतका महानुभावहरुको विशेष उपस्थिती रहेको थियो ।

पहिलो औपचारिक कार्यक्रमको समापनसँगै सुरु भएको सांस्कृतिक कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित वरिष्ठ गायक देण्डी शेर्पा र गायक एपी शेर्पाको विशेष प्रस्तुति सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ गायक देण्डी शेर्पाको प्रस्तुतिसँगै उपस्थित सबैको सामुहिक शेर्पा श्याब्रु नृत्य विशेष आकर्षण रहेको थियो । कार्यक्रममा शेर्पा किदुग बेल्यिम र शेर्पा संघ यूरोपको तर्फबाट वरिष्ठ गायक देण्डी शेर्पा र गायक एपी शेर्पालाई सम्मान समेत गरिएको थियो ।


त्यसैगरी कार्यक्रम शेर्पा संघ यूरोपको सातौ बार्षिक बैठक पनि सँगै भएकोले शेर्पा संघ यूरोपले अनाथ असाह्य विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको छात्रावृत्ति अक्षयकोषलाई सहयोग गर्नुहुने महानभावहरुलाई समेत धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा एन आर एन केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ , अाईसीसी सदस्यहरू जानकी गुरुङ,नेत्र मगर , चिज कुमार श्रेष्ठ , बेल्जियम अध्यक्ष गंगाधर गौतम ,तामाङ समाज ,सयुक्त किरात समाज ,तमू समाज ,पाशापुच ,थकाली समाज, थारू समाज ,मगर समाज ,क्षेत्री समाज , ब्यबशायी संघ ,बेल्जियम स्थित सात राजनैतिक संगठन , बेल्जियमका बिभिन्न संघ सस्थाका अध्यक्ष सहित ब्यापक र बाक्लो उपस्थिती रहेको थियो ।

उक्त लोसार कार्यक्रममा पोर्चुगल ,अमेरिका ,स्पेन ,फ्रान्स ,स्विट्जरल्याण्ड ,नेदरल्याण्ड ,जर्मनी ,बेलायत लगायतका मुलुकहरूबाट समेत सहभागिता,उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रम सँचालन पेम्बा गेल्बु शेर्पा र सभापतित्व आङ दोर्जी सोनामको रहेको थियो ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम सम्पन्न भएपछि पनि आईतबार विहान ४ बजे सम्म नाचगान गर्दै भव्यताका साथ सम्पन्न भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*