एनपिपिएफ डेनमार्कको अधिवेशन कोपनहेगनमा सम्पन्न

ईयुनेपाल समाचारदाता
कोपनहेगन डेनमार्क ,मार्च १९ ।

नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) डेनमार्कको तेश्रो एकता अधिवेशन शनिबार कोपनहेगनमा सम्पन्न भएको छ ।

अधिवेशनले भानु पोखरेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा महेन्द्र खड्का र शक्ति पाण्डे, महासचिवमा महेशकुमार खाती, सचिवमा समिर तामाङ र कोषाध्यक्षमा रत्नबहादुर बुढाथोकी चयन भएका हुन् । कार्यसमिति सदस्यहरुमा बावुराम विश्वकर्मा,लक्ष्मीप्रसाद कट्टेल,दिपेन्द्र शर्मा, मोहन के.सी., सुर्य सापकोटा, देवी गौतम, पूर्ण खत्री, गौतम यात्री, अनोज अधिकारी, लक्ष्मण तिमिल्सिना रहेका छन्।

नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) डेनमार्कको संस्थापक संरक्षकमा पूर्व अध्यक्ष उदयराज गौतम र सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश ढकाल छन् । अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय ब्यूरोका सदस्य टासी लामाले नेपालीहरु संसारको जुनसुकै देशमा रहे पनि नेपालको सम्वृद्धिको लागि लाग्नुपर्नेमा जोड दिए । उनले देश विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स देशको आधाभन्दा बढि क्षेत्रमा हिस्सा रहेको भन्दै अव देश विकासमा पनि विदेशमा सिकेको सिप र अध्ययन लगाउनुपर्ने भनाइ व्यक्त गरे ।

तेश्रो एकता अधिवेशन कार्यक्रममा डेनमार्कका लागि नेपाली दुताबास डेनमार्कका कार्यबाहक राजदूत रामकाजी खड्काले डेनमार्कमा रहेका नेपालीहरु साझा हितको लागि एक रहेको बताए ।

युबा नेता एबम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपेश पुनले नेपालको विकासको लागि सबै पार्टीका युवाहरु एक भएर लाग्नुपर्ने बताउँदै नेपालको सम्वृद्धिका लागि विदेशमा रहेका नेपालीलाइ अझै बढि भुमिका खेल्नु पर्ने बताए ।

नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) यूरोप सदस्य भानु पोखरेल, एनआरएनका आइसिसी सदस्य सोम सापकोटा, एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, मगर समाजका ओम राना,जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष निल थापा,प्रवासि नेपाली मञ्चका दिपक पाण्डे, क्रियटिभ नेप्लिज ओमनका इन्दिरा तिवारी, इनासका अध्यक्ष सन्तबहादुर थापा र विद्यार्थी प्रतिनिधि गौतम यात्रीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

आयोजक समितिका संयोजक उदयराज गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश ढकालले स्वागत तथा सञ्चालन समिर तामाङले गरेका थिए ।कार्यक्रममा प्रगतिशील लोकप्रिय गायक चेतन सापकोटा, प्रगतिशील गायक नविन खड्का र डेनमार्कका गायक विश्व तामाङले आफ्ना चर्चित गित प्रस्तुत गर्दै भरपूर मनोरन्जन दिलाएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*