माओबादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठ युरोप आउदै

बिरमान मगर
ब्रसेल्स बेल्जियम,मार्च १५।

नेपाली जन प्रगतिशिल मञ्च तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको अधिबेसन आगामी मार्च १९ तारिख आईतबार हुन गईरहेको छ।

अधिबेसन नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता एबम पूर्व उपप्रधान र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा ख्यातिप्राप्त वरिष्ठ संगीतकार तथा जनबादी गायक चेतन सापकोटा र नबिन खड्काको बेजोड साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने भएकोले बेल्जियमबासि नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक निमण्त्रणा गरेको छ।

बेल्जियम स्थित् बिभिन्न संघ- संस्थाका अध्यक्ष तथा सम्पुर्ण नेपालीहरुमा उपस्थितिको लागि हार्दिक निमण्त्रणा गर्दै नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११औं अधिबेसनमा बर्तमान नेपाली राजनैतिक बिषम परिस्थितिको कारण उपस्थित नहुने भनिएतापनि अन्तत नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता एबम पूर्व उपप्रधान र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख अतिथ्यता गर्ने निश्चय भएको कुरा मन्चका अध्यक्ष चित्र सुबेदीले बताए।

कार्यक्रममा माओबादी केन्द्रका युबा नेता दिपेश पुनको समेत उपस्थिति रहने कुरा अध्यक्ष् सुबेदीले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*