अनुजालाई माधवको समर्थन, के गर्लिन सिता सापकोटा ?

अनुजालाई माधवको समर्थन, के गर्लिन सिता सापकोटा ?
बिभु क्षेत्री लुभेन

नेपाली जनसंपर्क समिति बेल्जियमको चुनवमा माधव सापकोटाको टिमले सर्वसम्मती हुने खण्डमा संगठनको वृह्तर हितको लागि भन्दै अनुजा प्रधानको नेतृत्वलाई स्विकार गर्ने भएको छ ।

अध्यक्षका प्रत्यासी माधव सापकोटाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान उपाध्यक्ष र अध्यक्षका उम्मेद्वार अनुजा प्रधानको नाममा सर्वसम्मती हुने भएमा आफुलाई स्विकार्य हुने बताएका छन् ।

अर्का उम्मेद्वार सिता सापकोटालाई संगठनको हितका लागि उम्मेद्वार अनुजा प्रधानले अनुरोध गरेकी छन् । यस पुर्व उम्मेद्वार प्रधानले सार्वजानिक अभिव्यक्ति दिदै उमेद्वारद्धय सिता सापकोटा र माधव सापकोटालाई मिलेर आएमा आँफुले मैदान खालि गरिदिने घोषणा गरे लगत्तै माधव सापकोटाले उदारता देखाएर एक पद, एक व्यक्ति र एक कार्यकाल हुनु पर्दछ भन्ने आफ्नो स्पस्ट दृष्टिकोण रहेकाले अनुजा प्रधान आउँदा आफुलाई मान्य रहेको बताएका छन् ।

चुनाव सरागर्मि बढिरहेको बेल्जियममा अव उदारता देखाउने पालो सिता सापकोटाको रहेको चर्चा चल्न थालेको छ । सिता सापकोटाले संगठनको हितका लागि उदारता देखाएमा मार्ग प्रशस्त हुने विष्लेषण गर्न थालिएको छ । उम्मेद्वार अनुजा प्रधानले सामाजिक संजालमा स्टाटस लेख्दै “दिदीले नेपाली समाजमा विभिन्न भुमिकाहरु निभाईसक्नु भएको र नेपाल तरुण दलको केन्द्रिय महिला उपप्रमुख समेत भै सकेकोले बेल्जियमको स्थानिय संगठनमा एक महिला, उर्जाशिल युवालाई अवसर दिदा तपाँइको उचाई अझै बढ्ने मेरो बुझाई छ । तपाँइ र मेरो पटक पटकको भेट र टेलिफोन संवादमा समेत म अनुजा प्रधानको नाममा सर्वसम्मती हुने भए आँफुले सहयोग गर्ने बचन दिनु भएको स्मरण गराउन चाहान्छु । दिदीले आँफुले बोलेको बचनलाई पुरा गर्नु हुने छ भन्ने पुर्ण विश्वासका साथ दिदीको शिघ्र प्रतिकृयाको अपेक्षा गर्दछु” भनेकी छन् ।

अध्यक्षका प्रत्यासी माधब सापकोटाको अनुरोध

नेपाली काँग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति बेल्जियममा मेरो उम्मेदवारी दावी गर्दैगर्दा पार्टी सिद्धान्त, महान नेताहरुको विचार र विदेशमा रहेका आस्था र निष्ठावानसाथीहरुको देशप्रेम, पार्टीप्रेम भावनाको प्रतिनिधित्व मेरो जिम्मेवारी हुनेछ । साथीहरुलाई थाहै भएको कुरा हो विगतमा संस्था विवादित नहुन सकेन । विदेशी माटोमा नेपाली भावनाको सुवास छर्ने प्रयत्न सदा कायम रहने छ ।

दावी प्रस्तुत गर्दैगर्दा आफ्नो धरातल र विगत भुल्नु हुन्न मलाई याद छ २०५० सालमा नेविसंघको जनजागृति मावीमा इकाईसचिवको जिम्मेवारीपाएदेखि २०५३ वाट गल्कोट माविको इकाईअध्यक्षमा जिम्मेवारी बढ्दै गइरहेको प्रत्येक जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको सानै भएपनि योगदान इमान्दारीपूर्वक छ । त्यसयता २०५४ मा बाग्लुङ्ग जिल्ला क्षेत्र नं. २ को क्षेत्रिय सचिव हुँदै महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङ्गमा नेविसंघको तर्फबाट स्ववियुको सहसचिवको उम्मेदवार हुन पुगेँ । नेविसंघले फेरि जिल्ला कार्यसमितिको सदस्य तथा २०५७ सालमा महेन्द्र बुहुमुखी क्याम्पसको इकाई समितिको उपाध्यक्ष पदमा जिम्मेवारी दिइयो जसलाई इमान्दारीपूर्वक निर्वाह गरेँ ।

२०५९ सालमा नेविसंघ बाग्लुङ्गको अध्यक्ष हुँदै त्रिभूवन युनिभर्सिटी विश्वविद्यालय कीर्तिपुरको इकाई सदस्य हुँदैगर्दा देशका विभिन्न आन्दोलनमा सरिक हुन पाउँदा गौरवान्वित भएको छु । २०६१ सालमा राजाको निरकुंशताको विरुद्ध आन्दोलनमा ५ दिनसम्म हिरासतमा रहेको जीवनको कालखण्डको एउटा इतिहास छ । अखिलका कार्यकर्ताबाट बेलाबेलामा पाएका यातनाको कुरा गरि साध्य छैन ।
तर मैले आफ्ना विगत कोट्याउनुको पछाडि स्पष्ट कारण यहाँहरुसमक्ष राख्न चाहान्छु । पार्टीमा मैले आफ्नो तल्लो इकाइबाट काम गरेको कारणले प्रवासमा पनि त्यही अनुरुपको योजना र कार्यक्षमता ममा जीर्ण बनेर रहेको कुरा प्रस्तुत गर्दछु ।
राजनीतिमा प्रतिस्पर्धा जरुरी छ र हुनुपर्दछ तर ती प्रतिस्पर्धा जालझेलरहित इगो र आवेशमा नभई राष्ट्र समाज र पार्टीप्रति बफदारी हुनु आवश्यक हो । एक व्यक्ति एक पदको सिद्धान्त प्रवासबाट किन नगर्ने? नौलो गरौं फरक गरौं दिर्घकालिन गरौं भन्ने मान्यता मेरो हो । साना झिनामसिना कुराहरुलाई लिएर पानीबाराबारको स्थिति संस्थाभित्र भित्राउनु मात्र होइन समाजको लागि पनि दुर्गन्धित हुन्छ । यी सबैकुरा विर्सेर पार्टीलाई सहमती सहकार्य गरेर अघि बढ्नु पर्ने हुन्छ । अग्रजको माया र बेल्जियमबासी नेपालीको एकतालाई अझ सुदृढ बनाउने र निर्वाचनै गर्नुपरेमा पनि पार्टीका लागि योगदान दिएका महान नेताहरु स्वर्गीय वीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत लाखौ महान शहिदहरुको भावना, उनीहरुको मार्गदर्शन र संस्कारलाई उनीहरुको आत्मालाई सम्मान गर्दै उनीहरुको बसाएको संस्कारलाई स्वीकारगरी निर्वाचनै भए आचार संहिता पालना गर्नेछु । ताकि मृतहरुको पनि आर्शिवाद लागोस् भन्दै सबै साथीहरुलाई नेपाली जनसम्पर्क समिति बेल्जियमको यही मार्च ५, २०१७ मा हुने चौथो अधिवेशनमा मैले आफ्नो अध्यक्षका लागि उम्मेदवारी दावी प्रस्तुत गर्ने जानकारी गराउँदछु अन्त्यमा मेरो यो सानो विज्ञप्ति यही टुँग्याउँछु । जय नेपाल ।

माधव सापकोटा
लुभेन

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*