बेल्जियममा महिला दिवस भब्य रूपमा सम्पन्न

निलम घिमिरे सापकोटा
एन्टोर्पेन बेल्जियम , मार्च ९ ।


बेल्जियमको एन्टोर्पेन सहरमा मार्च ८ पारेर बेल्जियममा बसोबास गर्ने अधिकांश नेपाली महिलाहरु आफ्ना गुनासाहरु पोखेर महिला दिवस मनाएका छन् ।

एनआरएनए बेल्जियमको महिला फोरमले आयोजना गरेको महिला दिवस पहिले भन्दा फरक तरिकाले मनाए ।

पर्वत स्थायी घर भएका बेल्जियममा बसोबास गर्ने कृष्ण तिबारीकी १८ वर्षकी छोरी आस्था तिवारीको जन्मदिन परेकाले नेपालमा रहेका गरिव-दु;खीहरुको सहयोगार्थ २ सय युरो महिला फोरम एन्टोर्पेनलाई हस्तान्तर गर्नुका साथै केक काटेर उपस्थित सवै महिलालाई खुवाई खुशी साटेका थिए ।


यसै कार्यक्रममा नेपाली महिलाहरूको समूहको तर्फबाट घुर्मुस सुन्तली फाउण्डेसनलाई मुसहर वस्ति निर्माणमा सहयोगार्थ १ लाख रुपैया नगद सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा विभिन्न स्थानिय २० भन्दा वढी संघसस्थाहरुको सहभागीता थियो ।

यसपटकको १०७ औ अन्तराष्ट्रिय महिला दिवस “परिवर्तनका लागि साहस ” नारा समय सापेक्ष रहेको र यसलाई व्यवहारमा उतार्न पर्ने ईयु र बेनेलक्सका लागि नेपाली दुताबासकी प्रथम सचिब ललिता सिलवालले बताइन् ।


प्रथम सचिब सिलबालले परिवर्तनका लागि बच्चाहरु बाटै यस्ता कुरामा ध्यान दिनुपर्ने बताइन् । बच्चाहरु खेल्न लाग्दा पनि छोरा र छोरीको खेल भनिने भएर नै मानसिक रुपबाट पुरुष र महिला बिच बच्चै देखि भेदभाव भएकोले परिवर्तनमा समय लाग्छ ।

पुरुष र महिला बिच निरन्तरको सानो प्रयासले ठुलो परिवर्तन ल्याउने एशियन फोरकी प्रतिनिधी लिला शर्मा मानन्घरले बताइन् ।

यता एनआरएन पूर्व उपाध्यक्ष तथा तामाङ समाज बेल्जियमका सरक्षक अनिता लामाका अनुसार महिलाको सशक्तिकरणका लागि ५ विषयमा ध्यान दिन पर्ने बताइन् ।
शैक्षिक्, धार्मिक , राजनिति, सामाजिक र आर्थिक हरेक विषयमा महिला जानकार भएमात्र यसको भरपुर फाइदा लिन सकिने उनको तर्क छ ।

एनआरएन बेल्जियम महिला सयोजिका निर्मला बजगाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी ईयु र बेनेलक्सका लागि नेपाली दुताबासकी प्रथम सचिब ललिता सिलवाल , बिशेष उपस्थिती एनआरएन आईसीसी सदस्य तथा बेल्जियमका पूर्व अध्यक्ष जानकी गुरुङ ; एनआरएन बेल्जियम अध्यक्ष गङ्गाधर गौतम ,प्रगतिशील महिला मन्च युरोप सयोजक सुष्मा भूषाल,प्रगतिशिल महिला मन्च बेल्जियम सयोजक दुर्गा तिवारी,नेपाली काङ्रेस महासमिती सदस्य सिता सापकोटा,एनआरएन बेल्जियम महिला उपाध्यक्ष यशोदा थापा लगायतले अन्तराष्ट्रीय नारी दिबश बारे चर्चा गरेका थिए ।

लैङिक बिभेदको अन्त्य गर्दै लैङिक समानता हुनुपर्ने उल्लेख गर्नेहरूमा किरात समाज बेल्जियमका पूर्व अध्यक्ष मुना राई,प्रबासी नेपाली मन्चका उपाध्यक्ष ईशा गुरुङ्, प्रबासी नेपाली महिला मन्च सयोजक जुना राई निरौला,ओस्टन्दे समाजका मीना गुरुङ ,हरी भट्ट,तमु समाज बेल्जियम उपाध्यक्ष दुर्गा गुरुङ लगायत रहेका थिए ।


एनआरएन बेल्जियम राष्ट्रीय समन्वय परिषद सदस्य मुना ताम्राकारले सन्चालन गरेको १०७ औ महिला श्रमिक दिवस कार्यक्रममा उपस्थित सबैलाई सदस्य रैना बस्नेतले स्वागत गरेका थिए ।

सबै तस्बीरहरू : युबराज गुरुङ
भिडियो: केजिन राई
https://youtu.be/gyqyZRM_b98

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*