नेपाल सदैब आम बिनासकारी हातहतियार निसस्त्रिकरणको पक्षमा छ

ईयु नेपाल समाचारदाता
द हेग नेदरल्याण्ड , मार्च ७ ।

बेनेलक्स र ईयुका लागि नेपाली राजदुत लोक बहादुर थापाले रासायनिक हतियार निषेध संघठन ( Organisation for the Prohibition of Chemical Weapons, OPCW) का लागि नेपालका तर्फबाट स्थायी प्रतिनिधि ओहोदाको प्रमाण-पत्र हस्तान्तरण गरेका छन ।

रासायनिक हतियार निषेध संघठन (ओपिसीडब्लु) मुख्यालय ” द हेग ” नेदरल्यान्डमा आज एक बिशेष समारोह बिच राजदुत थापाले संघठनका महानिर्देशक अहमेत उजुम्कु समक्ष आफ्नो ओहोदाको प्रमाण -पत्र पेश गरेका हुन ।

उक्त बिशेष समारोहमा राजदुत तथा स्थायी प्रतिनिधि थापाले सबै प्रकारका आम बिनासकारी हातहतियारको निसस्त्रिकरणको पक्षमा नेपाल सदैब रहेको जानकारी दिएका थिए ।
राजदुत तथा स्थायी प्रतिनिधि थापाले उक्त बिशेष समारोहमा रासायनिक हातहतियारको पूर्णरुपमा निसस्त्रिकरण गर्ने अभिसन्धि कार्यान्वयन गर्न नेपाल सदैब प्रतिबद्ध रहेको उल्लेख गरे ।

ओपिसीडब्लु महानिर्देशक उजुम्कुले राजदुत थापालाई संघठनका गतिबिधि र प्रगति विबरण बारे जानकारी गराउदै नेपाललाई स्थायी सदस्य र राजदुत थापालाई प्रतिनिधिको रूपमा स्वागत गर्न पाउदा खुशी ब्यक्त गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*