‘डेमोक्रेसि’मा जित्नेको उन्माद र हार्नेको तिक्तता शोभनीय हुदैन – महामन्त्री डा. कोइराला

केजिन राई
दुर्ने बेल्जियम, मार्च ५ ।


नेपाली काग्रेसका महामन्त्री डा. सशाँक कोइरालाले नेपालको संबिधान कार्यान्वयन हुनेमा संका ब्यक्त गरे ।

जनसंपर्क समिती बेल्जियमको चौथो अधिबेशनमा प्रमुख अतिथीको रूपमा बोल्दै महामन्त्री डा.कोइरालाले सो कुरा बताएका हुन ।

दुर्ने बेल्जियममा आयोजित सो चौथो अधिबेशनमा महामन्त्री डा.कोइरालाले अगाडी भने “नेपाली काग्रेसको र समग्र नेपालीको चुनौती भनेको संबिधान कार्यान्वयन हुन्छ कि हुँदै भन्ने हो । १० महिना भित्र तीन तहकै निर्वाचन हुन नसके संबिधान सिर्फ रद्धीको टोकरीमा जानेछ ।”

” मेरो चाहना पनि स्थानीय निकायको निर्वाचनमा मधेशी मोर्चालाई पनि मनाएर लानु पर्छ । कसरी मोर्चालाई समेटेर लान सकिन्छ भन्ने नै हो । तर सिमान्कन लगायत यावत मुद्दा जटिल छ ” महामन्त्री डा.कोइरालाले अगाडी भने ।

बिकेन्द्रीकरणको अन्तिम लक्ष नै संघियता भएको बिपी कोईरालाको भनाइ स्मरण गर्दै सबै समुदायको लागि उत्क्रिष्ठ संबिधान रहेको कुरा उल्लेख गर्दै महामन्त्री डा.कोइरालाले जित्नेको उन्माद र हार्नेको तिक्तता प्रजातान्त्रिक प्रकृयामा हुने गरे पनि बोक्न नहुने बताए ।

सो कार्यक्रममा बोल्दै महामन्त्री डा.कोइरालाले २०३६ सालको जनमत सँग्रहको बखत पश्चिम दाङको कार्यक्रममा आफ्नो बुवा बिपी कोईरालाले सो क्षेत्रका परशु नारायण चौधरीलाई भोलीका प्रधानमन्त्री भनेर बोलेको तर सो कुरा राजनीति मात्र भएको कमजोरी स्वीकारे गरे ।


जनसंपर्क समिती बेल्जियमका अध्यक्ष सुबाश जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्र कार्यक्रममा नेपाली काङ्रेस केन्द्रीय सदस्य एनपि साउद ,चन्द्र भन्डारी ,सुरेन्द्र पाण्डे , ईयु र बेनेलक्सका राजदुत लोक बहादुर थापा लगायतले अधिबेशन सफलताको कामना गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*