मिरा राईलाई न्युयोर्कमा भब्य स्वागत

सुरेश चाम्लिङ
न्युयोर्क अमेरिका, मार्च ३ ।

नेशनल ज्योग्राफि द्वारा एडभेन्चर अफ द यर २०१७ घोषित अल्ट्रा रनर मिरा राईलाई हालै न्यु योर्कमा भब्य स्वागत गरिएकोछ |

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको सभापति बिष्णु राईको सभापतित्वमा भएको उक्त कार्यक्रमको आयोजक अन्य सस्थाहरुमा भोजपुर् समाज अमेरिका र यु एस नेपाल क्लाइम्बर एसोसिएसन रहेका थिए | उक्त कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुदै नेपाली कन्सुलेट कार्यालय न्यु योर्कका कन्सुलर कृसु क्षेत्रीले भोटिङ्गको समयमा मिरा राई जिताउ अभियानको बेला युनाइटेड किरात राई अर्गनाइजेसनले न्यु योर्कमा गरेको कार्यक्रममा सबैलाई भोट दिन आब्हान गरिएको थियो | त्यो सपना साकार भयो | आज पनी त्यहि सभापति त्यहि उदघोसक र त्यहि प्रमुख अतिथिको भेट मिरा राईको उपस्थितिमा भएको छ | यो खुशीको कुरा हो | मिरा राईले नेपालको झण्डा बिस्वमा उचालेर नेपालको पहिचान राखेको हुदा उहालाइ नेपाल सरकारले केहि गर्नु पर्छ भनेर खेलकुद मन्त्री संग अनुरोध गरेको थिए त्यसको पनि केहि प्रभाव परेर होकी,अहिले सरकारले तिस लाख रकम दिने घोसना गरेको छ भन्नु भयो |

अल्ट्रा रनर मिरा राइले मेरो काम दगुर्ने हो म हिमाल पहाड जता पनि दौडन सक्छु तर बोल्न त्यति आउदैन बोल्दा गल्ति भए माफ दिनु होला भन्दै संसार को कुनामा जहा रहे पनि मलाइ भोट दिएर जिताउनु भो सबैलाई आभार ब्यक्त गर्दछु भन्नु भयो | आफ्नो अमुल्य समय दिएर नेपाल लगाएत युके, हंगकंग, अरब ,मलेशिया लगाएतका देश हरुमा रहनु हुने सम्पूर्ण नेपाली हरुलाइ बिस्वको राजधानी शहर न्यु योर्कबाट हार्दिक धन्यवाद दिन चाहन्छु भन्नु भयो

| सभापतिको आसनबाट बोल्नु हुदै सभापति बिष्णु राइले मिरा राई फ़ाउण्डेशन खोल्न आव्हान गर्नु भयो | उक्त कार्यक्रममा भोजपुर समाज अमेरिका अध्यक्ष लिला राई,यु एस नेपाल क्लाइम्बर एसोसिएसनका सल्लाहकार तथा पत्रकार ङ्ग छिरिङ्ग शेर्पा,नेपाली जन सम्पर्क समिति न्यु योर्कका महा सचिव महेश मल्ल,जनसम्पर्क कै केन्द्रिय महासचिव मुनिन्द्र नेम्वाङ्ग ,पानस अमेरिकाका अध्यक्ष रुद्र राउत,किरात खेलकुद संघका प्रतिनिधि अमेरिकी कराते रेफ्री पर्खि राई,एन आर एन न्यु योर्कका अध्यक्ष तेम्बा शेर्पा,किरात राई सोसाइटिका न्यु योर्क अध्यक्ष भारती राई,आदिवाशी जनजाति महिला महासंग यु एस ए का अध्यक्ष संगिनी राना ,कनेक्टिकेट नेपाली समाजका अध्यक्ष जय राईले बोल्नु भएको थियो |


यसरी नै यु एस नेपाल क्लाइम्बर एसोसिएसनका सल्लाहकार भेनिशा ओबरायन, नेवा गुठी न्यु योर्कको रबिन बज्राचार्य ,युनाइटेड किरात राई अर्गनाइजेसन का न्युयोर्क चाप्टर सभापति केशब राम राई,अर्गनाइजेसन कै सल्लाहकार सुरेश चाम्लिङ्ग,युथ ग्रुपको तर्फ बाट सुप्रिम राई,एड्वानको तर्फ़ बाट बिष्णु माया परियार,ट्रेकिङ्ग एजेन्ट्स टानका एक्ज्युकेटिभ मेम्बर सरस्वति लामा,एन आर एन अमेरिकाका पुर्व सभापति शिब कुमार राईले बोल्नु भएको थियो | कार्यक्रम मा स्वागत भासण युनाइटेड किरात राई अर्गनाइजेसन न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राइले गर्नु भएको थियो भने सभाको संचालन प्रशान यलुङ्ग राइले गर्नु भएको थियो | मिरा राईलाई बिभिन्न सस्था हरुले खादा ओढाई प्रशंशा पत्र दिएको थियो भने युनाइटेड किरात राई अर्गनाइजेसनले एक हजार डलर एन आर एन न्यु योर्कले एक हजार डलर र किरात खेलकुद संघका पर्खि राइले दुइ सय डलर नगद रकम हस्तान्तरण गरिएको थियो |

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*