नेपाली सहकारी संस्था बेल्जियममा बिधिवत प्रारम्भ

ईन्दिरा चाम्लिङ
एन्ट्वएर्पेन बेल्जियम, मार्च ५ ।


“बिश्वासको निरन्तरता र भबिष्यको लागि, पुस्तान्तर बीचको सँबन्धमा दिगो सहकारी” को मूल उद्देश्यभाव सँगै बेल्जियम नेपाली समुदायलाई लक्षित गरेर ३ फेब्रुअरी २०१७ का दिन बिधिवत कानूनी रूपमा एण्ट्वेर्पेन शहरको नोटारी कार्यालयमा सहकारी संस्थाको दर्ता भएको छ ।

नेपाली सहकारी लगानी (NCI cvba, Belgium) नामक सो संस्था लामो परामर्श छलफल र गृहकार्यबाट नेपालको सहकारीको अबधारणालाई बेल्जियम सहकारी कानुनको दायरामा समाबेश गरी पहिलो पल्ट दर्ता गर्न सफल भएको हो ।

पुँजिको बिकास र उन्नत ढंगले उपयोग गरिएको बेल्जियमको अर्थतन्त्रमा साना बचतकर्ताहरुको सामुहिक प्रयत्नले नेपाली समुदायमा सकारात्मक दूरगामी प्रभाव पार्न सक्ने अपेक्षा राखिएको यस सहकारीमा नौ जना संचालक, दुई जना नियन्त्रक, केही बेल्जियन नागरिक सलाहाकार तथा केहि बिभागीय सदस्यहरु रहेका छन ।

बेलायतको एनसीआइ सहकारी समेतको सल्लाह परामर्शमा स्थापित यस सहकारीमा अधिक्रित पुँजि न्युनतम अठार हजार नौ सय युरोबाट शुरु गरिएको छ । संस्थामा तीन बर्षका लागि प्रति महिना एक सय युरो बचत तथा लगानी गर्ने, प्रक्षेपित परियोजनामा आवश्यकता र क्षमता अनुसार थप लगानी गर्न सक्ने, बिधान र आन्तरिक नियम स्विकार्ने अठार बर्ष पुगेका बेल्जियम तथा युरोप भरी रहेका नेपालीहरु रित पुर्याएर सदस्य बन्न सक्ने प्राबधान रहेको छ । जोखिम कम र नाफा निश्चित हुने कुनै पनि क्षेत्रमा लगानी गर्न सकिने तथा लगानिको क्षेत्र बेल्जियम र युरोप देखि नेपाल सम्म रहने कानुनी आधार कायम गरिएको छ ।

बेल्जियम नेपाली समुदायका पहिलो पुस्ता र दक्ष जनशक्तिको रूपमा तयार हुँदै गरेको दोश्रो पुस्ता बीच संस्थागत सेतुको बिकल्पको रूपमा अघी सारिएको यस सहकारीको अबधारणालाई न्युनतम बचत रकमको संयुक्त लगानी मार्फत पुँजिको अधिकतम उपयोग गर्दै भबिश्यमा एक सफल वित्तिय संस्थाको परिकल्पना समेत गरिएको छ । बैँकिङ प्रणालिको आबस्यक कागजात सहित आउँदो हप्ताबाट सबै शहरहरुमा संस्थापक सदस्यता निर्माणका लागि आगामी तीन महिना सम्म अभियान लिएर आउने जानकारी समेत बेल्जियमबासी नेपाली समुदायहरुमा बिज्ञप्ती मार्फत जानकारी गरएको छ मार्फत जानकारी गरएको छ ।

संचालकहरूको तर्फबाट जानकी गुरुङ ,चित्र प्रसाद सुबेदी ,युबराज गुरुङ ,पूर्ण प्रसाद् तिमील्सिना, सोनाम शेर्पा, रजनी प्रधान, नेत्र बहादुर मगर ,हरी कुमार शर्मा थपलिया र
पदम गुरुङ रहेकाछन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*