जनप्रगतिशिल मन्च बेल्जियमको एघारौ अधिबेशन हुने

ईयु नेपाल समाचारदाता
ब्रसेल्स बेल्जियम, मार्च ०१ ।

नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको एघारौ अधिबेशन आउदो मार्च १९ तारिख बेल्जियमको एन्त्वेर्पेन शहरमा हुने भएको छ ।


अधिबेशनको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका पूर्वउपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आउने पक्का भएको नेपाली जन प्रगतिशिल मन्चका महासचिब कृष्ण तिवारीले बताए ।


बरिष्ठ नेता श्रेष्ठ युरोपका अन्य देशमा हुने अधिबेशनमा पनि सरिक हुने र मार्च २६ मा हुने मन्चको युरोप स्तरिय सन्जालको अधिबेशनमा रहने छन ।

कार्यक्रमका लागी जनबादी कलाकारहरु चेतन सापकोटा र नबिन खडका साथै उपराष्ट्रपतिपुत्र एबम नेकपा माओवादी केन्द्रका युबानेता दिपेश पुन मगर नेपालबाट आउने तय भएको छ ।

एकसय तेह्र सदस्यीय एघारौ अधिबेशनको तयारीका लागि मुलसमिती बनेकोछ भने प्रचारप्रसार , ब्यबस्थापन, आर्थिक लगायतका उपसमितीहरु बनाई कार्यक्रम सफल बनाउन तिब्र रूपमा आयोजक समिती लागेको छ ।

नेपाली जनप्रगतिशिल मन्च बेल्जियम नेत्रित्व एकातिर अधिबेशनको ब्यबस्थापन र आगामी कार्ययोजनामा जुटेको छ भने नयाँ नेत्रित्वको प्रतिस्पर्धा पनि आन्तरिक रुपमा सुरु भैसकेको छ ।

अधिबेशनमा अध्यक्षका प्रतिष्पर्धी र प्रमुख दाबेदारको रूपमा लोक दाहाल ,कृष्ण पौडेल,जित लामा , कृष्ण तिवारी ,कल्पना मगर अगाडी आएका छन ।

उता नेपाली जन प्रगतिशिल मन्च बेल्जियमका बर्तमान अध्यक्ष चित्र सुबेदी मन्चको पूरै यूरोप सम्हाल्न कसिएका छन ।


मन्च जर्मनी अध्यक्ष सागर पोखरेलले पनि यूरोप सयोजक दाबी गरेता पनि अन्तत चित्र सुबेदीलाई नै समर्थन गर्ने कुरा मन्चको सुचना श्रोतले ईयुनेपाल समाचारदातालाई बताएकोछ् । मन्च यूरोपका बर्तमान सयोजक सुरेन्द्र भुषालले छाडी सकेको अवस्था छ भने निर्बिबाद रूपमा चित्र सुबेदी नेपाली जन प्रगतिशिल मन्च यूरोप सयोजक बन्ने छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*