एनआरएनए नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङद्वारा बृद्दाश्रामलाई सहयोग

ईयु समाचारदाता
आम्स्टरडाम नेदरल्याण्ड, फेब्रुअरी २२ २०१७ ।

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङ द्वारा लेखनाथ नगरपालिका वार्ड न १३ स्थित ,राधा कृष्ण टोल लामे आहाल,कास्की स्थित रहेको जेष्ठ नागरिक दिवा सेवा भवनका लागि चरण बद्द रुपमा ५० हजार रुपैया भन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

उक्त बृदाश्रममा करिव ६५ जना वृद्द बृद्दाहरु र १५ जना बालबालिकाहरुलाई आरक्षण गरिरहेको कुरा बृद्दश्राम संचालक समितिका अध्यक्ष प्रेम लिगलले हाम्रा सम्बाददतालाई बताएका छन् ।


हाल नेपाल भ्रमणमा रहेका एनआरएनए,नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङलाई उक्त बृद्दाश्रम संचालक समितिले बृद्दाश्रमको भौतिक तथा आन्तरिक ब्यबस्थापन सुधारका लागि गरेको सहयोगको प्रसंशा स्वरुप बिशेष धन्यवाद सहित दोसल्लाहा ओढाएर सम्मान गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*