बिपी पुत्र सशांक बेल्जियम आउँदै ; माधब-सिता युद्ध मैदानमा !!

** डिल्लीराम अंमाई


मार्च ५ तारिख बेल्जियमको आन्त्रोपेन शहरमा नेपाली जनसम्पर्क समिति,बेल्जियमको चौथो अधिवेशन हुन गैरहेको समितिका अध्यक्ष सुबाश जोशीबाट जानकारी आएको छ । अधिवेशनको प्रमूख आतिथ्यता नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला आउने लगभग पक्का भएको छ | उहाँसँगै केन्द्रीय प्रतिनिधिको रुपमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे विशेष अतिथि भएर आउने कुरा नेता जोशीबाट थाहा भयो |

चौथो अधिवेशन सम्पन्न गर्नको लागी जनसंपर्क समिती बेल्जियमले जिम्मेवारीहरु बाँडफाँड गर्न बिबिन्न समितिहरु बनाएको छ | समितिका प्रवक्ता सुभास गुरुङले प्रेषित गरेको विज्ञप्तिका अनुसार, साधारण सदस्यता वितरण समिति, बिधान मस्यौदा समिति, अधिवेशन व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ | त्यसैगरि सदस्यता वितरण समिति संयोजक अनुजा प्रधानको नेतृत्वमा बिभिन्न क्षेत्ररुका वितरण समितिले सदस्यता वितरण कार्य सम्पन्न गरि समितिलाई १३३३ जना साधारण सदस्यको सूची सम्बन्धित समितिलाई बुझाइ सकेको जानकारीमा आएको छ ।

मार्च १२ का दिन बेल्जियमका बिभिन्न क्षेत्र आन्त्रोपेन, ओष्ट भ्लान्दारेंन अन्तर्गत ब्रुगे, ब्रसेल्स र लुभेन मतदान क्षेत्र तोकी निर्वाचन संयोजक ईन्द्र क्षेत्रीको संयोजनमा बिभिन्न सदस्यहरु रहने गरि निर्वाचन प्रकृया अगाडी बढाउने व्यवस्था मिलाईएको जनाइएको छ । समितिले आफ्ना सबै सदस्यहरुलाई मार्च १२ मा हुने निर्वाचनमा आ-आफ्नो मत मार्फत जन संपर्क समितिको नेता चुन्ने छन ।
अहिले चुनाबी मैदानमा एनआरएनएका पुर्व महासचिब माधव सापकोटा र चितवन क्याटकी संस्थाप अध्यक्ष सिता सापकोटा देखिएका छन । उनिहरु दुबै जन संपर्क समितिका ससक्त र सकृय नेत्रित्व भए पनि अरु पनि नेत्रित्वको लागि आउन सक्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन । हुनत यहाँ गंगाधर गौतम, ईन्द्र पकवान,राम बहादुर थापा, एकेन्द्र श्रेष्ठ,गोबिन्द शर्मा र ध्रुब पौडेल जस्ता परिपक्व र दुरदर्शी नेताहरु भएकोले सहमतिको सम्भावनालाई नकार्दैनन दामन तमाङ लगायत धेरै जन संपर्क प्रती आस्थावानहरुले। केहीले युरोप हाँक्न सक्ने नेता बेल्जियममा छन भन्दै सकेसम्म अध्यक्षमा सहमति र नभए अध्यक्ष बाहेकमा सहमति गराउने विश्वाश ब्यक्त गरे । अन्तिम बिक्ल्प र कार्यकर्ताको मन जित्ने सुन्दर बिकल्प निर्वाचन नै भएकोले डराउनु नपर्ने बताए । उनले हाँस्दै थप्छन “कहा पोखियो आफ्नै थालमा “। उनिहरुको गुनासो छ नेपालका नेता र गुठ भन्दा राष्ट्र र पार्टी नितीको पछी लागे हुने थियो यो पटक त्यो भुल हुन दिदैनन कि यहाँका नेत्रित्वले ? उत्साहित हुँदै उनले थपे “… किनकी अहिलेको नेत्रित्वसँग प्रगतिशिल मोर्चा देखी राप्रपा समेत सम्पूर्ण बेल्जियमका राजनैतिक भात्री संगठनहरुको संयुक्त मोर्चा बनाइ नेत्रित्व र सहकार्य गरेको अनुभब छ । जसमा बर्तमान अध्यक्ष सुबाश सर्बाधिक सफल पनि भए । त्यसैले हामी डराएका छैनौ प्रकृयामा जानलाई किनकी हाम्रो संगठन प्रती पूर्ण विश्वाश छ ।”

* २२ फेब्रुवरी २०१७ बेल्जियम।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*