ब्रसेल्समा ६७ औं प्रजातन्त्र दिवस

बिरमान मगर
ब्रसेल्स् बेल्जियम, फेब्रुअरी २० ।
 बेल्जियम स्थित ब्रसेल्समा बेनेलक्सका लागि   नेपाली दूताबासले  ६७ औं प्रजातन्त्र दिवस दुताबास कै सभाहलमाआईतबार  भब्यरुपमा मनायो ।
unnamed-6
सो  ६७ औं प्रजातन्त्र दिवस कार्यक्रमलाई सम्बोधन गर्दै  बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाले प्रजातन्त्र दिबसको अबसरमा बेनेलक्स छिमेकी  क्षेत्र बेल्जियम,नेदरल्याण्ड र लक्जम्बर्गमा रहेका  नेपालीहरू बिच शुभकामना आदान- प्रदान गर्न यो दिबस मनाएको बताए ।

 मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताका लागि नै  प्रजातन्त्र महत्वपूर्णकडी  रहेको बताउँदै,लोकतान्त्रिक अधिकारलाई मजबूत पार्नको लागि,सबैले देशप्रतिको जिम्मेबारी निभाउँनु पर्ने राजदूत थापाले  उल्लेख गर्नु भयो ।

 
 नेपालको लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न खेलेको भूमिका परदेशमा रहेका नेपालीहरुले देशको बिकासका लागि महत्पूर्ण योगदान दिएको  समेत राजदूत थापाले दावी गरे ।
सो दिबसको अबसरमा बोल्दै
मिनिस्टर काउन्सीलर घनश्याम भण्डारीले प्रजातन्त्र र यसमा आउने बिक्रितीबारे सबिस्तार आफ्ना भनाइ प्रस्तुत गरेका थिए ।
सो  प्रजातन्त्र दिवस समारोहमा गैर आबासीय नेपाली संघ का केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ,अाईसीसी सदस्यद्वय नेत्र मगर र चिज कुमार श्रेष्ठ , सिक्लेस पार्छे कल्याण कोषका अध्यक्ष चोकराज गुरुङ ,गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका उपाध्यक्ष पदम गुरुङ,शेर्पा किदुक बेल्जियमा अध्यक्ष आङ दोर्जी सोनाम शेर्पा ,ब्यबशायी संघ बेल्जियमा अध्यक्ष सिपी भट्ट , नेपाली काङ्रेस बेल्जियमका महामन्त्री चिनिया दुवाल लगायत बेल्जियम स्थित बिभिन्न जातिय , सामाजिक , राजनैतीक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको ब्यापक र घनिभुत सहभागिता रहेको थियो ।

तस्बिरहरु : बिरमान मगर

भिडियो युटुब लिन्क तल :https://youtu.be/ZK-3KAHNFho

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*