पोर्चुगलमा फ्रेन्ड्स अफ म्युजिक लाईभ ।

वाई वी गुरुङ
लिस्बोन पोर्चुगल, फेब्रुअरी १७ ।

सन् १९९४ देखिको इतिहास छ पोर्चुगलमा नेपालीहरु प्रवेशको । बिगतका दिनहरु जति अप्ठ्यारो थियो पोर्चुगल छिर्न पछिल्लो अबस्था त्यस्तो गाह्रो छैन कारण पोर्चुगलको सहज आप्रवासी सरकारी नीति र नेपालीहरुको युरोप आउने उत्कट चाहना त्यसमा १० -१२ लाख नेपाली रुपैया जोहो गर्ने ले सहजै युरोपको भिषा लिएर पोर्चुगल छिर्न झन् सजिलो अझ सजिलो त् यो पनि हो कि २७ ओटा सेन्जेन कन्ट्री मध्ये कुनै पनि एक देसको “भिषा” भए पुरै २७ देस बिना फिक्री आवत जावत गर्न पाइने बस मात्र हुनु पर्यो युरो ।


प्रसंग “फ्रेन्ड्स अफ म्युजिक”को यसरि युरोपको सपना बोकेर आउने नेपालीहरु नेपालमा बिभिन्न पेशामा संलग्न भएकाहरु वकिल,प्राध्यापक,पत्रकार,कलाकार,ब्यापारी,बिद्यार्थी,निजामति जागिर छोडेर आउनेहरु छन् प्राय गरेर पोर्चुगलमा अझ अर्को सब्दमा भन्ने हो भने डिग्री गरेका देखि सामन्य लेख पढ गर्न जान्ने समग्र नेपालीहरु छन् पोर्चुगलमा ।
पोर्चुगलमा नेपालीहरुको अबस्थाका बारेमा धेरैले लेखिसकेका छन् भने कसैले भविष्यमा फेरी लेख्लान यो जिम्मा उनीहरुलाई छोड्दै यहाँ जोड्न खोजेको के भने पोर्चुगलको बाक्लो नेपाली समुदाय भित्र अझ बाक्लो रुपमा उपस्थिति छ “कलाकार”हरुको ।

गायक,बाध्यबादक,नायक,नायिका,लोक गायक,पप गायक,भजन गायक,शास्त्रीय गायक,गीतकार,साहित्यकार आदिको ठुलो जमघट छ पोर्चुगलमा ।
“फ्रेन्ड्स अफ म्युजिक”पनि यी सब्बै मध्यको एक हो ।जसलाई पुरानो नेपाली म्युजिक ग्रुप भनेर चिनिन्छ पोर्चुगलमा ।कलाकारहरु पुराना छन् तर धेरै गुमनाम जस्तो भएको यो ग्रुप नया तथा पुराना कलाकारहरु मिलेर पुनः ब्युतिने भएको छ “फ्रेन्ड्स अफ म्युजिक”को नाम बाट ।

“फ्रेन्ड्स अफ म्युजिक”को कन्सेप्ट्स कसरि आयो भन्ने प्रश्नमा “ग्रुप मेम्बर सुमन वाईवा भन्छन “पहिले देखि नेपाली गीत संगीतलाई माया गर्ने हामी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा म्युजिक फिल्डमा लागेर सहयोग गर्दै आएको थियौँ हामी पोर्चुगलमा पुराना तथा नयाँ साथीहरु मिलेर केहि वर्ष पहिले बिभिन्न म्युजिक भिडियो देखि नेपाली इभेन्ट्सहरुमा सहभागी हुने गर्दै गर्दा र पछिल्लो समय नयाँ साथीहरुलाइ पनि समेटेर यो ग्रुपको शुरुवात गरेका हौँ ” ।
धेरै छन् नेपाली कलाकारहरु पोर्चुगलमा तर सबैको एकै मिलेमतो छैन यहाँ त्यसो त् नेपालीहरुको जनसंख्या पनि २०औ हजार पुगिसक्यो तर पनि यहाका नेपाली कलाकारहरुले एकाध प्रस्तुति भन्दा बढी केहि गरेको देखिदैन त्यसैले अबका दिनमा नेपाली गीत संगीतलाई माया गर्ने नेपालीहरुको संख्या पनि धेरै छ पोर्चुगलमा उनीहरुको चाहनालाई र नेपाली गीत संगीतलाई युरोपमा स्थापित गराउने उद्देश्य स्वरुप पनि “फ्रेन्ड्स अफ म्युजिक” आएको कुरा बताउछन मुख्य भोकलिस्ट बिकास गुरुङ ।

विकास गुरुङ मुख्य भोकलिस्ट,साथमा गान्दारी तामाङ,शशि लामा छन् भने मुख्य लिड गितारमा नेपालका चर्चित गितार बादक धानेश गुरुङ र दिलिप मल्ल तथा बेश गितारमा सुमन वाईवा, बसुरिमा चर्चित बासुरी बाधक सुनिल परियार तथा तबलामा हरि गोतामे रहेका छन् ।
राजधानी लिस्बोनमा आगामी १९ फेब्रुअरी २०१७ आइतवारका दिन पहिलो पटक “फ्रेन्ड्स अफ म्युजिक”ब्याण्डले लाईभ शो गर्दै छ ।
लिस्बोन स्थित रोयल किचन रेस्टुरेण्टमा गर्न लागिएको पहिलो नेपाली म्युजिक लाईभ शोका लागि सिंगल १२ युरो तथा जोडीकालागि २० युरो प्रवेश शुल्क तोकिएको छ भने डिनर तथा स्वागत ड्रिङ्क्स भने फ्री रहेको छ ।

बिभिन्न किसिमका नेपाली,हिन्दि,अंग्रेजी गीतहरुको शेड्युअल रहेको “फ्रेन्ड्स अफ म्युजिक”को पहिलो लाईभ शो हेर्नका लागि लिस्बोन स्तिथ रहेको ” ROYAL KITCHEN”Rua Gomes Freire-14,1150,Lisbon मा बेलुका ८ बजे देखि शुरु हुने कुरा जानकारी दिइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*