यूरोपकै आश्चर्य च्यानल टनेल र पानीमुनी चल्ने रेल

केजिन राई

ब्रसेल्स , जनवरी २२।

यूरोपको ग्रीन च्यानल अर्थात समुन्द्र मुनी चल्ने रेल यूरोस्टार कोराना र ब्रेक्जिटको कारण लगभग बन्द हुने स्थितिमा पुगेको छ ।

उच्च-स्पीड रेल कम्पनी यूरोस्टार “सरकारबाट थप सहयोग रकम उपलब्ध नभए  क्रस-च्यानल सेवाको अस्तित्वमा वास्तविक जोखिम छ, किनकि वर्तमान अवस्था गम्भीर छ,” वसन्तऋतुसंगै  चल्न नसक्ने कुरा युरोस्टारका प्रमुख कार्यकारी जैक दमासले सोमबार बताएका छन् ।

“विपत्ति सम्भव छ,” जैक दमासले भने, बेल्गा समाचार एजेन्सीका अनुसार  युके र फ्रान्स सरकार दुबैलाई आर्थिक सहयोगको लागि आह्वान गरेको छ।

समुद्र सतह भन्दा २ सय ४६ फिट अर्थात ७५ मिटर गहिराई भएको संसारकै लामो ५०.४ किमी च्यानल टनेलको भबिस्य माथि मै ब्रेक्जिटले अनिश्चितता निम्ताएको छ 

बेलायतका २८ ब्यबशायका व्यापारिक नेताहरूले समेत युरोस्टारलाई आर्थिक सहयोग पुर्‍याउनका लागि बेलायत सरकारलाई सयुक्त आह्वान गर्दै भनेका छन्, युरोपको कोबिड -१९ बाट प्रभावित रेल लिंक “जोखिममा छ”।

बेलायतका अर्थमन्त्री ऋषी सुनक र यातायात मन्त्री ग्रान्ट श्याप्सलाई संयुक्त पत्रमा लेख्दै , “युरोस्टारको अस्तित्वमा वास्तविक जोखिम रहेको छ” चेतावनी दिँदै भनेका छन् । लकडाउन र सीमा नियन्त्रण बोर्डर कन्ट्रोलको नया नियमले  यात्रामा बाधा पुर्‍याएको कारण क्रस-च्यानल ट्रेनले यात्रा र संचालनमा ९५ प्रतिशत ब्यापार गिरावटको सामना गरी  रहेको छ ।

लन्डनमा ब्रिटिश सरकारलाई पत्र लेख्ने व्यवसायिले भनेका छन्  “अन्तर्राष्ट्रिय यात्रीहरूको संख्या वसन्तमा कम रहन सक्छ, युरोपको लागि हाम्रो हरित प्रवेशद्वार खतरामा छ”।

 

दुबै फ्रान्सेली र बेलायती सरकारहरूले भर्खरको हप्ताहरूमा नकारात्मक कोबिड – १९ को  परीक्षण

प्रमाण पत्र  अनिबार्य यात्रामा हुनुपर्ने  अझ बेलायत जादा अंग्रेजी र फ्रान्स – बेल्जियम प्रवेशद्वारमा फ्रेन्च –डच भाषामा ति प्रमाण पत्र हुनुपर्ने र आगमनमा क्वारनटिन स्थल निश्चित देखाउन पर्ने कुराहरूले यात्रुहरू मारमा परेकै कारण लगभग ब्यबशाय धरापमा परिसकेको अबस्था छ ।

बेलायतमा देखिएको नयाँ रूपको कोरोना भाइरस आउनु अघी ब्यबशाय ७०  प्रतिशत बढी सुचारू रहेको थियो । नया  कोरोना भाईरस फ्रान्समा केही समयपूर्ब र बेल्जियममा समेत  मंगलबार ९१ जनामा पुष्टी भए संगै अबको दिन झनै भयानक बन्ने निश्चित देखिन्छ ।

केही समय पूर्ब नेपालका प्रधानमन्त्री केपी ओली समेतले पानी मुनी चल्ने लन्डन – पेरिस हुदै स्वीजरल्याण्ड सम्मको रेल यात्रा गरेर बिकाशको अनुभब बटुलेका थिए । हाल युरोस्टारले पेरिस र लन्डनको बीचमा दिनमा एक पटक मात्र सेवा संचालन गरेको छ भने आम्सटरडाम ; ब्रसेल्स लगायत गन्तव्यको सेबा बन्द गरेको छ ।

यो प्रमुख स्थल हुदै १ सय बढी गन्तव्यस्थल रहेको यूरोस्टार फ्रान्सले पूरै देशभर  बेलुका १८ बजे  देखि बिहान ६ बजे  सम्म कर्फ्यू लगाएको छ यसले झनै असर परेको अनुमान गर्न सकिन्छ।

 

अधिकांस फ्रान्सको स्वामित्व रहेको  रेल कम्पनी, एसएनसीएफको ५० प्रतिशत बढी  स्वामित्वमा रहेको यूरोस्टारले फ्रान्सेली सरकारबाट उनीहरुलाई उपलब्ध सबै आर्थिक सहयोगमा टेप लगाएको छ भन्ने विश्वास गरिन्छ। त्यसपछि  बेलायत र बेल्जियमको समेत यूरोस्टारमा हिस्सा रहेको छ ।

दमासलेका अनुसार एसएनसीएफको ५५ प्रतिशत रहेको  सहायक कम्पनी युरोस्टार कम्पनीले सन् २०१९ को तुलनामा १.१ अर्ब युरो कारोबारको ८२ प्रतिशत गुमाएको थियो।

ब्रेक्जिटपछी  कहालीलाग्दो तरिकाले बेलायत , फ्रान्स, बेल्जियम र नेदरल्याण्ड लगायत विभिन्न देशहरुद्वारा झन्झटिलो  स्वास्थ्य र कागजी  नियमहरुको कारण युरोस्टार “एयरलाइन्स भन्दा बढी पीडित छ”।

सन् २०१९  सम्म २ सय मिलियन यात्रुहरूले यूरोस्टारको  सेवा लिएको यस वर्षको सुरूदेखि नै क्रस-च्यानल कम्पनीले लन्डनदेखि पेरिस र लन्डनबाट आम्सटरडामको प्रतिदिन केवल एउटा फिर्ती यात्रा संचालन थियो त्यो पनि ८० प्रतिशतले रेल रित्तो रहने गर्थ्यो । दमासले भनेका छन् ।

प्रतिघन्टा ३ सय ३४.७ किमी कुद्ने हाईस्पिड रेल  ब्रसेल्स बाट १ घण्टा ५१ मिनटमा लन्डन, र  लन्डन – पेरिस  २ घण्टा १५ मिनटमै पुग्न सकिने यूरोस्टारले सन्कटको सामना गर्दै आफ्नो लागत घटाउने , कर्मचारीहरूलाई कटौती गर्दै  विभिन्न उपायाहरू अपनाई रहेको थियो , ४ सय ५० मिलियन यूरो ऋण लिएर यसका शेयर होल्डरहरूबाट २ सय १० मिलियन यूरो  प्राप्त गरी सकेपनि यो बिकराल स्थितिमा पुगेको छ  ।

एसएनसीएफका सीईओ क्रिस्टोफ फनिचेटले “युरोस्टारको बारेमा धेरै चिन्तित थिए”, किनकि सन् २०२० मा कम्पनीले ८५ प्रतिशत यात्रु गुमाइसकेको छ।

सीईओ फानिचेटले भने “कम्पनीका लागि प्रमुख पीडा भनेकोबेलायत यूरोपियन युनियनबाट बाहिरिनु  दुखद रह्हो  यूरोस्टार फ्रान्सेली कम्पनी हो , जुन बेलायतमा रहेकोछ यसर्थ बेलायतले सहयोग गर्दैन ।”

सन् १९९४ मे ०६ मा बेलायतका महारानी वाटरलू लण्डनबाट फ्रान्सको कालाईस सम्मको यात्रागरी यूरोस्टार रेलको उद्घाटन गरिएको थियो ।

समुद्र सतह भन्दा २ सय ४६ फिट अर्थात ७५ मिटर गहिराई भएको संसारकै ५०.४ किमी लामो च्यानल टनेलको भबिस्य माथि मै ब्रेक्जिटले अनिश्चितता निम्त्याएको बर्तमान रहेको छ ।

बिश्वयुद्द ताका सन् १८००  मै नेपोलियन बोनापार्ट र उनका  सहयोगीले फ्रान्स र बेलायतको यातायातमा यसको परिकल्पना गरिएको इतिहास जिवन्त छ १८०२ मा नै यो टनेलको प्रस्ताब गरिएपनि सन् १९८८ मा मात्रै निर्माण प्रारम्भ गरिएको थियो ।

संसारकै एक आश्चर्य यो च्यानल टनेलको भबिष्य बेलायत , आयरल्याण्ड, स्कटल्यानड र सिंगो यूरोप जोड्ने  एकमात्र  छोटो  स्थल मार्गको रूपमा परिचित छ नै सामाजिक , आर्थिक सास्कृतिक सम्बन्ध जोड्ने प्रमुख सेतु ब्रेक्जिट पछी के हुने अन्योल बनेको छ ।

श्रोत – अन्नपुर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*