कोरोना महामारीले पराजित युरोप

कोरोना महामारीले पराजित युरोप

केजिन राई

ब्रसेल्स  ,डिसेम्बर  ०२।

 

कोरोना भाइरस (कोभिड– १९) महामारीले संसार नै त्राहीत्राही  बनेको छ, यो बेला । यो बिकराल समस्याले सिंगो युरोप आक्रान्त बनेको अबस्था  छ ,अहिले  ।

युरोपमा गर्मी याम सकिएर चिसो मौसम सुरुभएयता संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । यसको प्रमुख कारण बिदा मनाएर घर फर्कनु , स्कूल र सार्बजनिक स्थल खुला गरिनु मानिएको छ ।  तथापी विश्लेषकहरूले भनिरहेकाछन्  महामारीले युरोपमा पिक अझै लिएको छैन ।

कोरोनाको पहिलो लहरमा युरोपले गरेको गल्ती नदोहोर्याउने संकल्पसहित संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रोटोकलहरू धमाधम हरेक देशले लागू गरिरहेका छन् । युरोपमा कोरोना संक्रमित संख्या केही हप्ता यता निरन्तर बढिरहँदा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले समेत चिन्ता ब्यक्त गरेको  छ ।

यस्तो विषम परिस्थितिमा ठूलो संख्यामा युरोपमा बसोबास गर्ने नेपालीहरू पनि असंख्य रूपमा संक्रमित भएको तितो सत्यछ  ,परन्तु कति नेपाली यूरोपभर संक्रमित छ भन्ने एकिन तथ्यांक निकाल्न असम्भब जस्तै छ ।

स्पेनमा सन् १९३०को गृहयुद्द पछी पहिलो पटक आर्थिक मन्दीले  छुदै गएको छ यो मन्दी ईटाली,ग्रीस  बेल्जियम अधिकांस देशमा प्रभावित हुने छ ।  लाखौ कामदारहरूले रोजगारी गुमाई सकेको छ ।

यूरोपियन युनियनको  प्रतिव्यक्ति आय सन् १९६० यता २०१९ सम्म झन्डै २४ हजार रहेको छ । सोही अनुपातमा कुल गार्हस्थमा समेत विश्व बैकको प्रतिबेदनमा गिरावट आउने निश्चित छ तर यूरोपका  केही देशलाई महामारीबाट पर क्यापिटा इन्कममा खासै असर नपर्ने देखिन्छ।

पछिल्लो युरोपेली परिषदको बैठकले ७.७ बिलियन युरो क्षती बेहोर्न कोबिड-१९ रिकोभरी  फन्दामा थप्ने निर्णय गरेकोछ ।

 

 

फ्रान्स -फ्रान्सेली सेनामा रहेका नौजवान नेपाली आतंकित 

गत  शनिबार एकै दिनमा मात्र फ्रान्समा ३२ हजार चार सय २८ को संख्यामा  संक्रमित भएपछी सबैभन्दा बढी भिडभाड हुने राजधानी पेरिसमा तत्कालै रातको ९.०० बजेदेखि बिहानको ६.०० बजेसम्म कर्फ्यु आदेश जारी गरिसकेको  छ । कर्फ्यु लगातार  एक महिनासम्म जारी नै रहने छ । गत मार्चमा भन्दा पनि अक्टोबरमा देखिएको संक्रमित संख्या फ्रान्समा डरलाग्दो भएको डब्ल्युएचओले जनाएको छ ।  कर्फ्युको नियम उल्लंघन गरी कसैले बाहिर हिडडुलगरे कारबाहीस्वरूप एक सय ३५ यूरो  जरिवाना लाग्ने सरकारले घोषणा गरेको छ  ।

एक १ हजार बढी  लिजियन फ्रान्सेली सेनामा रहेका नौजवान नेपाली सहित अनुमानित ५ देखि ६ हजार नेपाली फ्रान्समा बसोबास गरिरहेका फ्रान्स निबासी पत्रकार अनिष त्रिपाठीले अन्नपूर्णलाई बताए ।

अहिले सम्म ६ करोड ५३ लाख जनसंख्या भएको फ्रान्समा ९ लाख ३१ हजार बढी संक्रमित भै सकेका छन् भने साढे ३३ हजारको कोरोनाका कारण निधन भएको छ ।

नेदरल्याण्डमा १४ अक्टुबरबाटै लकडाउन

आम्सटरडाम निबासी नेपाल पत्रकार महासंघ यूरोपका सचिब द्रोण रिजालका अनुसार नेदरल्याण्डमा

 

सन्क्रमित संख्या दिन प्रति  दिन बढिरहेकाले  सरकारले १४ अक्टुबर देखी लागु हुनेगरी सेमी लकडाउन गर्ने निर्णय गर्ने  प्रधानमन्त्रि मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै नयाँ नियमको बारेमा जानकारी गराएका हुन |

सन्क्रमित हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ भने झन्डै ७ हजारको निधन bhai सकेको छ | अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ |

अन्तराष्ट्रीय अदालत रहेको द हेग लगायत शहरमा दुई हजार ५ सय नेपाली रहेको नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ४६ हजार रहेको छ र धेरै नेपालीहरूले रोजगारी गुमाएको अबस्था छ

४ हप्ताका लागि होटल, क्याफे र रेस्तुरेन्टको टेवल बन्द गर्नुपर्ने तर टेकवे र डेलिभरी खुल्ला गर्न सकिने नयाँ नियम १३ अक्टुबर साझ १० बजे देखी लागु हुने र त्यसपछी पनि सन्क्रमण नियन्त्रण नभए पुरै लकडाउन गर्न सकिने पत्रकार सम्मेलनमा प्रधानमन्त्रिले जानकारी गराएका छन |

भाईरस नियन्त्रणमा सबैको दाइत्व रहेको भन्दै बाहिर ४ जना भन्दा बढीको समुहमा नहिंड्न र सामाजिक दुरी कायम गर्दै माक्सको प्रयोग गर्न आग्रह गर्दै ३० जना भन्दा बढीको सहभगितामा कुनै कार्यक्रम नगर्न भनिएको छ |

साथै पसलहरु ८ बजेपछी अनिवार्य बन्द गर्नुपर्ने, अल्कोहलको बिक्रिबितरण ८ बजेपछी गर्न नपाईने समेत नयाँ नियममा उल्लेख गरिएको छ | यो नयाँ नियम ४ हप्ताको लागि लागुहुने र परिस्थिती अनुसार नियम परिवर्तन गर्न सकिने समेत जानकारी गराइेको छ |

 

इटालीलेदोस्रो चरणमा  व्यापक सचेतता अपनाए

गत आइतबार मात्रै ११ हजार सात सय पाँच व्यक्ति संक्रमित भएको इटालीको जनसंख्या ६ करोड ४३ लाख रहेको छ  । सेकेण्ड वेभमा  यसरी एकैदिन १० हजार संक्रमित फेला परेको पहिलोपटक हो ,इटालीमा । इटालीमा कुल चार लाख ३४ हजार ४ सय ४९ व्यक्तिमा कोरोना संक्रमण भएको छ । जसमध्ये ३६ हजार ७ सय ०५ जनाले ज्यान गुमाएका छन् । बेलायत बाहेक यूरोपभर मै निधन हुनेको आँकडा पहिलो स्थान मा रहेको छ ईटालीको ।  दुई लाख ५५ हजार व्यक्ति निको भएर घर फर्किएका छन् भने १ लाख ४२  हजारको उपचार भैरहेको छ   ।

महामारीको  पहिलो लहरमा इटलीले धेरैपछि मात्र लकडाउन घोषणा गरेको थियो यसर्थ धेरै संक्रमित व्यक्तिको निधन भएको राष्ट्र इटली थियो । इटलीले कोरोनाको सुरुमा  हल्का रूपमा लिँदा गम्भीर गल्ति  भएको महसुसगर्दै प्रधानमन्त्री जिसेप्पे कोन्टेले सार्बजनिकरूपमा देशबासीलाई सम्बोधन गर्दै माफी मागेका थिए   । बिगतको गल्तीलाई  सच्याउँदै दोस्रो चरणमा इटलीले व्यापक सचेतता अपनाएको छ  ।

युरोपमा  पहिलो लहरको सुरुआती दिनमा ईटालीको सामुहिकरूपमा मृतकको  लाश ब्यबस्थापन, अत्याधिक बिरामीको चापले अस्पतालको भर्याङ्ग ,गल्ली जताततै लाश र बिरामीको दृश्यहरू संसारै रुवाउने खालको थियो । कारुणिक र भयावह स्थितिमा पुगेको इटालीले कोभिड–१९ माथि लगभग नियन्त्रणमा लिई सकेको छ।

मिलान शहरमा सकृय पत्रकार बिजय भुषालका अनुसार अनुमानित १ हजार ५ सय नेपाली रहेको इटालीमा संक्रमित संख्या बढ्न थालेपछि प्रधानमन्त्री जिसेप्पे कोन्टेले नयाँ नियम लागू भएको घोषणा गरे । लकडाउन नै घोषणा नगरे पनि नयाँ प्रोटोकल लगभग लकडाउन जस्तै भएको उनले बताए । बिहीबारबाट रातको ११ बजेपछि बिहान ५ बजे सम्म कर्फ्यु लगाईएको छ ।

प्रधानमन्त्री कोन्टेले स्थान आवश्यकता अनुसार साँझको समयमा बढी भिडभाड हुने स्थल बार – क्याफे रेस्टुराँ बन्द गर्न प्रशासनलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कोन्टेले भने, ‘अब हामी समय खेर फाल्न चाहान्नौ, बढी संक्रमित भएको स्थान पत्ता लगाई तत्काल त्यस्ता स्थानमा लकडाउन गर्छौ ।’

कोरोना भाइरस रोक्न सरकारलाई सबैले  सहयोग गर्नुपर्ने आग्रह गर्दै  ‘सामाजिक दूरी कायम गरौँ, अनिवार्यमा रूपमा मास्क लगाऔँ भिडभाडहुने स्थानबाट टाढा रहौँ, एक–अर्काबीच अंकमाल गर्ने काम बन्द गरौँ ।’

सरकारले क्याफे बार र रेस्टुरेन्ट साँझको ६ बजे नै बन्द गर्ने निर्णय गरेको छ भने बढीमा  ६ जनासम्मकोसमुहमा मात्र बस्न पाइने छ  । स्कुल र कलेजका विद्यार्थीले दूरी कायम अनिबार्य गर्नुपर्नेछ ।  बैठक तथा मेला पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । एमेच्योरतर्फका सबै खेलकुद स्विमिङ पुल,जिमखान जान सरकारले रोकेको छ ।

युरोपेली राष्ट्रहरूले पनि धमाधम नयाँ नियम  लागू गरी रहेका छन् ।

स्वीट्जरल्याण्ड

संसार कै प्राकृतिक सुन्दरताले पूर्ण र मनमोहक देश स्वीट्जरल्याण्डमा  सोमबारदेखि सार्वजनिक स्थलमा १५ जनाभन्दा बढी भेला हुन्  नपाउने नियम सरकारले लागू गरेको छ  । केही समय हेरेर सरकारले लकडाउन गर्ने की भन्ने बिज्ञहरुसंग छलफल चलाई रहेको छ ।

विश्वका विभिन्न संगठनका मुख्यालय रहेको सपनाको देशको रूपमा प्रख्यात स्वीस ८६ लाख जनसंख्या रहेको छ भने नेपालीको उपस्थिति ७ सयको हाराहारीमा रहेको जेनेभा निबासी बरिष्ठ पत्रकार लक्ष्मण देबकोटाले बताए ।

पोर्चुगलमा ३० हजार नेपाली

यूरोपमा नेपालीको गन्तब्य बनेको  पोर्चुगलले राति ११ बजेपछि भिडभाड नगर्न सूचना जारी गरेको छ । लिस्बोन निबासी पत्रकार राज कुमार थापाका अनुसार ३० हजार बढी नेपाली रहेको पोर्चुगल बेलायत पछी धेरै  नेपाली रहेको यूरोपेली मुलुक हो ।

एक करोड १ लाख ८७ हजार जनसंख्या रहेको पोर्चुगलमा गत दिनहरूमा  १० जनासम्मको समूह बनाएर बस्न मिल्ने भनिए पनि अब केवल पाँचजनासम्म मात्रै भेला हुन पाउनेछन् । त्यसैगरी विवाह र अन्य उत्सवमा ५० जनाभन्दा बढी संलग्न हुन सक्ने छैनन् ।

यूरोपकै बिदा मनाउने देशको रूपमा परिचित पोर्चुगलमा हिजो मात्रै झन्डै २ हजार नया कोरोना बिरामी देखा परेको छ ।  एक लाख ४ हजार संक्रमित छन् भने २२ सय बढीको निधन भैसकेको छ।

चेक रिपब्लिक

 सरकारले चेक रिपब्लिकमा आगामी  सोमबार रातिसम्म कति संक्रमित हुन्छन् अवस्था हेरेर उचित निर्णय गरिने बताएको छ  । चेक रिपब्लिकमा देशभर पुनः लकडाउन हुने लगभग पक्का जस्तै छ  ।

एक करोड ७ लाख जनसंख्या रहेको यो देशमा एक लाख ८८ हजार बढी संक्रमित छन् ।

जर्मनी झन्डै ८० प्रतिशत निको भए

 दिनहुँ कोरोना संक्रमित बढेपछि जर्मन चान्सलर एन्जेला मर्केलले एउटा विशेष नोटिस जारी गरेकी छिन् । मर्केलले आफ्ना नागरिकलाई घरमै बस्न र सकेसम्म घुमफिरमा नजान आग्रह गरेकी छिन् । ‘अहिले देशको अवस्था राम्रो छैन, यसकारण तपाईंहरू घरनै सुरक्षित हुनेछ, यो वेला लामो दूरीको यात्रा जोखिमपूर्ण छ, त्यस्ता स्थान जाने तयारी गरेको भए रद्द गर्नुहोस्,’ उनले भनिन् ।

आठ करोड ३८ लाख ६५ हजार नागरिक रहेको जर्मनी  यूरोपियन युनियनको प्रमुख शक्ति राष्ट्रको रूपमा रहेको छ । ७ देखि ८  नेपाली रहेको जर्मनी १४ प्रान्त रहेको संघीय मुलुक हो । गैर आबासीय नेपाली संघ केन्द्रीय अध्यक्ष कुमार पन्त विश्व ब्यापार केन्द्रको रूपमा परिचित जर्मनीको फ्रान्कफार्ट शहरमा बस्छन ।

तीन लाख ८० हजार भन्दा बढी कोरोना पोजेटिभ देखिएको जर्मनीमा झन्डै ३ लाखको उपचार पछी घर फर्किएको छ ।

बिगतको विश्वयुद्धमा सकृय भएकै कारण अमेरिका पछी ४८ हजार सघन उपचार कक्ष भएको शक्तिशाली मुलुक हुनु नै कोरोना बिरामीको लागि बरदान साबित भएको छ । सिमावर्ती क्षेत्रका अस्पतालहरूमा फ्रान्स , ईटाली का कैयौं कोरोना बिरामीहरूको  सित्तैमा उपचार गरिसकेको छ

स्पेनमा संकटकाल

कोरोना महामारीबाट निकै पीडित स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेजले   यसै  हप्ता विभिन्न राज्यमा संकटकाल घोषणा गरिसकेको छन्   । राजधानी म्याड्रिड बार्सिलोना, क्यातोलोनिया, अलिकंते लगायत वरपरका  सहरमा आगामी १५ दिन सम्म संकटकाल जारी रहनेछ । म्याड्रिडमा स्कुल खुला नै रहनेछ ।  तर १५ दिन सम्म  कोही पनि म्याड्रिडबाट बाहिर जान नपाउने र प्रवेश पनि नपाउने नियम लागू गरेको छ  । रेस्टुरेन्ट, होटेल तथा बार क्याफे   राति ११ बजे बन्द गरि सक्नु पर्नेछ ।

नगरपालिकाले अबस्था हेरी अर्ध लक् डाउन गरेकोलामो समय देखि  स्पेनको  बार्सिलोना निबासी गैर आबासीय नेपाली संघ यूरोप सह-संयोजक मुक्त गुरुङले अन्नपूर्णलाई बताए । फुटबल क्लबले चर्चित बार्सिलोनामा ५ हजार नेपाली बसोबास गर्दछन । तर पुरै स्पेंन भरी १०-१२ हजार नेपाली बसोबास गर्ने सह-संयोजक गुरुङको अनुमान छ । टेक अ वे सेवा मात्र खुला रहेको कारण होटल रेस्टुराँबन्द भएको कारण हजारौको संख्यामा नेपाली कामविहीन बस्नु परेको छ ।

चार करोड ६७ लाख ६० हजार जनसंख्या भएको स्पेन बिश्वभर  मै पाचौ उच्च संक्रमित मुलुकको रूपमा रहेको छ ।

अहिले सम्म १० लाख ३० हजार कोरोना संक्रमित रहेको स्पेनमा ईटाली पछी निधन हुनेको  संख्या ३४ हजार नाघेको छ ।

 

पोल्याण्डमा रंगशाला नै  कोरोना अस्पताल

वार्सा निबासी नेपाल पत्रकार महासंघ युरोपका कार्यकारी सदस्य शेर बहादुर परियारका अनुसार पोल्याण्डमा अनुमानित ४ देखि ५ हजार नेपालीको बसोबास रहेको छ  ।

पत्रकार परियारका अनुसार कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले राजधानी वार्सामा राष्ट्रिय रंगशालालाई नै कोरोना विशेष अस्थायी अस्पतालमा रुपान्तरण गरेको छ ।

यो हप्ता सरकारका प्रवक्ता पिओट्र मुलरले दिएको जानकारी अनुसार त्यहाँ झण्डै पाँच सय विरामीलाई पुग्ने कोठा छन् । सो रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता रहेको  छ ।

तीन करोड ८० लाख जनसंख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ९२ हजार ५ सय ३९ रहेको छ भने तीन हजार ७ सय २१ जनाको मृत्यु भएको छ ।

 

बेल्जियममा कोरोना संक्रमणको सुनामी

‘हामी निकै चिन्तित छौँ, जुन रूपमा संक्रमित बढिरहेका छन्, यसले धेरै गाह्रो बनाउने देखिन्छ,’ बेल्जियमका प्रधानमन्त्री एलेसान्डर डे क्रुले शुक्रबार सुरक्षा परिषद बैठक पछी पत्रकार सम्मेलनमा भने, ‘आउने साता झनै डरलाग्दो हुन सक्छ, सबैले  सावधानी अपनाउनुपर्ने आग्रह गरेका छन्  ।’

 

यूरोपको राजधानी बेल्जियममा कोरोना भाइरसको संक्रमण सुनामीको गतिमा फैलिरहेको स्वास्थ्य मन्त्री फ्रयान्क भ्यानडेनब्रउकेले राजधानी ब्रसेल्स र वाल्लोनियामा संक्रमणको अवस्था ‘सुनामी’ जस्तै रहेको बताएका छन्।

मंत्री फ्रयान्कले ब्रसेल्स र वाल्लोनियामा देखिएको संक्रमणको अवस्था युरोपभरकै खतरनाक रहेको समेत बताए । परन्तु  संक्रमणको अवस्था सुधार गर्न सबैको सहयोग आवश्यक छ।’

दुई हप्ता यता लगातार दैनिक औसत १० हजार संक्रमित संख्या बढी रहेको बेल्जियममा १ करोड १६ लाख मात्रै जनसंख्या रहेको छ  ।

महामारीबाट सबैभन्दा प्रभावित हुने विश्वभरका १० राष्ट्रहरूमा  बेल्जियम पनि रहेको छ। अहिले सम्म  बेल्जियममा  झन्डै २ लाख ४० हजार संक्रमित भएका छन् भने १० हजार ५ सयको निधन भएको छ भने २ लाख ८ हजार कोरोना बिरामीको उपचार भैरहेको छ । दुखद पक्ष असंख्य नेपाली कोरोना संक्रमित भएका छन् । निको भएको संख्या न्युन छ र  बेल्जियममा सघन उपचार कक्ष -आईसीयु  ३ हजारको हाराहारीमा मात्रै रहेको छ ।

बेल्जियममा ब्यापक संक्रमण फैलिएपनि रातको १२ बजेदेखि बिहान ५ बजेसम्म सोमबारबाट कर्फ्यु  जारी गरेको छ । सोमबारबाट सबै क्याफे- बार र रेस्टुरेन्ट एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ । रातको ८ बजेपछि पूर्ण रूपले अल्कोहल प्रतिबन्ध गरिएको छ  । तर टेक अ वे रेस्टुरेन्ट भने खोल्ने वा बन्द गर्ने मालिकलाई स्वनिर्णय गर्ने अधिकार दिइएकोछ । धेरै नेपाली यो पेशामा आबद्ध रहेका छन ।

अनुमानित ८-९ हजार नेपाली बसोबास गर्ने बेल्जियममा ८०  प्रतिशत नेपाली रेस्टुरेन्ट होटेल ब्यबसायी र सो क्षेत्रको कामदारको रूपमा रहेको छ । हजारौ नेपालीहरूले रोजगार गुमाएको छ ।

सरकारले ब्रसेल्स एअरलाइन्सको घाटालाई ब्यबस्थापन गर्न २ सय ९० मिलियन युरो उपलब्ध गराएको छ । गत बर्षको तुलनामा  राष्ट्रीय बैंकमा १४,५ प्रतिशतले संकुचन आएको छ ।

सरकारले तलबको ७० प्रतिशत रकम कामदारलाई दिने छ भने एकमुष्ट रकम ब्यबशायीलाई दिने छ । साथै पानी बिजुली शुल्कमा  अनुदान  दिनेछ।

आयरल्याण्ड पुन – लकडाउनमा

आयरल्याण्डका  प्रधानमन्त्री माईकल मार्टिनले लेभल फ़ाएभ नामक दोस्रो अघोषित लक् डाउन सुरु भएको बताएका छन्।

देशमा दोस्रोपटक लक डाउन गर्ने  घोषणा गरेको छ । सोमबार त्यहा १ हजार बढीमा कोरोना संक्रमण भएपछी पाचौ चरणको  प्रतिबन्धमा सबै पसल, उद्योग-धन्दा ,बार , पब रेस्टुरेन्ट बन्द गरेको छ  । तर  टेक अवे मात्र संचालन हुने छ।

आगामी छ हप्ता सम्म लकडाउन गर्ने  आयरल्याण्ड पहिलो युरोपेली मुलुक बनेको छ।

आउँदै गरेको शुक्रवारदेखि, मानिसहरुको भेटघाट हुने स्थानहरुमा नयाँ नियम लागू हुनेछ। संक्रमणको संख्या बढ्दै गइरहेको हुनाले सरकार चिन्तित रहेको कान्सलर कुर्जले भनेकाछन् । उनले भन्छन् यो समस्या अष्ट्रियामा अझै महिनौं चल्नसक्छ ।

अष्ट्रियामा झन् कडाई

अष्ट्रियामा अहिलेसम्म ६७ हजारलाई कोरोना पोजेटिभ देखिएकोमा ९सय १४  जनाको मृत्यु भैसकेको छ भने ५१ हजार निको भैसकेको छन् ।

भियना निबासी पत्रकार रविचन्द्र भट्टराईका अनुसार गत मार्चमा भन्दा धेरै मात्रामा दैनिक संक्रमित बढेको छ । यद्यपी सरकार लकडाउन नगर्ने भन्दै अन्य नियमहरुमा कडाई गर्दै गएको छ  ।

९० लाख मात्र जनसंख्या रहेको सुन्दर मुलुक अष्ट्रियामा अहिलेसम्म १० जनामा सिमित  राखिएको रेष्टुरेण्ट अथवा एउटै टेवुलमा भेटघाट ६ जनामा झारेकाछन् । त्यो टेवुल घर बाहिर छ भने १२ जनासम्म रहन मिल्ने नियम छ । हरेक सम्मेलन घर भित्र अथवा बाहिर, मास्क लगाउन अनिवार्य गरिएको छ । घरबाट काम गर्न मिल्ने कार्यलयहरुलाई त्यसो गर्न निर्देशन गरिएको छ ।

आगामी  हलोईन पार्टिलाई अनुमति नदिने बताएको छ । बिल्डिङ्ग भित्रका ट्रेन स्टेसनहरुमा पनि मास्क प्रयोग र तोकिएको दुरी कायम गर्नुपर्नेछ ।

झन्डै २ हजार नेपाली रहेको सो देशमा आज सम्म कुनै नेपाली कोरोना संक्रमित नभएको समेत पत्रकार भट्टराई बताऊछन ।

नर्वे र फिनल्याण्ड ग्रीन जोनमा

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सनले प्रकाशित गरेको तथ्यांकमा उत्तरी युरोपका नर्बे र फिनल्याण्ड मात्र पूर्णरूपमा कोरोना महामारीमा ग्रीन जोनमा परेको छ ।

ग्रीस ईतालीको तल्लो भाग समेत गरें जोनमा परेको छ भने सिंगो यूरोपमा लक्जेम्बर्ग , बेलायत , नेदरल्याण्ड, ,फ्रान्स ,बेल्जियम ,स्पेन ,चेक रिपब्लिक ,हंगेरी क्रोसिया ,पोल्याण्ड  रोमानिया र आएरल्याण्ड रेड जोनमा परेको छन् । पोर्चुगल- बुल्गेरिया आधा रेड जोनमा रहेको छ । समग्रमा पहेलो क्षेत्रमा इटाली. ग्रीस .लाटभिया रहेका छन् । जर्मनी ,अष्ट्रीया,डेनमार्क र स्वीडेन ग्रे अर्थात खतरा क्षेत्र नरहेको जोनमा परेको छ ।

श्रोत – अन्नपुर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*