खुट्टा कमाउनेले सागर तर्न सक्दैन – पूर्ब प्रधानमन्त्री नेपाल

प्रधानमन्त्रीले २०५१ सालमै पार्टीको नाम फेर्न प्रस्ताब गरेका थिए – पूर्ब प्रधानमन्त्री माधब नेपाल

 

केजिन राई

ब्रसेल्स  ,जनवरी १३।

पूर्ब प्रधानमन्त्री माधब कुमार नेपालले पार्टी भित्रको समस्याको मूल जड प्रधानमन्त्रीको अहंकार र ब्यक्तिबाद भएको आरोप लगाउनु भएको छ ।

बिगत २०५१ सालमै पार्टीको नाम फेर्न प्रधानमन्त्री ओलीले गरेको प्रस्तावको स्मरण गर्दै कम्युनिष्ट शब्द  हटाउ भन्नु भयो  मैले मानिन ।

कुनै प्लेटफर्ममा बस्न तयार हुनुहुन्न मान्न तयार हुनुहुन्न । आधारभूत  कम्युनिस्ट कार्यकर्तामा हुने गुनको अभाब छ । बिधि – नीति केही मान्न तयार हुनु हुन्न । ब्यक्तिबादी सोचले ग्रस्त हुनुहुन्छ। सामान्ती र निरङ्कुश चिन्तनले ग्रस्त हुनुहन्छ । कार्यक्रममा अन्तराष्ट्रीय  श्रमिक गीत बजाएको मन पराउनु हुन्न । लाल सलाम भन्दा भाग्नु हुन्छ ।  पार्टी भन्दा माथि आफुलाई ठान्नु हुन्छ। यति सम्म कि आफुलाई सुपरम्यान सम्झनु हुन्छ । पूर्ब प्रधानमन्त्री नेपालको कथन थियो  जनता र विचारसंग रमाउन चाहनु हुन्न । अहिले कोरोनाले अलि ठिक भयो हात मिलाउनु खोज्दा पर परै भाग्नु हुन्छ । सहकर्मीसंग हात मिलाए पो भावनात्मक रूपले नजिक भईन्छ ।

बिगत ०५१ सालमा पाल्पामा भएको राष्ट्रीय परिषद बैठकबाट प्रधानमन्त्री  ओलीले गुटको राजनीति थालेको स्मरण गर्दै सत्ताको मात -गुलियो र धनको लालचमा रम्नेहरू  नै गुटमा बसेका छन् । मन पर्नेले भ्रष्टाचार त के जे गरे नि ठिक , मन नपरेकाले राम्रै गरे पनि बेठिक  केपी कमरेडको  र गुटका व्यक्तिहरूमा पदको आशक्ति बढेपछी र भ्रष्टाचारको दलदलमा फसेपछि मर्न र मार्न नडराउने  स्थिति आएको छ । यति सम्म की शत्रुको गोलीबाट नढलेका योद्दाहरू पनि गुलियोमा फसेका छन् ।

 

गलत दृष्टिकोण बोकेको प्रधानमन्त्रीले गलत आरोप लाउने , त्यसलाई मिडियामा लाने सबै काम आफु गर्नु हुन्छ यति सम्म के केही समय पछी जेलमा प्रचण्ड र माधब जेल बस्छन  भनेर प्रचार गरे पनि रत्तिभर डर छैन हामीलाई ।

स्याङ्जाबाट २३ जना  केन्द्रीय सदस्य बनाईएको छ केन्द्रीय सदस्य बन्ने टिकट बोकेर हिडेको छ , मान्छे भागाभाग छ  के नौटंकी हो  प्रधानमन्त्रीको  ?  अझ नया पुस्तालाई नेतृत्व र सत्ता हस्तान्तरणको गफ गर्नु हुन्छ पहिला छोडेर त देखाउनु । सिन्जी पिंग ,डोनाल्ड ट्रंपले नगर्ने राजनीति गर्नु हुन्छ यति सम्म की बिहान ११ बजे उपाध्यक्ष  बामदेब गौतमलाई  अपरान्ह म आफैलाई र साझ अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताब राख्दै झुटको खेल खेल्नु भयो  ।

उपाध्यक्ष  बामदेब गौतमलाई महादेव  बन्नु होस जसको तेश्रो आखा  हुन्छ मलाई अध्यक्ष चाहिन्न तपाई बन्नु होस् भनेको छु तर वहा  मुर्ख देखि भुतै डराउने अबस्था छ भनेर बसिरहनु भएको छ ।

संसद बिघटन संबैधानिक नरहेको जिकिर गर्दै पूर्ब प्रधानमंत्री नेपालले २ सय ९७ जना को हस्ताक्षर , ३१५ को ७२ प्रतिशत समर्थन हुदा पनि सुर्य चिन्ह र मूल पार्टी आफ्नो हुनेमा द्वीबिधा नरहेको तरपनि प्रधानमन्त्रीले अझै पनि  गल्ति महशुश गर्नु भयो भने राजनीतिमा नाथिंग ईज इम्पोसिबल अर्थात एकता रहने संकेत गर्नु भयो ।

 

एक घण्टा भनाई राख्दै पूर्ब प्रधानमन्त्री नेपालले भन्नु भयो  दुवै पक्ष आरोप प्रत्यारोपमा ओर्लिए पनि जनता अदालत हुन् । समस्याको प्रमुख कारण के हो जनताले पहिचान गर्ने हो । बाधक प्रबृत्ति चुनौतीको सामना गर्दै राष्ट्र- जनता र देशभक्ति  सर्बोपरी मानेर अगाडी जानु पर्छ ।

 

प्रबासमा रहेका साढे चार सय बढी  प्रबासी नेपाली एकता मन्चका नेता अगुवा कार्यकर्ताहरूलाई  भर्चुअल रूपमा  आज सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

नेकपा प्रबास कमिटीद्वारा आयोजित कार्यक्रम नेकपा प्रबास समन्वय कमिटि अध्यक्ष केन्द्रीय सदस्य युबराज चौलागाईको सभापतित्वमा सचिब श्रीप्रसाद शाहको संचालनमा मंच बेलायत अध्यक्ष राजेन्द्र पुडासैनी तथा प्रबास सह इन्चार्ज लक्ष्मण पन्तको धन्यबाद सहित सम्पन्न भएको थियो ।

 

नेताहरूको फोन रेकर्ड गर्नु प्रधानमन्त्रीको पंचायती शैली हो – बर्षमान पुन

 

 

निबर्तमान उर्जामंत्री तथा नेकपा स्थायी कमिटी सदस्य बर्षमान पुनले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै आधार छैन । संविधानमा प्रष्ट भाषामा लेखिएको विषयलाई सर्बोच्चले सजिलै बुझेर फैसला गर्ने बताउनु भयो  ।

प्रवासी नेपाली एकता मञ्च अगुवा नेता कार्यकर्तालाई भर्चुअल अन्तरक्रियामा भन्नु भयो संसद विघटन गर्न नपाउने कुरा शव्दमा नै प्रष्टसँग लेखिएकाले अन्यथा फैसला आउने अपेक्षा आफुहरुले नगरेको बताए ।  ‘संविधानको धारा ७६ को १ देखि ७ सम्म सरकार निर्माणबारेका व्यवस्था छन् । ४ विकल्पमध्ये कुनैपनि विकल्पबाट सरकार बनेन भने ६ महिना भित्र मध्यावधी चुनावमा जाने संवैधानिक व्यवस्था छ  ।

‘ नेता पुनले थपे ‘अहिले पार्टीलाई प्रधानमन्त्रीले धोका दिएको बेला मात्र हैन प्रचण्ड र माधवकुमार नेपालका बीच लामो  सम्बन्ध र सहकार्य रहेको छ  । अहिले उहाँहरुले विधि र पद्धतिमा पार्टी संचालन गर्ने, नेतृत्व र पुस्ता हस्तान्तरण गर्ने कुरा गर्नुभएको छ । कार्यक्रममा सहभागिले कुलमानलाई ऊर्जामन्त्री हुंदा किन निरन्तरता नदिएको भनि प्रश्न गरेका थिए । जवाफमा निबर्तमान उर्जा मन्त्री पुनले कुलमानको निरन्तरताका लागि आफूले गर्न सक्नेजति सवै उपाए अपनाएको तर प्रधानमन्त्रीले नमानेको बताए  । ‘कुलमान जीलाई पुनर्नियुक्तिका लागि मैले क्याविनेट र प्रधानमन्त्रीसमक्ष समेत प्रस्ताव लगेको हो । तर प्रधानमन्त्रीज्यूले मान्नु भएन ।’  बहाको पूजा गर्ने गवार नै भएपनि नियुक्ति गर्न चाहनु हुन्छ कुलमानजी जस्तालाई हैन ।’

 

निबर्तमान मन्त्री पुनले प्रधानमन्त्री ओलीले पंचायतमा जस्तो राजनीतिक गुप्तचरी गरेको बताए  । बिरोधी  प्रमुख नेताहरूको फोन सम्बाद ट्यापिंग गरिरहेको आरोप लगाउदै  ‘७ सय भन्दा धेरै उद्योगी – व्यापारिको राजस्व विभागको फाईल तयार पारेर फरक मत राख्नेलाई तर्साएर राखिरहेका  छन् । उहाँ आफूलाई पुजा गर्नेहरुको सानो घेरा बनाएर निरङ्कुश  ढंगले शासन गर्ने तयारी गरिरहनुभएको छ,’ उनले भने ।’

‘  सरकारमा प्रधानमन्त्रीले गर्ने गरेका गलत प्रबृतिको विरोध आफूले उतिबेला पनि गर्ने गरेको स्मरण गर्दै नेता पुनले भने, ‘क्याविनेटमा प्रधानमन्त्रीले गर्ने गरेका अराजनीतिक र गैरसम्बैधानिक गतिविधिहरुबारे हामीले त्यती बेलै पनि विरोध गरेका थियौं । प्रधानमन्त्रीले सरकारी नियुक्ति  गर्दा डीएनए – थुक – खकारनै जाच गरेको यो आखाले देखियो ।’

अध्यादेश ल्याउँदा होस वा संसद विघटन गराउदा हामीले विरोध गरेका हौं झन्डै ३ वर्ष मन्त्रीपरिषदमा रहदा नीति तथा कार्यक्रम के आउदै छ थाहै नहुने  ।’  यति सम्मकी आफ्नै मन्त्रालयमा कुन शिर्षकमा के कति बजेट परेको छ थाहै नदिई प्रधानमन्त्रीले हस्तक्षेप गरिरहने काम भयो ।’

संसद बिघटनको प्रसङ्ग बारे बताउदै नेता पुनले बिहान १० बजे ९-१०  जना मन्त्रीको बैठक बसियो  बिघटन बारे हामी केहीले असहमति जाहेर गर्यो पास भो भन्दै प्रधानमन्त्री उठ्नु भो ।’  च्याम्बरमा आइपुग्दा त बिघटनको घोषणा पो सुनियो ।’

प्रबासमा रहेका साढे चार सय बढी  प्रबासी नेपाली एकता मन्चका नेता अगुवा कार्यकर्ताहरू सहभागी   भर्चुअल कार्यक्रम नेकपा प्रबास समन्वय कमिटि अध्यक्ष केन्द्रीय सदस्य युबराज चौलागाईको सभापतित्वमा सचिब श्रीप्रसाद शाहको संचालनमा मंच बेलायत अध्यक्ष राजेन्द्र पुडासैनी तथा प्रबास सह इन्चार्ज लक्ष्मण पन्तको धन्यबाद सहित सम्पन्न भएको थियो ।

कुहिएको र खिया लागेको त केपी ओली हुन् –  भिम रावल

 

पूर्ब उपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओली पद्दती र विधिलाई धुजा धुजा पार्ने व्यक्ति र कल्पनै गर्न नसकिने राजनैतिक व्यक्ति भएको बताए ।

नेता रावलले  खिया लागेको नटबोल्ट खुस्किएको , कुहेको भेट्नु बाट २ फल झरेको प्रधानमन्त्रीको कटाक्ष गर्नु स्तरहीन चेतनाको उपज भएको बताए । कुहेको त के पी ओली हुन् खिया नलागेको प्रधानमन्त्री ओली  भए १ वर्ष पनि प्रधानमन्त्री कार्यालय  सिहदरबार धाउन सकेका छैनन त ।’

पुष ५ गत्ते कालो दिन हो । जब राष्ट्रपतिले  समाबेदनबारे दार्ता नगरी तल्लो स्तरको कुरा गर्नु भयो त्यो बेला मैले कमरेड मदन भण्डारीलाई  भाबुक भएर सम्झे के कमरेड मदनले एस्तै राष्ट्र प्रमुखको कल्पना गर्नु भएको थियो  होला ? संबिधान को मर्यादा राष्ट्रपतिले पालना गर्नुभएन ।

कस्तो  अचम्मको  नेता हुन् ८३ जना सांसदले संसद आब्हानको लागि  समावेदन  दिन गयोे अबिश्वास प्रस्ताब ल्यायो भनेर प्रचार गर्छन । आफै प्रायोजित समाचार छाप्ने अनि आफै प्रचार गर्ने काम  प्रधानमन्त्रीले साईबर सेना गठन गरेरै लाग्नु भएको छ ।

गोयालासंगको भेट पछी सयुक्त सैनिक अभ्यास गर्ने प्रयास भयो , सीआईएको एजेन्ट मन्त्रीपरिषदमा  थिए एमसीसी  पासा गरेर देश डुबाउन खोज्छन । नेपालको कानुन भन्दा माथी रहने  मिलेनियम च्यालेन्ज कर्पोरेशनको प्रस्तावित बुदा खतरनाक पक्ष रहेको  दोहोर्याउदै उत्तेजनामा बोलेको हैन नेपाली राष्ट्रीयता र स्वतन्त्रता प्रष्ट खोसिने छ ।

नेता रावलले अदालत  निर्बाचन आयोग सबैले संबिधान मान्छु भनेर सपथ खाएको हुनाले  निर्णय तलमाथि नहुने विश्वास ब्यक्त गर्दै बिद्रोहमा जान नपर्ने बताउनु भयो ।

साढे चार सय बढी  प्रबासी नेपाली एकता मन्चका नेता अगुवा कार्यकर्ताहरू सहभागी   भर्चुअल कार्यक्रम नेकपा प्रबास समन्वय कमिटि अध्यक्ष केन्द्रीय सदस्य युबराज चौलागाईको सभापतित्वमा सचिब श्रीप्रसाद शाहको संचालनमा मंच बेलायत अध्यक्ष राजेन्द्र पुडासैनी तथा प्रबास सह इन्चार्ज लक्ष्मण पन्तको धन्यबाद सहित सम्पन्न भएको थियो ।

श्रोत – न्युज २४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*