बेनेलक्सका राजदुतद्वारा राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

बेनेलक्सका राजदुतद्वारा राजा फिलिप समक्ष ओहोदाको प्रमाणपत्र पेश

इन्दिरा चाम्लिङ

ब्रसेल्स, जनवरी १४ ।

बेल्जियम अधिराज्यका  राजा फिलिप समक्ष  बेल्जियम , बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्नुभयो

नेपाली दुताबास ब्रसेल्सका अनुसार हिजो राजधानी  ब्रसेल्स स्थित राजदरबारमा आयोजित विशेष समारोहको बीचमा राजदूत राजभण्डारीले राजा फिलिप समक्ष ओहदाको प्रमाण पत्र पेश गर्नु भएको थियो ।

सो अबसरमा राजा फिलिपले  राजदूत राजभण्डारीलाई उनको नियुक्तिमा बधाई र सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो । सो अवसरमा राजदूत राजभण्डारीले नेपालका राष्ट्रपति बिध्यादेबी भण्डारीको शुभकामना सन्देश सुनाएका थिए ।

नेपालका राष्ट्रपति विद्या देवी भण्डारीले  राजा फिलिप समक्ष नेपाल तथा बेल्जियमबीच द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यको अवस्थाप्रति खुशी व्यक्त गर्दै राजदूत राजभण्डारीले आफ्नो कार्यकालमा विद्यमान सम्बन्धहरुलाई अझ उचाइमा पुर्‍याउन आफूले सक्दो प्रयास गरिरहने बताउनुभयो।

सन् १९९२ मा ब्रसेल्समा नेपालको आवासीय दूतावास स्थापना गरे पछि बेल्जियम अधिराज्यमा नेपालबाट  सातौं राजदूतको रूपमा गेहेन्द्र राजभण्डारी भर्खरै नियुक्ति हुनु भएको हो ।\

श्रोत – न्युज २४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*