ब्रसेल्समा आगामी डेढ महिना सम्म कर्फ्यु

 

ब्रसेल्समा आगामी डेढ महिना सम्म कर्फ्यु जारी रहने

केजिन राई

ब्रसेल्स ,जनवरी १२।

यूरोपको मुटु मानिने बेल्जियमको ब्रसेल्समा कोरोना महामारी रोक्न  हालको कर्फ्यू आगामी १ मार्चसम्म निरन्तर जारी रहने भएकोछ।

ब्रसेल्सका मिनिष्टर प्रेसिडेन्ट रुदी भर्भोरटको पछिल्लो घोषणा अनुसार बेल्जियमको  राजधानी क्षेत्र ब्रसेल्समा राति १०:०० बजे देखि  बिहान ६:०० बजे सम्म  कर्फ्यू जारी राख्ने निर्णय भएको छ ।

“महामारी विज्ञान सम्बन्धी स्थितिको विश्लेषण पछि यो समस्या आएको छ, जुन ब्रसेल्स क्षेत्रमा मात्रै । सिंगो  बेल्जियममा भने स्थिति  चिन्ताजनक र अनिश्चित रहेको छ।” मन्त्री भभोरोर्टको कार्यालयले भनेको छ ।

अन्य उपायहरू, जस्तै मास्क लगाउने, अपराह्न २०: ०० बजे पसलहरू बन्द हुने र सार्वजनिक ठाउँमा मदिरा सेवनको प्रतिबन्ध पनि लागू यथावत हुनेछ। सुरुमा, कर्फ्यू र अन्य उपायहरू  १५  जनवरीमा समाप्त गर्ने घोषणा गरिएको थियो ।

“कोविड- १९ संक्रमणको पुनरुत्थानबाट जोगिन, स्वास्थ्यकर्मीहरूमाथि दवाव कम गर्न, अस्पतालहरूको सामान्य सञ्चालन र सबै बिरामीहरूको हेरचाह सुनिश्चित गर्नका लागि यी उपायहरू गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

“मुख्य उद्देश्य भनेको सबैको स्वास्थ्यको रक्षा गर्नु हो र कुनै पनि हिसाबले तेस्रो छालबाट बच्नु हो, किनकि त्यो स्वास्थ्य दृष्टिकोणबाट र सामाजिक र आर्थिक दृष्टिकोणबाट दुवै आपतकाल हुनेछ।” यो घोषणा वालोनिया फ्रेन्च प्रान्तले सोही  कदम चालेको छ, समग्र बेल्जियमले देशव्यापी रूपमा आगामी १ मार्चसम्मको देशव्यापी अर्ध लकडाउन  विस्तार गर्ने घोषणा गरिसकेको छ, गृहमन्त्री एनेलिस भेर्लिडेनका अनुसार यो अवस्था सबैभन्दा खराब अवस्था हो।

एक करोड १६ लाख १७ हजार जनसंख्या रहेको भाषिक पहिचान सहितको संघीय र राजतन्त्रात्मक देश बेल्जियममा जनवरी १६ सम्म सम्म ६ लाख ७५ हजार कोरोना संक्रमित तथा २० हजार बढीको निधन भै सकेकोछ । आज मात्र २ हजार २ सय ३ जना नया बिरामी देखिएका थिए । कोरोना ;उक्त हुनेको संख्या न्युन अर्थात 46 हजार मात्र रहेको र ६ लाख ७ हजार जनाको उपचार भई रहेको छ ।

आगामी मार्च महिना सम्म ७५ प्रतिशत जनसंख्यालाई कोरोना खोप उपलब्ध गराउने  लक्ष सरकारको रहेको छ  भने खोप उत्पादन फाईजर कम्पनीको प्लान्ट प्युर बेल्जियममा रहेको छ ।

श्रोत – अन्नपुर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*