देश टाट पल्टाएर निर्बाचन गर्नु बर्बादी तर्फ – पूर्बमंत्री भट्टराई

 

घर झगडा मिलाउनुको साटो घर र बस्ति उजाड गर्ने काम प्रधानमन्त्रीले गर्नुभयो – पूर्बमंत्री भट्टराई

केजिन राई

ब्रसेल्स, जनवरी १  ।

नेकपाका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले तथ्यगत रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवाद तर्फ जादै  गरेको आरोप लगाउदै कडा आलोचना गरेका छन्  ।

नेकपा प्रवास समन्वय कमिटिद्वारा आज आयोजित जुम कार्यक्रममा बोल्दै नेकपा स्थायी समिति सदस्य भट्टराईले निर्वाचनको माध्यमबाट आएको यो अधिनायकवादलाई आफ्नै स्वअध्ययनले बुझेर बिचारको छनोट गर्न आब्हान गर्दै विभाजनलाई कुनै गुट र समिकरणको आंकलन गर्न नहुने तर्क राखेका छन् ।

सत्यको पक्षमा बोल्नुहोस् व्यक्तिगत् गालिगलोज् नगरी  स्वच्छ राजनीति गर्न अनुरोध गर्दै उनले प्रधानमन्त्री ओलीले सहमति तोडेर  पाचै वर्ष सरकारको नेतृत्व गर्ने कुरा गरेपछि  साढे २ बर्ष पछी प्रचण्डले प्रधानमन्त्री बन्ने सम्झौताको सहमती पत्र सबको सामुन्ने च्यातेको साक्षी आफु रहेको बताए   । घर झगडा हुदा घर मिलाउनुको साटो घर र बस्ति उजाड गर्ने काम प्रधानमन्त्रीले गर्नु भएको छ पूर्बमंत्री भट्टराईको कथन थियो ।

लेखेर राख्नुस चैत महिनाको अन्त तिर प्रधानमन्त्री सडकमा आउन बाध्य हुन्छन पूर्बमन्त्री भट्टराईले भित्री कारण भने खुलाउन चाहेनन् । “केपी ओलीलाई छलफलमा आउनुस्, स्थायी कमिटिमा आउनुस् भनेर पटकपटक भन्दा नमान्ने, भागेर हिँड्ने, आफ्नो स्टेटम्यानशीप देखाउनै नसक्ने, दिन दहाडै झुट बोलिदिने” भन्दै योगेश भट्टराईले सबै विचार बोकेकाहरुले केपी ओलीले चालेको अधिनायकवादबाट मुलुकलाई वर्वादीको दिशातर्फ जान जोगाउन आवस्यक भएको बताए ।

मुलुकलाई अस्थिरता तर्फ धकेल्दै साम्प्रदायिक – धार्मिक नरसहार बन्ने तर्फ प्रधानमन्त्रीले ढोका खोलेको आरोप लगाउदै पूर्ब मंत्री भट्टराईले धारा ४४ अनुसार बहुमतको आधारमा पार्टीको झण्डा चुनाब चिन्ह र आधिकारिकता  हुने प्रष्ट बताए ।

विश्वभरबाट २ सय भन्दा बढी प्रबासी नेपाली एकता मञ्चका पदाधिकारीहरु ,अगुवा कार्यकर्ता सहभागी  भेलामा पूर्बमंत्री भट्टराईले भने  गत निर्बाचनमा निर्बाचन आयोग र सुरक्षा खर्च जोड्दा २५ अरब रुपैया खर्च भएको छ । अहिले महंगी बढेको छ, समय परिबर्तन भएको छ ४० अरब चुनाब खर्च हुन्छ। ८० अरब रकम कोरोना खोप किन्न रकम चाहिन्छ  अब सामान्य ढंगले सोच्नुस कसरी चुनाब सम्भब छ ?  के देश टाट पल्टाएर  चुनाब हुन्छ ?

 

प्रवासमा रहेका सहभागी बक्ताहरू सबैले प्रतिनिधि सभा विघटनको कडा आलोचना गरेका छन् । ससद बिघटन पछी प्रधानमन्त्रीले झूटो प्रचार गोयबल्स शैलीमा समेत भई रहेको पार्टी प्रबास संगठन बिभाग सचिव श्रीप्रसाद शाहले  बताए ।

प्रधानमन्त्रीको अधिकांस  मंत्री किचेनका छन् , सचिबहरू सुरक्षा निकाय प्रमुखहरू, राजदूतहरू  सबै पकेटका छन् अनि काम गर्न दिएँन भन्न सुहाउछ सचिब तथा केन्द्रीय सदस्य शाहको प्रतिप्रश्न थियो  ।

कार्यक्रमलाई पार्टी प्रबास संगठन बिभाग सचिव श्रीप्रसाद शाह र  प्रबासी नेपाली एकता  मञ्च बेलायतका  अध्यक्ष राजेन्द्र पुडासैनीले सहजिकरण गरेका थिए । कार्यक्रम पार्टी प्रबास संगठन बिभाग अध्यक्ष  युवराज चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पार्टी  सह ईन्चार्जहरू लक्ष्मण पन्त, तिल बिक , अध्यक्ष तथा अगुवा पदाधिकारीहरूको तर्फबाट यूरोप ,मध्यपूर्ब ,अमेरिका, अष्ट्रेलिया , एशियाबाट    सुवास पोख्रेल, राजन बस्नेत, रामहरी गैह्रे, शेषमणी शर्मा, डा कृष्ण अर्याल, सुरेन्द्र भुषाल, रमिला राई, जिवन खतिवडा, बेलुकाजी थापा, धर्मराज खतिवडा, विमल गौतम, केशव नेपाल लगायत अन्य नेतृत्व तहहरुले शुभकामना सन्देश दिएर आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्रीले आज आफ्ना  पक्षधर प्रबासी संगठनको कार्यकर्तासंग भर्चुअल कार्यक्रममा   नेकपा प्रचण्ड – माधब समुहको उजुरी निर्बाचन आयोगबाट फिर्ता भै सकेको भनेर  बोलेको झुटको  घोर भर्त्सना सहित खेद ब्यक्त गरिएको माईन्युट भएको समेत प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाईंले बताए । कार्यक्रममा प्रवास समन्वय कमिटिको निर्णय बेगर प्रतिगमनको समर्थनमा सहभागी भएका पदाधिकारिलाई विधिसंगत अनुशासनको कार्बाही गरिने समेत अध्यक्ष चौलागाईले बताएका छन् ।

श्रोत – न्युज २४ नेपाल

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*