नेकपा अध्यक्षले प्रबासी अगुवा नेता – कार्यकर्तालाई सम्बोधन गर्दै

शेर बहादुर परियार

पोल्याण्ड,  जनवरी ०२

 

प्रधानमन्त्री केपी ओलीले हठात संसद विघटन गरे पछि त्यसको विरुद्धमा रहेकाहरु प्रवासमा संगठित हुँदैछन् ।

नेकपा प्रचण्ड-माधव पक्षले प्रवासलाई लक्षित गरी जनवरी ३ आइतबार नेपाली समय साॅझ ५ बजे अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।

 
 
 

भर्चुअल प्रविधि मार्फत हुने प्रशिक्षण कार्यक्रममा प्रवासमा रहेका अगुवा कार्यकर्ताको सहभागिता रहने र स्थायी कमिटी सदस्यद्वय भीम रावल र बर्षमान पुनको समेत उपस्थिति रहने प्रबास समन्वय कमिटीले जनाएको छ।

 
 
 

नेकपाको प्रवासमा क्रियाशिल संगठन प्रवासी नेपाली एकता मञ्चका अधिकांश देशका अध्यक्ष र सचिव प्रचण्ड-माधव पक्षमा देखिएका छन् भने पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाई र सचिव श्रीप्रसाद शाह पनि  सोही समुहमा रहेका छन् ।

पार्टी समन्वय कमिटीले अंग्रेजी नयाँ बर्ष २०२१ को अबसरमा पार्टी स्थायी सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको थियो ।

कार्यक्रमको सयोजन प्रबासी नेपाली एकता मंच बेलायत अध्यक्ष राजेन्द्र पुडासैनी लगायतले सयोजन गरिरहेका छन्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*