गैर आवासीय नेपाली संघ बिधान समितिको सूचना

ईयूनेपाल प्रतिनिधि

ब्रसेल्स, डिसेम्बर २ ।

गैर आबासीय नेपाली संघ केन्द्रले आगामी बार्षिक अधिवेशनमा प्रस्तुत गर्ने गरी बिधान परिमार्जनका लागि  राय संकलन माग गरेको छ ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय बिधान समितिको सूचना 

 

आदरणीय अग्रज तथा अभियन्ताज्यूहरु, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एबम् रास्ट्रिय समन्यव परिसद

बिषय: भर्चुअल बैठकमा उपस्थिति जनाई सुझाब तथा आ आफ्ना धारणा राखी दिनु हुन

गैरआवासीय नेपाली संघको वर्तमान कार्यसमितिले संघको विधानमा आवश्यक संशोधनका लागि प्रस्ताव गर्न गठित “विधान संशोधन सुझाव समिति” ले यस संघको बिभिन्न आयामहरुमा महत्वपूर्ण भूमिकामा रहनु भएका र यसमा विषयमा सुझाव दिन इच्छुक हुनु हुने महानुभावहरुबाट समय सान्दर्भिक सुझाव र मार्ग निर्देशनको अपेक्षाका साथ निम्न मिति र समयमा जुम प्रबिधी मार्फत अनलाइन बैठकको आयोजना हुन गईरहेको छ ।

बिधान समितिको तर्फबाट रास्ट्रिय समन्यव परिसदलाई सस्थागत धारणाको लागी पत्राचार गरिएको छ भने सस्थाका संरक्षक ज्युहरु,सल्लाहाकार ज्युहरु र अनरी काउन्सिल सदस्य संग छुट्टा छुट्टै बैठक आयोजना गरि सुझाब सन्कलन गरेको छ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय सस्थालाई रूपान्तरण गर्न स्मार्ट एनआरएनए लगायतका महत्वपुर्ण बिषयहरुमा बिधानमा आबस्यक परिबर्तन महसुस गरि गत काठमाडौं महाधिबेशनको बन्द सत्र र आइसिसिको पहिलो बैठकलाई समेत सम्बोधन गर्दै गत महिना सम्पन्न सस्थाको ७५औं बैठकले आगामी २३र २४ तारिख आयोजना गर्न गैरहेको भर्चुअल बिशेष साधारण सभा( बिशेष अधिबेशन) मा बिधान संशोधन का लागी प्रस्तूत गर्नू पर्ने भएका कारण आबस्यक सुझाबका लागी यहाँहरु लाई हार्दिक अनुरोध गर्दछौ। सदस्यता निशुल्क गर्ने,महाधिबेसन प्रतिनिधि छनोट बिधि, प्रकृयाहरु र संख्या बारे,अनलाइन मतदान, कार्य समितिको कार्यकाल र कार्यसमितिको संख्यामा हेरफेर।। यस बाहेक विधानमा आवश्यक अन्य संशोधनका बिषयहरु केहि भए सुझाबको अपेक्षा गर्दछौं ।

यस बैठक पश्चात यहाँहरुको सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने समितिको सोचाइ छ । आशा छ, यहाँहरुको उपस्थिति र सुझाव हाम्रो यस समितिको कार्यका लागि अत्यन्त महत्वपूर्ण रहने छ । निम्नानुसारको समयमा अनुकुलता अनुसार मिलाएर उपस्थितिका लागि पुन एक पटक हार्दिक अनुरोध गर्दछौ ।

जय नेपाल जय एनआरएनए

बैठक मिति – ६ डिसेम्बर २०२० आईतवार

समय – नेपाली समय बेलुका ४ देखि राति १० बजे सम्म

Meeting ID: 334 344 8610 Password: 1234

गंगाधर गौतम

उप-संयोजक

विधान संशोधन सुझाव समिति

गैरआवासीय नेपाली संघ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*