हिमालयन शेर्पा सांस्कृतिक केन्द्र बेल्जियम गठन

ईयुनेपाल प्रतिनिधि 

काजाब्लांका क्यासेल्लो – बेल्जियम, नोभेम्बर २३ ।

बेल्जियममा शेर्पा समुदायको  सस्था  हिमालयन शेर्पा सांस्कृतिक केन्द्र – बेल्जियम   को स्थापना भएको  छ ।

शेर्पा समुदायको नया सस्थाको रूपमा यसै हप्ता हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको स्थापना गरिनु समुदायको गौरबको बिषय बनेको कुरा केन्द्रका सल्लाहकार पेम्बा शेर्पा– पिडीले बताउनु भयो ।

सल्लाहकार पिडी शेर्पाका अनुसार    संस्थाको मुल उद्देश्य शेर्पा समुदायको संस्कृति रितीरिवाज धर्म, भाषा भेष आफ्नो मौलिकतालाई जोगाउने साथै बेल्जियम तथा  नेपाल बीचको धर्म- संस्कृतिलाई परस्पर सम्बंध कायम राख्ने  रहेको छ  ।

देन्डी लामा शेर्पा -छिरिंग साम्दुपको अध्यक्षतामा गठित  हिमालयन शेर्पा सांस्कृतिक केन्द्र बेल्जियमको ३१ सदस्सीय  कार्य समिति रहेको छ ।

केन्द्रको वरिष्ठ उपाध्यक्षमा लामा लाक्पा शेर्पा , उपाध्यक्ष जान्ग्मु शेर्पा ,काजी शेर्पा महासचिबमा यांग्जी शेर्पा ,सचिब दजान्ग्मु शेर्पा,कान्छा शेर्पा, कोषाध्यक्षमा लाक्पा शेर्पा ,सहकोषाध्यक्षमा निमा शेर्पा ,सदस्यहरू देण्डी शेर्पा,छिरिंग डोमा ,जेबी शेर्पा ,यान्ग्जी लामा , गेल्जेन ,पासांग फुटी,लाक्पा  आम्दो ,दिकु,पासांग,आन्ग्माया,फुर्बा शेर्पा ,आंग काण्डी लामा ,दावा फिन्जो ,गेलु ,आन्ग बाबु  शेर्पा ,मिन्ग्मार छिरिंग र गोम्बु शेर्पा रहनु भएको छ ।

सस्थाको सरक्षंकमा गैर आबासीय नेपाली संघ बेल्जियमका पूर्ब अध्यक्ष  तथा अन्तराष्ट्रीय समन्वय परिषद्का पूर्ब केन्द्रीय सल्लाहकार पिजी शेर्पा रहनु भएको छ भने सल्लाहकारहरू पिडी शेर्पा , वान्गेल लामा र देण्डी लामा शेर्पा रहनु भएको छ ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*