एफएनजे यूरोपको सकृयता ऊदाहरणीय ; अध्यक्ष राईलाई बधाई – केन्द्रीय सचिब पुन -भिडियो

ईयुनेपाल प्रतिनिधि

ब्रसेल्स, नोभेम्बर २२  ।

साहित्यमा प्रवासी नेपाली महिलाको भूमिका र योगदानको बिषयमा एफएनजे युरोप ३६ औं शृङ्खला आज २१ तारिख भव्य रुपमा सम्पन्न भएको छ ।

एफएनजे यूरोप काबा महासचिब द्रोण रिजाल, नेदरल्यान्डका अनुसार नेपाली साहित्यमा प्रवासका महिलाहरुले खेलेको भूमिका प्रशंसा गर्दै महिलाले भोग्नु परेको समस्याको चर्चा गर्दै पुरुष प्रधान समाजमा महिलाले ठुलो संघर्ष गर्नु परेको अवस्था अझै पनि बिद्यमान रहेको प्रमुख अतिथी नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सचिव लक्ष्मी पुनले बताउनु भयो ।

पत्रकारहरुको युरोप शाखाको बर्तमान अवस्थाको बारेमा जिज्ञासाको जवाफ दिदै पत्रकार महासंघ केन्द्रिय सचिब लक्ष्मी पुनले युरोप शाखाले गरेको कामको प्रशंसा गर्दै केजिन राईको नेतृत्वमा युरोप शाखाको सक्रियता अत्यन्त उदारणीय र समावेशी रहेकोमा धन्यवाद दिनुभयो । पुनले भन्नुभयो, “युरोप शाखामा केजीन राईको बिकल्प नभएको , राम्रो काम गर्दा खुट्टा तान्ने प्रबृति युरोप शाखामा रहेको भन्ने केन्द्रको बुझाई छ ।अझ राम्रा काम गर्दै जान विश्वास सहित शुभकामना र शाखालाई आधिकारिक बधाई दिन चाहन्छु ।”

एनआरएनए आईसिसी र एनसिसीमा रहेर सामाजिक अभियानमा महिलाको नाताले आफुले गरेको कामको अनुभव सहित एनआरएन पूर्व बेल्जियम अध्यक्ष तथा निबर्तमान केन्द्रीय सचिब अतिथी जानकी गुरुङले मिठो कबिता सुनाउनु भएको थियो ।

अन्तराष्ट्रीय नेपाली साहित्य समाज नर्वेकी अध्यक्ष अतिथी बिष्णुमाया बिभुले साहित्यमा महिलाको र बर्तमान अवस्थामा युवाहरुमा साहित्यमा सहभागीता गराउन समाजको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिदै आफ्नो मिठो कबिता बाचन गर्नुभएको थियो ।

बाल्यकाल देखी साहित्यमा रुची राख्दै आफ्नो जन्म थलोको मनोहर दृस्यबाट प्रेरित भई मुक्तक कबिता कथा र गजल बिधामा छुटै पहिचान बनाउनु भएकी पत्रकार तथा साहित्यकार अतिथी इन्दिरा चाम्लिङको कबिताले मन्त्रमुग्ध बनाएको थियो ।

त्यसैगरि गितकार गजलकार साथै समाजसेवी अतिथी यशु थापाले आफ्नो मिठो गजल प्रस्तुत गर्दै समाजमा आफ्नो गिती एल्बम भब्य कार्यक्रम आयोजना गरेर शुभारम्भ गर्ने इच्छा हुँदाहुँदै पनि कोरोना कहरका बिच भर्चुअल बिमोचन गर्नुपरेको बताउनु भयो ।\

कार्यक्रमको अध्यक्षता एफएनजे युरोपका अध्यक्ष केजिन राईले गर्नुभएको थियो भने सन्चालन संचारकर्मीहरु सरला कट्टेल -नर्बे ,बाबा राजेस्वरी थापा – अष्ट्रीया र गोमा खरेल -ईटालीले गर्नुभएको थियो । कार्यक्रममा काबा महासचिव द्रोण रिजाल, सदस्यहरु राजकुमार थापा-पोर्चुगल , प्रेम परियार-नर्वे , प्रेमचन्द्र पोमु- जर्मनी ,दिनेश गौतम- साईप्रस  ,   रबिचन्द्र भट्टराई-अष्ट्रीयाको समेत सहभगिता थियो ।

कार्यक्रमको पूर्ण भिडिओ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*