एनआरएन बेल्जियमको साधारण सभा २९ नोभेम्बरमा हुने

ईयुनेपाल प्रतिनिधि 

काजाब्लान्का क्यासेल्लो ,नोभेम्बर १९ ।

गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद  बेल्जियमको बार्षिक साधारणसभा आगामी नोभेम्बर २९ तारिख हुने भएकोछ ।

संघका महासचिब तिर्थराज धमलाका अनुसार कोरोना पेंडामिकका कारण आगामी आईतबार वेबिनार जुम प्रबिधि   मार्फत साधारण सभा हुन लागेको हो ।

साधारणसभामा बेल्जियमभरीका  विभिन्न     संघसस्थालाई निमन्त्रणा गरिएको तथा गर्ने क्रममा   समेत रहेको  महासचिब धमलाले  बताउनुभयो।

संघका  अध्यक्ष चित्र सुबेदीले नया जिम्मेवारी लिएपछी    पहिलो बार्षिक साधारण सभा र बर्षभरीको कार्य प्रतिबेदन   र कोरोना महामारीको विषम परिस्थितिमा समग्र नेपाली समुदायको निम्ति एनआरएन  बेल्जियमले खेलेको भूमिका र आगामी दिनमा गरिने नया  योजनाका कारण  यो साधारणसभा  बिशेष हुने कुरा  ईयुनेपाललाई बताउनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*