उच्च मनोबलका साथ पत्रकारिता गर्न हौसला दिनेछ – अध्यक्ष आचार्य

उच्च मनोबलका साथ पत्रकारिता गर्न हौसला दिनेछ – अध्यक्ष आचार्य

  • इन्दिरा चाम्लिङ

ब्रसेल्स बेल्जियम ,अक्टोबर २८ ।

नेपाल पत्रकार महासंघ युरोप शाखाले ३१ औं श्रृङ्खलामा नेपालीहरुका साँस्कृतिक चाडपर्वहरु  बडादशैँ, शुभ-दीपावली,नेपाल सम्वत, छठपर्व,चासोक, साकेला, ल्होसार लगायतको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले”पत्रकार साथीहरु अहिले कोभिड-१९ को कारणले जागिरबाट निकालिएको,बेतलबी विदामा बस्नु परेको,पाउनु पर्ने नियमित तलब नपाएको जस्ता पेशागत असुरक्षा हुँदाहुदै पनि पत्रकार साथीहरु अग्रपंक्तिमा रहि काम गरिरहेका छन्। भन्नुभयो ।

संसारभरि छरिएर रहेका सबै नेपाली  पत्रकारहरुलाई उच्च मनोबलका साथ काम गर्न र सत्यतथ्य,तटस्थ, खबरदारी तथा जवाफदेहिता सहितको पत्रकारिताको लागि सदैब उत्साहका साथ् जुटी रहनको निम्ति  बडादशैँ,शुभदिपावली  लगायतका सबै चाड पर्वहरुले हौसला प्रदान गरोस्” भन्ने शुभकामना दिए।

कार्यक्रमका विशेष अतिथी प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले नेपालमा रहेका पत्रकारहरुका निम्ति चासो,चिन्ता र सहयोगका लागि पत्रकार महासंघको  युरोप शाखाले जुन सम्मानित काम गरिरहेको छ त्यसको निरन्तरताको कामना गर्दै युरोप शाखाको प्रसंसा गरे। स्वस्थ्य,स्वच्छ,स्वतन्त्र र मर्यादित पत्रकारिता मैत्री प्रेस काउन्सिल सफल बनाउने अभियानमा विश्व भरी छरीएर रहेका नेपाली पत्रकारहरुको   सहयोगको अपेक्षा गरेको बताए।

प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले अहिलेकोअबस्थामा सबैबन्दा अप्ठ्यारो अबस्थामा कोही छ भने त्यो पत्रकार छ भन्दै यो बिषम परिस्थितिमा  पनि जनतालाई सुसुचित गर्ने महान कार्यलाई सबैले सम्मान गर्नु पर्ने बताए। प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले युरोपमा कोभिडको दोस्रो चरण आएको भन्ने आशंका छ त्यसैले सबैले सुरक्षाका मापदण्डहरु पुरा गरी चाडपर्वहरु मनाउन आग्रह गरे ।

 

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगर, एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. बद्रि केसी,महासचिव डा. हेमराज शर्मा,आइसिसी सदस्य रामशरण सिम्खडा लगायतले शुभकामना दिए ।

एनआरएनए कोभिड-१९  मिडिया उच्च स्तरीय समितिका संयोजक चिरन शर्मा, महासंघ पोर्चुगल सह-संयोजक  एवं एनआरएनए केन्द्रीय मिडिया समिति सदस्य  राजकुमार थापा, पत्रकार महासंघ युके अध्यक्ष नरेश खपाङ्गी, महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतम, प्रेस युनियन युके अध्यक्ष विपीन निरौला , गैर आबासीय नेपाली संघ  अष्ट्रीया अध्यक्ष बिनोद चौलागाई लगायतले शुभकामना दिएका थिए।

शुभकामना आदानप्रदान कार्यक्रममा श्याम लुईटेल बेलायत ,दिपेन्द्र गजुरेल स्पेन , द्रोण रिजाल(नेदरल्याण्ड), प्रेम परियार(नर्वे), रबिचन्द्र भट्टराई (अष्ट्रिया), शेरबहादुर परियार(पोल्याण्ड), भगवान गिरी( पोर्चुगल), कलश खरेल(पोर्चुगल), शान्ति अधिकारी अर्याल(पोर्चुगल), सरला कट्टेल(नर्वे), बाबा राजेश्वरी थापा(अष्ट्रिया), युवराज  फुयाल(स्विजरल्याण्ड), दिनेश गौतम(साइप्रस), सन्देश श्रेष्ठ  लगायत विभिन्न देशका पत्रकारहरुको सहभागिता रहेको थियो।

शुभकामना आदान प्रदान कार्यक्रम नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईको स्वागत मन्तव्य  र सचिव महेशकुमार खातीको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्रोत -न्युज २४ नेपाल

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*