कोरोनाको कारण ६ मिलियन युरो राजस्व

कोरोनाको कारण ६ मिलियन युरो राजस्व –  बेल्जियममा हाल सम्मकै उच्च संक्रमित शंख्या

केजिन राई

अक्टोबर   0१ ब्रसेल्स  ,बेल्जियम  ।

बेल्जियममा गत २४ घन्टामा मात्रै २ हजार २८ जना कोरोना भाइरस (कोविड -१९)) बाट संक्रमित भएका छन ।

दिनहु ३० हजारको हाराहारीमा कोरोना परिक्षण गर्दा कोरोना संक्रमण सुरुभए यता सबैभन्दा बढी शुक्रबार सो संख्या पुगेको छ । गत हप्तादेखि  औसत दिनमा १ हजार संक्रमित बढीरहेको तथ्यांक रहेको थियो ।

यसरी ७४ प्रतिशतले संक्रमण बढेको बेल्जियम शुक्रबारबाटै यूरोपमा रेड जोन अर्थात खतराको क्षेत्रमा परेकोछ।

साइन्सानो ड्यासबोर्डका तथ्याक अनुसार, गत हप्तामा प्रतिदिन औसत ३१हजार १ सय जनामा  परीक्षणहरू गरिएको थियो। कोरोना महामारीको सुरु भएदेखि करीव २८ लाख बेल्जियम नागरिकहरूमा   परीक्षण भइसकेका छ।

 

एक करोड १६ लाख मात्र जनसंख्या भएको बेल्जियममा संक्रमित संख्या ९७ हजार ९ सय ७६ पुगेकोछ भने झन्डै १० हजार जनाको कोरोनाबाट निधन भैसकेकोछ।

शुक्रबार सम्म १८ हजार बिरामी कोरोनामुक्त भएका छन् भने  ७० हजार कोरोना बिरामीहरूको  उपचार भई रहेकोछ ।

यूरोपभर मै सातौ उच्च संक्रमित देश बेल्जियम- ईटाली, स्पेन र  फ्रान्स पछी निधन हुनेको संख्यामा बेलायत बाहेक चौथों स्थानमा रहेको छ भने जनसंख्याको अनुपातमा निधन हुने देशमा बेल्जियम अग्रपंतिमा रहेको छ ।

ब्रसेल्सका मेयरलाई कोरोना

कोरोना भाईरसको परिक्षण गर्दा शुक्रबार ब्रसेल्सको एव्रे नगरपालिकाका मेयर रिदौने चाहिदलाई कोरोना पुष्टी भएको छ ।

मलाई आज पोजेटिभ रिपोर्ट आएको छ यसर्थ मा १४ दिनको एकान्तबासमा जादैछु  फ्रान्कोफोन दैनिकलाई भने ।

मेयर रिदौनेले भने मेरो पोजेटिभ नतिजा आएको छ तर म बिरामी छु भन्ने लाग्दैन ।

कोरोनाको नियम उलंघनकर्ताबाट  ६ मिलियन युरो जरिवाना संकलन

हाल सम्म कोरोना भाईरसबाट बच्ने उपाया उलन्घन गर्ने नागरिकहरूबाट ६ मिलियन युरो रकम संकलन भएको छ  ।

भाषिक पहिचान सहितको संघीय मुलुक बेल्जियमका न्यायमन्त्री कुन जिन्सले सो कुरा आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन्  ।

हालसम्म ३० हजार व्यक्तिले कोरोना रोकथामको नियम पालना नगर्दा जरिवाना  तिरिसकेका छन भने ४१ हजार व्यक्तिको मुद्दा चलिरहेको छ भने १ हजार ८ सय २६ जनालाई जरिवानाको पत्र पठाईएको कुरा मंत्री कुनले बताएका छन्  । यसको अर्थ झन्डै ७३ हजार व्यक्तिलाई प्रहरीले कारबाहीको दायरामा ल्याएको छ  ।

मास्क प्रयोग नगरेको ,बिना काम घुमफिर गर्न सरकारी प्रतिबन्ध उल्लघन लगायत सरकारी अनुरोधलाई बेवास्ता गर्नेलाई २ सय ५० देखि ४ हजार युरो सम्म सरकारले जरिवाना तोकेको थियो  ।

अरु शहरहरू पनि रेड जोनमा

शुक्रबार अपरान्ह ४ बजेबाट लागु हुने गरि बेल्जियमले अनाबश्यक भ्रमण गर्न रोक लगाएको छ । युरोपका अन्य शहरहरू भियना –अस्ट्रिया, आम्स्टरडाम – रोट्राडाम – द हेग  नेदरल्याण्ड,हंगेरी को बुडापेष्ट  लगायत  रेड जोन घोषणा गरेको छ । यस अघि फ्रान्स ईटाली – स्पेनका विभिन्न शहरहरू रेड जोन मै रहिसकेको छ ।

ति शहर गएर फर्केकाहरू अनिबार्य कोरोना परिक्षण गर्नु पर्ने र क्वारेन्ताईनमा अनिबार्य बस्नु पर्ने नियम लागु भएको छ ।

तीन सय मिलियन डोज कोरोना खोप

युरोपेली आयोगले सम्भावित कोरोनाभाइरस खोपको लागि दोस्रो सम्झौतामा हस्ताक्षर गरेको छ।

शुक्रबार यूरोपेली आयोगका अध्यक्ष उर्शुला भोन देर लेयएन ३ सय मिलियन डोज खोप सनोफी Sanofi र जिएसके GSK फर्मास्युटिकल कम्पनीले उत्पादन गर्ने बताईंन।

आयोगकी अध्यक्ष उर्शुलाले प्रेस बक्तब्य मा भनेकी छिन यूरोपियन युनियनका कम  आयश्रोत भएका मुलुकहरूले आरक्षित अनुदान दिईने छ । यो सम्झौताले युरोपबासीको सुरक्षामा प्रतिबद्द रहेको बताईंन ।

तर केही समय अघि नै बेल्जियमले ७.५ मिलियन डोज खोप बेलायतको आश्त्राजेनेका कम्पनीबाट लिने सम्झौता गरिसकेको बताईंन । उक्त भ्याक्सिनाले ३८ लाख बेल्जियनलाई खोप उपलब्ध हुनेछ किन कि यो खोप १ जनालाई २ पटक दीइनेछ ।

बेल्जियमका स्वास्थ्यमंत्री म्याग्गी दे ब्लकले उक्त भ्याक्सिन २ यूरो ९० सेन्ट प्रति डोज उपलब्ध हुने र यो सन् २०२१ को अन्ततिर उपलब्ध हुने बताएकी छिन ।

स्रोत – अन्नपूर्ण

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*