राज्यको दस अरब घाटाबाट जोगाउने प्रयत्न थियो -पूर्वमन्त्री बास्कोटा

केजिन राई

ब्रसेल्स ,अक्टोबर १८ ।

पूर्व संचारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल सरकारको प्रवक्ता भएको बेला लागेको आरोपलाई खण्डन गर्दै नेपाल सरकार र जनताको एकसुको  पनि गडबडी नगरेको र प्रमाणित भए जस्तो सुकै सजायँ भोग्न पनि तयार रहेको बताएकाछन् ।

सामाजिक संजालबाट ७० करोडको उपनाम पाएका नेपालका पूर्व संचारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता एबम नेकपा नेता गोकुल बास्कोटाले नेपाल पत्रकार महासंघ यूरोप शाखाले गरेको अन्तरक्रिया कार्यक्रमको ३० औँ शृंखलामा हिजो सो  कुरा बताएका हुन् ।

यूरोपको बसाईको क्रममा रहेका नेपालका पत्रकार दिल निशानी मगरले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा

प्रश्न सोधेपछि कार्यक्रम एकदमै रोचक र घोचक बन्न पुगेको थियो । पत्रकार मगरको जवाफ फर्काउदै सरकारका पूर्व प्रवक्ताले देश र जनताको एक सुको पनि   गडबडी नगरेको दावी गरेकाछन् । यदि मैले त्यसो गरेको भए म कुनैपनि बेला सजायँ भोग्न तयार छु  । समग्रमा राज्यको दस अरब घाटाबाट जोगाउने प्रयत्न थियो।

यतिखेर मुद्दा चलिरहेको र अनुसन्धान गर्नकै लागि सजिलो होस् भनेर पदबाट पछि हटेको पूर्व मन्त्री तथा प्रवक्ताले पत्रकारहरुको सामुन्ने बताएकाछन् ।

पूर्वमन्त्री गोकुल बास्कोटालाई आरोप लागेको धेरै समय भैसकेको छ । अझैसम्म पुष्टि हुनभने सकेको छैन । अदालतमा यतिखेर दोहोरो मुद्दा चलिरहेको छ ।

पूर्व मन्त्री बास्कोटाले विजय मिश्र विरुद्ध पनि मुद्दा दायर गरिसकेकाछन् । विजय मिश्रले पूर्व मन्त्री बास्कोटासंग गरेको संवाद लामो समयसम्म बार्गेनिङ्ग गरेपछि सार्वजनिक गरेको बुझिन्छ । यदी विजय मिश्रले दिएको अडियोलाई ईडिट गरिएको प्रमाणित भयो भने उनैपनि अप्ठ्यारोमा पर्न सक्छन् ।

यूरोप लगायत अन्य क्षेत्रका पत्रकारहरु उपस्थित रहेको फेसबुक लाईभ कार्यक्रमा संसारभरमा ७० करोडको विषयमा थुप्रै प्रश्नहरु आएका थिए । पत्रकारहरुले उनलाई विभिन्न विषयमा प्रश्नहरु गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई र सदस्य राज कुमार थापाले संचालन गरेका थिए भने पत्रकार महासघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङी र कोरिया शाखाका अध्यक्ष रन्जन राज कुंवर, दुबईबाट मेघराज सापकोटा ,पोर्चुगलबाट राज कुमार थापा. अष्ट्रीयाबाट रविचन्द्र भट्टराई , पोल्याण्डबाट शेर बहादुर परियार , नेदरल्याण्डबाट द्रोण रिजाल . नर्वेबाट प्रेम परियार , र युरोपबाट दिल निशानी मगरले पूर्व मंत्री बास्कोटालाई   बिबिध प्रश्न गरेका थिए  ।

स्रोत- न्युज २४ नेपाल

यूरोपभरका पत्रकारहरूसंग  पूर्बमंत्री  गोकुल बाँस्कोटा -भिडियो 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*