परराष्ट्रमन्त्री डा.महतको युरोपियन कमिशन उपप्रमुख संग भेंटवार्ता सम्पन्न

केजिन राई / बिरमान मगर                        
ब्रसेल्स बेल्जियम ,फेब्रुवरी १५ ।


नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले ब्रसेल्स स्थित ईएएस भवनमा युरोपियन कमिशनका सुरक्षा,नीति र बिदेश मामिला सम्बन्धी उच्च प्रतिनिधि एबं युरोपियन कमिशनका उपप्रमुख फेडेरिका मोघेरिनी संग भेंटवार्ता गरेका छन।  
    ईटालीका पूर्ब बिदेशमन्त्री समेत रहेकी फेडेरिका संग अपरान्ह २:३० बजे युरोपियन एक्सटरनल एक्सन सर्भिस ९ ए रोनड पईन्ट सुमेनमा नेपालको राजनैतिक -आर्थिक ,सामाजिक लगायत बिभिन्न बर्तमान अबस्थाबारे छलफल भएको थियो ।
     परराष्ट्रमन्त्री डा.महतको नेत्रृत्वमा गएको सो प्रतिनिधिमण्डलमा बेल्जियम र बेनेलक्सका राजदुत लोक बहादुर थापा ,मिनिष्टर काऊन्सिलर घऩश्याम भण्डारी परराष्ट्र मन्त्रालय युरोप अमेरिका महाशाखा प्रमुख भरत कुमार रेग्मी र प्रोटोकल महाशाखाका उप निर्देशक, सहसचिब तेज बहादुर क्षेत्री सहभागी थिए ।
  आजै साँझ १७:०० बजे युरोपियन कमिशनका प्रेशिडेन्ट जिन क्लाऊड जुंकर संग सो प्रतिनिधि मण्डलले भेटने कार्यक्रम रहेको छ ।

तस्बिरहरू: केजिन राई / बिरमान मगर
Video links YouTube : https://youtu.be/cleRsSoWI1A

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*