ब्रसेल्समा यशु थापाको ‘बदनाम’

ब्रसेल्समा यशु थापाको ‘बदनाम’ सार्वजनिक

  • इन्दिरा चाम्लिङ

काजाब्लान्का क्यासेल्लो, नोभेम्बर १२ ।

प्रबासमा बसेर पनि नेपाली भाषा – साहित्य र संस्कृतिको श्रीबृद्दीको निम्ति अहोरात्र खटिरहेकी नारी हस्ताक्षर यशु थापाको दोस्रो गीति एल्बम सार्वजनिक भएको छ ।

बेनेलक्स र यूरोपियन यूनियनका लागि महामहिम राजदूत लोक बहादुर थापाको हातबाट ब्रसेल्स स्थित नेपाली राजदुतावासमा हिजो बिमोचन गरिएको हो । कोरोना माहामारीको कठीन समयमा पनि सामाजिक दूरी कायम गर्दै निकै सावधानीपूर्वक कार्यक्रम सम्पन्न भएको थियो ।

 

बेल्जियमलाई कर्मथलो बनाई नेपाली भाषा साहित्यमा कलम चलाइरहनु भएका अग्रज साहित्यकार बिमल गिरीले कोरोना कहरले गर्दा आफू उपस्थित हुन नसकेपनि लामो प्रतिक्रिया सहित बधाई र शुभकामना दिनुभएको छ ।

समाजसेबी यशुको मन कमलो छ । कमलो मनबाट प्रस्फुटित शब्दहरूले स्रोताको मन मुटु छुने पक्का छ । मृदुभासी यसुको मन जति सफा र शान्त छ उति सफा र शानदार छन् उनले लेखेका गीतहरू । कसैलाई सहयोग गर्न कहिल्यै कन्जुस्याई नगर्ने यसुले दिलोज्यान दिएर दु:खी पीडितको घाउँमा मलम पट्टी लगाउन लागिपर्छिन् ।

अझैपनि समाजमा नारी हस्ताक्षरलाई सहज रूपमा स्वीकार नगरेको बर्तमानलाई चिर्दै नाम एल्बम पस्कीएकी हुन । युरोपियन युनियन र बेनेलक्सका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा अतिथिहरू एनआरएन केन्द्रीय सहकोषाध्यक्ष लोक दाहाल .आर.एन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिव तिर्थ धमला ,गीतकार अर्जुन रत्न भिखारी तथा मोडल बर्षा खड्काको आतिथ्यतामा विमोचन सम्पन्न भएको थियो ।

यूरोपमा दुई दशक यता तिज विशेष गीतहरुमा पनि कलम चलाउने थापाका गीत, गजलहरु राजेश पायल राई, अन्जु पन्त, आनन्द कार्की, लगायत थुप्रै चर्चित गायक गायिकाहरुले गाइसक्नु भएको छ । उहाँकोपहिलो एल्बम “गीतान्जली” २०७३ सालमा सार्वजनिक भएको थियो । विमोचित गजलमा संगीत तथा स्वर राज सागरको छ भने अभिनयमा आयुश रिजाल तथा बर्षा खड्का हुनुहुन्छ ।

श्रोत- न्युज२४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*