यूरोपमा पनि मनाइयो लक्ष्मीपूजा र कुकुर तिहार

  • इन्दिरा चाम्लिङ

ब्रसेल्स, नोभेम्बर १७।

नेपालीहरूको फूल र रंगहरूको रमाइलो चाँड तिहार निकै नजिक अर्थात ढोकैमा आइसकेको छ र रंगीचंगी सजावट सहित नेपालीहरू तिहार मनाईरहेका छन् आफ्नो देश छोडेर जहाँ गएपनि आफ्नो भाषा, संस्कृति चाँड, पर्व आफूसँगै लिएर गएका हुन्छन् प्रबासी नेपालीहरू ।

यूरोपमा बस्ने प्रवासी नेपालीहरूको हकमा पनि यो कुरा लागू भएको छ । नेपालीहरूको प्रमुख चाँड दशैं, तिहार, छठ, साकेला , म्हपुजा, लोसार, माघेसंक्रान्ती, उधौली, उभौली यूरोपमा पनि विभिन्न समुदायका नेपालीहरूले भव्य रूपमा हर्षोल्लासका साथ मनाउने गरिएको छ । हो यही संदर्भमा यूरोपमा रहेका नेपालीहरूले तिहारको उत्सब लक्ष्मी पूजा र कुकुर तिहार रौनकता बीच सम्पन्न गरेका छन् । 

यूरोपमा जन्मिएका नया पुस्ताका नेपालीहरूमा पनि सस्कृति मोह उत्तिकै गहिरो रहेको छ जति नेपालमा जन्मेका र हुर्केका नेपालीहरूमा छ। बेल्जियमको ओस्टंडे निबासी स्मिता राई नया पुस्ताकी युवती हुन् उनले पनि सस्कृति मोहलाई जिबन्त राख्दै शनिबार साँझ लक्ष्मीपूजा गरेकी छिन । उनले बर्षमा १ पटक दाजुभाई अर्थात माईति पुज्न पाउदा सारै हर्षविभोर हुने बताईंन ।

त्यसैगरी क्यासेल्लो निबासी यान्ग्जी लामा र आंग दोर्जी सोनाम शेर्पाले पनि आफ्नो छोरी ल्हमुको साथमा आफ्नो कुकुरहरू निको र टेडीलाई सयपत्रीको माला लगाई सेलरोटी र मासुका परिकार बनाई खुलाएर पुजा गरेका छन् ।

कोरोना कहरमा पनि यहाँका नेपालीहरूले परिवारजनसँग आ-आफ्नो घरैमा बसी दशैँ मनाए भने तिहारमा पनि यसैगरी लक्ष्मी पूजा गरिएको र भाई टिका पनि मनाउने योजनामा रहेको कुरा लुभेन क्यासेल्लो निबासी मैया नेपालले बताईंन। उनी नेपालमा झापा माईति भएकी बेल्जियमकी स्थायी बासिन्दा हुन् ।

भाइतिहार नजिक आएसँगै यूरोपको राजधानी बेल्जियममा नेपाली ढाका टोपी र मखमली फूलको मालाको व्यापार ह्वात्तै बढेको छ । नेपालबाट सिंधै ढुवानी गर्न कठीन भएकाले बेलायतबाट नेपाली सामग्रीहरू बेल्जियम ल्याउने गरिएको बताउँछन् ब्रसेल्समार्ग लुभेनमा रहेको नेपाली व्यापारी श्रीप्रशाद सापकोटा र बुध्द गुरुङ । गुरुङ र सापकोटा कोरोना पेन्डामिक र लक डाउन अबधीभर पनि नेपाली समुदायको सेवामा आहोरात्र खटिएका नेपाली ब्यबशायी हुन् ।

नेपालमा झै नेपाली ढाका टोपी र मखमली फूलको माला लगाई दिएर माईतीहरूलाई पुज्न पाएकोमा आफू नेपालमै रहेको भान हुने कुरा तिहारको सामान गरिद गरिरहेका दिदी बहिनीहरू माया नेपाल , सबिता मगर र मोना गुरुङले बताए ।

नया पुस्ताका एरिक नेपाल आफ्नी आमा मैया नेपालसंग पुजा गर्दै  – क्यासेल्लो ,बेल्जियम ।

अर्ध लकडाउनमा रहेको बेल्जियमको सीमा क्षेत्र खुला रहेको छ । खाद्यान्न पसल र निर्माणका कामहरू , उद्दोग धन्दा र होटल विशेष नियम पालना सहित खुला रहेका छन भने स्कूल, कलेज, बार, क्याफे, रेस्टुरेन्टहरू पूर्ण रूपमा बन्द छन् तर टेकअवे रेस्टुराँ भने खुला रहेको छ ।

 

ल्हमु शेर्पाको  निको र टेडीलाई पूजा पछी  – क्यासेल्लो बेल्जियम

 

यही सन्दर्भमा नेपाली समुदायलाई सन्देश दिदै बेनेलक्स र यूरोपियन युनियनका कार्यबाहक राजदुत सुधिर भट्टराईले संपूर्ण नेपालीहरूले आफ्नो घरैमा परिवारसँग बसेर रमाइलो गरी भाइतिहार मनाऔं । साथीभाइहरू जमघट भएर जुवा तास नखेलौं । कोरोना संक्रमण हुनबाट बाँच्नको निम्ति सावधानी अपनाऔं भन्नुभयो ।

श्रोत – न्युज २४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*