बागलुङ समाजद्वारा आर्थिक सहयोग

बागलुङ समाज बेल्जियमद्वारा

आगोबाट जलेका कृष्ण बिकलाई  ठुलो आर्थिक सहयोग

ईयुनेपाल

क्यासेल्लो  बेल्जियम ,जुलाई ८  ।

मानिसको जिबनमा  आउने समस्याले प्राय उपचारको लागि आर्थिक अभावको कारण ज्यान समेत जाने गरेको हाम्रो समाजको तितो यथार्थता जिबन्त  छ । यसै सन्दर्भमा  परोपकारी दानबिरको नामले बेल्जियममा  परिचित  माओ शर्मा अर्थात   बाग्लुंग समाजका अध्यक्ष गङ्गा शर्माको सयोजनमा आर्थिक सहयोग गरिएको  छ ।

गरिबीको कारण र आर्थिक अभावले ज्यान जोगाउनुको निमित्त भनेर स्वदेश तथा बिदेशमा विभिन्न संघ संस्था खुलेर अभियान समेत चलाउने गर्दा छन् तर अहिले समाजसेवी बागलुङ समाजका अध्यक्ष गंगा शर्मा,यसु थापाको  पहलमा बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नं. ५ ढोरपाटन निवासी ज्ञान बहादुर बिकको छोरा कृष्ण बहादुर बिक केही समय अघि  आगोले पोलेका  कारण उनको शरीर ८०% प्रतिशत भन्दाबढी जलेर सिकिस्त  भएसंगै आर्थिक अभाव झेलिरहेकालाई अहिले सहयोग रकम संकलन गरेका छन् ।

पिडित  कृष्ण बिकको उपचारको लागी     बागलुङ समाजका अध्यक्ष गंगा शर्माको सक्रियतामा भारतीय रुपैया   १ लाख ७ हजार ५ सय ४९ अर्थात झण्डै १ लाख ७० हजार भन्दा बढी नेपाली रकम पीडितलाई सहयोग पठाएको  छ।  सहयोग  रकम अझै संकलन भैरहेकोले  पीडितलाई पुन हस्तान्तरण केही दिनमा गर्ने बताईएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*