प्रवासी नेपाली एकता मञ्च बेल्जियमद्वारा सहयोग 

प्रवासी नेपाली एकता मञ्च बेल्जियमद्वारा सहयोग

रमेश कडेल 

ब्रसेल्स बेल्जियम ,   जुन २८।

बेल्जियम स्थित  नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्च ले कोभिड-१९ विरुद्ध लड्न नेपाल सरकारको कोभिड १९ सहयोग खातामा २ लाख ३० हजार रुपैयाँ सहयोग पठाएको  छ।

नेपाल कम्युनिष्ट पार्टी समर्थित  प्रवासी नेपाली एकता मञ्च बेल्जियमले  मंचका  सदस्यहरुबाट सहयोग उठाएर सो  रकम नेकपाका नेता    युबराज चौंलागाई मार्फत नेपाल सरकारको राहत कोषमा  पठाएको हो।

नेकपा एमाले र नेकपा माओवादी नेपाल  एकिकृत भएपछि दुबैदलको प्रवासी संगठनहरु एकिकृत भएर यो प्रवासी नेपाली एकता मञ्च बेल्जियम  बनेको हो। सो  संगठनमा हाल ६१ जनाको  बेल्जियम जिल्ला  समिती रहेका  छन भने  मंचको नेतृत्व  जित लामा अध्यक्ष  र सचिबमा बोधराज पौडेल रहेका छन । सहयोग संकलन  मंचका आर्थिक विभाग प्रमुख भीम सुबेदीको संयोजकत्वमा सहयोग रकम उठाईएको बताईएकोछ ।

बेल्जियममा सक्रिय नेपालीहरूको सो साझा  मंचले केही समय अगाडी नेपाली भू-भाग अतिक्रमण गरेको , सिमा मिचेको बिषयलाई भारतीय दुताबास ब्रसेल्समा बिरोध पत्र सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सयुक्त राष्ट्र संघको महासन्धी र अभीसंधीको पालना गर्न कडा चेतावनी दिदै छिमेकीको ब्यबहार गर्न स्मरण गराएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*