स्विटजरल्याण्डस्थित भारतीय दुताबासमा बिरोध

स्विटजरल्याण्डका नेपालीले भारतीय दुताबासमा ज्ञापन पत्र बुझाए
युबराज फुयाल 
जेनेभा स्विटजरल्याण्ड , मे २८ ।
गैर आबासिय नेपालि संघ  , प्रबासी नेपाली एकता मंच  र जनसम्पर्क समिति स्विटजरल्याण्डले संयुक्त रुपमा भारतीय दुताबास स्विटजरल्याण्ड मा ज्ञापन पत्र बुझाएका छन्।
भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई  सम्बोधन गरिएको ज्ञापन पत्रमा लिपुलेक हुदै कैलास मानसरोबरको बाटोमा नेपाली भूभाग प्रयोग भएको भन्दै बिरोध गरिएको छ।
 कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली  भूभाग भएको र सुगौली सन्धि लगाएत का दस्ताबेज ले उक्त भूभाग नेपाल को भएको प्रमाणित गर्ने भन्दै अतिक्रमित भुमि फिर्ताको माग गरिएको छ।
प्रबासी नेपालि एकता मंच स्विटजरल्याण्डका अध्यक्ष अच्युतप्रसाद फुयालका अनुसार   भारतीय दुताबासमा ज्ञापन पत्र दिने पहल भएको थियो। स्विटजरल्याण्डको राजधानी बर्न स्थित भारतीय दुताबास अगाडी बिरोध प्रदर्सन सहित ज्ञापन पत्र बुझाउनको लागि स्थानिय प्रहरी प्रशासन संग स्वीकृतिको लागि अनुरोध गरेपनि स्थानिय प्रशासनले कोरोनाको कारण देखाउदै बिरोध प्रदर्सनको लागि अनुमति प्रदान नगरेपछि उक्त ज्ञापन पत्र हुलाक मार्फत बर्न स्थित भारतीय दुताबासमा पठाईएको हो।
सयुक्त ज्ञापनपत्रको पूर्ण पाठ तल –

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*