एघार देशका पत्रकारहरूसंग एनआरएनए अध्यक्ष कुमार पन्तले गरे संघको चिरफार 

 बिभिन्न एघार देशका पत्रकारहरूसंग एनआरएनए अध्यक्ष कुमार पन्तले गरे गैरआवासीय नेपाली संघको चिरफार 

स्वदेश फर्कने नेपालीका लागि प्रबन्ध गर्दैछौं, भारतीय सीमामा तारबार लगाउन सहयाेग गर्छाैं : एनआरएनए अध्यक्ष


 

  • द्रोण रिजाल/दिनेश गौतम/राजकुमार थापा

ब्रसेल्स युरोप, मे १४

नेपाल पत्रकार महासंघ युरोप शाखाले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा एक अन्तरक्रिया कार्यक्रम (अनलाइन जुम एप मार्फत) सम्पन्न गरेको छ ।

कोरोना भाइरसले विश्वभरमा रहेका नेपाली विद्यार्थी एवं श्रमिकहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काउन आफुहरु लागिपरेको अध्यक्ष पन्तले बताएका छन् । उनले कतिपय देशहरुमा केही नेपालीहरु गैरकानुनी रुपमा बसोबास गरिरहेको र उहाहरुलाई सम्बन्धित देशको सरकारले यथासिघ्र देश छोड्न आदेश दिएकोले आफुहरु नेपाल सरकारसगं समन्वय गरेर स्वदेश फर्काउने बाताबरण मिलाई रहेको जानकारी दिए ।

बुधवार नेपाल पत्रकार महासघं युरोप शाखाको अनलाईन छलफल कार्यक्रममा अध्यक्ष पन्तले नेपालीहरुको समास्यालाई समाधान गर्नका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताउदै विदेशमा रहेका सारा नेपालीहरुको साथमा एनआरएनए रहेको बताए ।

एउटा फरक प्रसंगमा अध्यक्ष पन्तले गैरआवासीय नेपाली संघ माल्टाका केही पदाधिकारी मानव तस्कारीमा समावेश भएको समाचार आएको र उनीहरु समावेश भएको प्रमाण फेला परे आफुहरु तत्काल बर्खास्त गर्न तयार रहेको बताए ।

सघंले नेपालमा केही ठुला परियोजनाहरुमा काम गरिरहेको बताउदै कोरोनाले गर्दा केही असर परे पनि ती कामले छिट्टै निरन्तरता पाउने पनि उनले विश्वास व्यक्त गरे ।

एनआरएनए युरोप  संयोजक नारायण आचार्यले युरोपभित्र रहेका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु निरन्तर लागि परेको बताए । आर्चायले एनआरएनए पोल्याण्ड, अष्ट्रियामा केही विवाद रहे पनि छिट्टै समाधान गरिने विश्वास दिलाए ।

‘पत्रकारमाथि दुर्व्यवहार हुँदैन’

साे क्रममा सञ्चारकर्मीहरुका प्रश्नको जवाफ दिँदै अध्यक्ष पन्तले कुनै पनि एनसीसीले गलत कार्य गरेको खन्डमा लिखित जानकारी गराए केन्द्रले आवश्यक अनुसन्धान गरेर कार्वाहीको प्रकृया अगाडि बढाउने र प्रमाणित भए निलम्बन समेत गरिने बताए । एनआरएनए (एनसीसी) का जिम्मेवार व्यक्तिहरुबाट विभिन्न देशमा पत्रकारहरुमाथि दुर्व्यवहार हुने गरेको पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै पन्तले पत्रकार र एनआरएनएबीच नङ र मासुको सम्बन्ध रहेको बताए ।

युरोप लगायत विभिन्न क्षेत्रमा मानव तस्करी भइरहेको र नेपालीहरु अलपत्र पारेको जिज्ञासामा गम्भीर हुँदै तस्करी गर्ने कसैलाई नछोड्ने बताउँदै उनले युरोप संयोजकको सयोजकत्वमा ५ सदस्यिय छानबिन समिति गठन भैसकेको समेत जानकारी गराए ।

युरोप संयोजक नारायण आचार्यले आपतकालिन राहत कोषमा लगभग २८ हजार युरो संकलन भैसकेको जानकारी दिँदै ५० हजार युरोको लक्ष पूरा गरिने प्रतिबद्धता व्यक्त गरे । संकलित रकम युरोपभित्रकै लक्षितवर्गलाई सहयोग गर्ने योजना रहेको उनले बताए । युरोपमा रहेका एनसीसीहरुको आईसीसीसँगको समन्वय, कोष संकलन र वितरणको विषयमा सह-संयोजकहरु कृष्ण तिमेल्सिना, मुक्त गुरुङ र शुक्रराज न्यौपाने ले आ-आफ्नो धारणा राखेका थिए ।

‘भारतीय सीमामा तारबार लगाउनुपर्छ’

एनआरएनए अध्यक्ष पन्तले भारत र नेपालबीचको खुला सीमामा तारबार लगाएर भए पनि देशकोे सीमा रक्षा गर्नु पर्ने बताएका छन् । पन्तले भने ‘हामीले भारतीय दादागिरीका विरुद्धमा वक्तव्य मार्फत संस्थाको पोजिसन स्पष्ट पारेका छौं । म व्यक्तिगत रुपमा नेपाल र भारतबीचको सीमा क्षेत्रमा तारबार लगाएर भए पनि सिमा रक्षा गर्नु पर्छ भन्ने मान्यता राख्छु’ ।

उनले भारतीय हेपाहा प्रवृत्तिविरुद्ध सबै नेपालीहरु जस्तै गैरआवासीय नेपाली संघ पनि एक भएर लड्न तयार भएको बताए । पन्तले भारतविरुद्ध नेपाल सरकारसँग मिलेर संघले काम गर्ने प्रतिबद्धता जाहेर गर्दै सरकारले चाहेमा संघ भारतीय सीमामा तारबार लगाउन आर्थिक संकलन गर्न समेत तयार रहेको बताए ।

यसअघि एनआरएनएले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरिसकेकाे छ । संघका तर्फबाट अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा र अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेकाेमा भारतीय यी असंवेदनशील गतिविधीको भत्सर्ना गरेका हुन् ।

भारतले नेपाली भूभागमा सडक मार्ग निर्माण गरेकोप्रति विरोध गर्न संघका सबै राष्ट्रिय समितिहरु परिचालित हुने भएका छन् । संघका महासचिव डा. हेम राज शर्माले सोमवार नै सबै राष्ट्रिय समितिलाई पत्राचार गर्दै आआफ्ना देशमा भएका भारतीय दुतावासमा गएर भारतले एकतर्फी रुपमा नेपाली भू-भाग अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेपको निन्दा गर्दै विरोधपत्र बुझाउन आग्रह गरेका थिए ।

बिभिन्न एघार देशका पत्रकारहरूसंग एनआरएनए अध्यक्ष कुमार पन्त

यूरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षता र कार्यकारिणी सदस्य राजकुमार थापाले  सन्चालन गरेको बहस कार्यक्रममा एनआरएनए युरोप संयोजक नारायण आचार्य नेदरल्याण्ड , युरोप उप-संयोजकहरु क्रमशः कृष्ण तिमेल्सिना  (बेलायत), मुक्त गुरुङ (स्पेन), शुक्रराज न्यौपाने (आयरल्याण्ड) को आतिथ्यता रहेको थियो ।

अन्तरक्रियामा पत्रकार महासंघ युरोप शाखाका  सल्लाहकार पुष्प बरुवाल- नेदरल्याण्ड , उपाध्यक्ष राजकुमार दिक्पाल -पोर्चुगल  सचिवत्रय   महेशकुमार खाती-डेनमार्क ,   द्रोण रिजाल – नेदरल्याण्ड ,   वाईबी गुरुङ – स्वीडेन, सदस्यहरु राजकुमार थापा-पोर्चुगल  , रविचन्द्र भट्टराई  – अष्ट्रिया , शेरबहादुर परियार – पोल्याण्ड, , सरला कट्टेल, प्रेम परियार -नर्वे , गोमा खरेल – ईटाली , दिनेश गौतम – साईप्रस , अतिथी पत्रकार महासंघ कोरिया अध्यक्ष रंजनराज कुबर  लगायत युरोपका विभिन्न देशका पत्रकारहरुको सहभागिता थियो ।

⇒ बहसको फेसबुक लाईभ लिंकहरू निम्न छन्

https://www.facebook.com/108039144222901/videos/3253844834633743

https://www.facebook.com/108039144222901/videos/558923055035679

https://www.facebook.com/FNJ-Europe-108039144222901

श्रोत – https://www.news24nepal.tv/2020/05/14/657573#.Xr6YI0j_EGI.link

 

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*