परराष्ट्रमन्त्री डा.महतद्वारा बेल्जियमका समकक्षीसँग ब्रसेल्समा भेटवार्ता

केजिन राई

ब्रसेल्स बेल्जियम,फेब्रुअरी १३।

 

नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेल्जियमका समकक्षी डीडीयर रेयण्डरससँग आज ब्रसेल्समा भेटबार्ता गरेका छन्।

परराष्ट्रमन्त्री डा.महतले बेल्जियमका  आफ्ना समकक्षी उपप्रधान तथा परराष्ट्रमन्त्री  रेयण्डरससँगको बार्तामा द्विपक्षीय हितका बिषयमा छलफल गरेका छन्।

बेल्जियम स्थित नेपाली दूताबासले जनाएअनुसार  चार दिने भम्रणका क्रममा ब्रसेल्स आएका मन्त्री महतले भूकम्प पछि पुनर्निमाणको चरणमा रहेको नेपाललाई उचित सहयोग र समर्थनका लागि बेल्जियम सरकारलाई अनुरोध गरेका छन्।

दूताबासद्वारा जारी बिज्ञप्तिमा भनिएको छ,”दुई देशका मन्त्रालयहरु बीच द्विपक्षीय एक परामर्श संयन्त्रको स्थापना गर्ने सहमती भएको छ। साथै दुई मुलुकबीचको सम्बन्ध,ब्यापार,बिकास सहयोग,लगानी र पर्यटन क्षेत्रको विषयमा बृहत छलफल भएको छ।”आपसी सहयोगलाई बढाएर द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउँन समकक्षीहरु दृढ रहेका छन्। मन्त्री डा.महतले बिनाशकारी भूकम्पका बेला राहत र उद्दार कार्यमा बेल्जियमले खेलेको भूमिका प्रति कृतज्ञता ब्यक्त गरेका छन्। नेपालको पछिल्लो राजनीतिक अबस्थाको बारेमा पनि आफ्ना समकक्षीलाई जानकारी गराएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।unnamed-3

अन्तर्राष्ट्रिय उच्चस्तरीय मध्यस्थता सम्मेलनमा बेल्जियमले निमन्त्रणा गरेकोमा धन्यबाद दिदै मन्त्री डा. महतले समकक्षी रेयण्डरलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्। भेटबार्ताका क्रममा नेपाली भ्रमण टोलीसँगै बेल्जियम स्थित नेपाली दूताबासका राजदूत लोक बहादुर थापा पनि सहभागी थिए। भ्रमणअबधीमा डा. महतले युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्ग सरकारका उच्चपदस्थ अधिकारीहरुसँग वार्ता गर्दैछन्।भ्रमणको दोस्रो दिन मंगलबार अन्तर्राष्ट्रिय उच्चस्तरीय मध्यस्थता सम्मेलनमा पराष्ट्रमन्त्री डा.महतले नेपालको शान्ति प्रक्रियाको अवस्थाबारे सम्बोधन गर्दैछन्।

परराष्ट्रमन्त्री डा.  महतले युरोपियन युनियन र भारतले गत वर्ष नेपालको संविधानको विषयमा जारी गरेको संयुक्त वक्तव्यबारे नेपालले औपचारिक रुपमा नै प्रश्न गर्ने मौका पाएको छ।यो बारे युरोपियन युनियनसँग प्रश्न गर्ने यस अघि बताईसकेका छन्। गत वर्ष ब्रसेल्समा सम्पन्न भारत–ईयू सम्मलेनपछि “नेपालको संविधानलाई अपूर्ण भन्दै समयसीमाभित्र रही संविधानका विवादित विषय मिलाउनुपर्ने” भन्दै संयुक्त वक्तव्य जारी भएको थियो।unnamed-2

परराष्ट्रमन्त्रीले  क-कसलाई भेट्दैछन् ?

परराष्ट्रमन्त्री डा. महतले  उच्चस्तरीय भेटवार्ता समेत गर्दैछन्। डा. महतले युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्ग सरकारका उच्चपदस्थ  अधिकारीहरुसँग छुट्टाछुट्टै भेट वार्ता गर्नेछन्।

डा. महतले युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउद जुन्कर र उपाध्यक्ष फेदेरिका मोगहेरेनीसँग भेट्ने कार्यक्रम तय भएको छ। यस्तै उनले लक्जम्बर्गका प्रधानमन्त्री जेभियर बेटेल र विकास सहयोग तथा मानवीय मामिला मन्त्री रोमन स्कनेइदिरलाई पनि भेट्नेछन्।

फेब्रअरी १३  देखि १६ तारिखसम्म, चार दिन लगाएर डा. महतले उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता र छलफल गर्ने ब्रसेल्सस्थित नेपाली दूताबासले जनाएको छ।

सोमबार साझ नै गैर आबासीय नेपाली संघ बेल्जियमले ओन्ज हाउस लुभेनमा आयोजना गरेको अन्तर्कृया कार्यक्रममा परराष्ट्रमन्त्री डा.  महत सहभागी भएका छन । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका केन्द्रीय सल्लाहकार दिल गुरुङ ,केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ ,यूरोप क्षेत्र सहसयोजक प्रेम गुरुङ ,परिषद सदस्य जानकी गुरुङ लगायतको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा जपप्रगतिशील मंच स्पेनका उपाध्यक्ष रमेश पौडेलले स्पेनमा नेपाली दुताबास स्थापनाबारे जिज्ञासा राखेका थिए । कार्यक्रम गैर आबासीय नेपाली संघ बेल्जियम अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा भएको थियो ।

 

 

तस्बिर : नेपाली दुताबास ब्रसेल्स ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*