पोर्चुगलमा नेपालीबारे पुस्तक प्रकाशित हुने

ईयुनेपाल समाचारदाता

लिस्बोन पोर्चुगल, फेब्रुअरी ९ ।

 

पोर्चुगलमा रहेका आप्रबासीहरुको बिषयमा अनुसन्धानात्मक कलम चलाऊदै आएका कोयम्ब्रा युनिभर्सिटीअर्थशास्त्र बिभागका प्रोफेसर डा. पेद्रो गोइसले पोर्चुगलमा रहेका नेपाली आप्रबासीहरुको बिषयमा अनुसन्धान सहितको पुस्तक प्रकाशन गर्ने भएका छन।

Image may contain: 3 people, people sitting and indoorपोर्चुगलमा नेपाली आप्रबासीहरुको बिषयमा लेखिने संभबत युरोपको पहिलो पुस्तकका विद्वान लेखकसंग उनको लेखनका बिबिध पहलहरु, पुस्तकमा छुटाउनै नहुने बिषयबस्तुहरु, पोर्चुगलमा नेपालीहरुको बर्तमान अवस्था एबम समस्याहरुको बिषयमा ब्यापक र गहन छलफल भएको छ्।

थप केही महिनाको अनुसन्धान पश्चात १ बर्ष भित्र प्रकाशित हुने उक्त पुस्तकले नेपाली समुदायलाई पोर्चुगलमा स्थापित गर्न थप टेवा पुर्याउने विश्वाश लिएको छ।

सो पोर्चुगिस भाषामा लेखिने पुस्तकको अङ्रेजी र नेपाली भाषामा अनुवाद गर्ने जिम्मेवारीको निम्ती पोर्चुगल स्थित अबैतनिक बाणिज्यदूत मकर हमाल,लेखक प्रोफेसर डा. पेद्रो गोइससंग छलफल चलिरहेको बुझिएको छ ।

पोर्चुगलमा  आप्रबासी नेपालीहरुको   निम्ती  चिनारी, रहन- सहन सभ्यता आदिबारे महत्वपूर्ण कोशेढुङा साबित हुने  कुरा गैर आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम के.सी बताउछन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*