कति कोरोनाको कुरा गर्ने ?

कोरोना
कबिता
# इन्दिरा चाम्लिङ
कति कोरोनाको कुरा गर्ने ?
कति लासको संख्या गन्ने ?
आउनुस्
केही उत्साहको कुराकानी गरौं
केही उमंगको कुराकानी गरौं
केही देश भक्तिको कुराकानी गरौं
केही सामाजिक भावनाको कुराकानी गरौं
केही राष्ट्रीय भावनाको कुराकानी गरौं
हो पक्कै पनि गौरवको कुराकानी गरौं
कति भ्रष्टाचारको कुरा गर्ने ?
कति लुटको कुरा गर्ने ?
आउनुस्
केही सेवा भावको कुराकानी गरौं
केही पहिचानको कुराकानी गरौं
हो पक्कै पनि आफ्नोपनको कुराकानी गरौ
कति निरासाको कुरा गर्ने ?
आउनुस्
केही आशाको कुराकानी गरौं
केही भरोसाको कुराकानी गरौं
केही आँटको कुराकानी गरौं
केही अभिलाषाको कुराकानी गरौं
हो पक्कै पनि
केही प्रभावशाली कुराकानी गरौं
कति थकित हुने ?
धूर्तहरूको ताल हेरेर कति चकित हुने ?
आउनुस् मनमा एउटा छुट्टै उत्साह दिने
प्रीतको कुराकानी गरौं
कति हारको कुरा गर्ने ?
आउनुस् अब जीतको कुराकानी गरौं
आउनुस् अब जीतको कुराकानी गरौं ।
 धन्यबाद  ।
लुभेन -बेल्जियम ।

शिथिल देखियो
गजल
# इन्दिरा चाम्लिङ
पहाड हुँ भन्नेहरू तिल देखियो
सारा आडम्बरी शिथिल देखियो
घमण्डले मात्रै केही हुँदैन रहेछ
लाटोकोसेरो पनि हुचिल देखियो
होडबाजी त मान्छे मार्न पो रहेछ
बचाउने कुरामा त निल देखियो
विश्वकै शक्तिशाली मसल पनि
पलभरमै गलेर थिलथिल देखियो
कठैबरी! सुनको छाना लाउनेहरू
आँधीमा चिहिल -बिहिल देखियो
चिहान जस्तो वर्तमानको के कुरा
यहाँ भविष्य झन जटिल देखियो
 धन्यबाद  ।
लुभेन -बेल्जियम ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*