कोरोनाकाे बिरामी बाहिर निस्के बर्षौ जेल सजाय हुने

बेल्जियममा संक्रमित बढे पनि लकडाउन खुल्ने, कोरोनाकाे बिरामी बाहिर निस्के १२ वर्ष जेल !

  • केजिन राई

ब्रसेल्स, बेल्जियम  ,अप्रिल २५  ।

यूराेपकै राजधानी मानिने बेल्जियमको राष्ट्रिय सुरक्षा परिषदले करिब पाँच हप्ताको लकडाउनपछि लकडाउन खुकुलाे पार्ने रणनीतिहरु तय गरेको छ।

लकडाउन खुले पनि सामाजिक दुरीको नियम अति महत्वपूर्ण रहनेछ। नियमित हात धुने, हाछ्यु गर्दा कुहिनामा गर्ने कुराको निरन्तराताका लागि पनि सुझाइएको छ। साथै बिरामी भएमा घरमै बस्नुपर्ने अनिवार्यता छ। स्मरण रहोस्, कोरोना संक्रमित व्यक्ति बाहिर निस्केमा १२ वर्षसम्मको जेल सजाय हुन सक्ने प्रावधान जारी गरिएकाे छ। तर सरकारले १२ वर्ष सजायलाई अनुमोदन भने गरिसकेको छैन ।

हरेक नागरिकले कम्तिमा एउटा मास्क नि:शुल्क प्राप्त गर्नेछ। १२ वर्षभन्दा माथिकाले स्कुल, सार्वजनिक यातायात र सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने छ। मास्क नहुनेले नाक छोप्नेगरी सल वा गलबन्दी वा अन्य कपडा प्रयोग गर्नुपर्नेछ।

सकेसम्म साइकल, मोटर साइकल वा आफ्नो प्राइभेट गाडी प्रयोग गर्नको लागि अनुरोध गरिएको छ। अति आबश्यक बाहेकको कारणमा सार्बजनिक यातायात प्रयोग नगर्न अनुरोध गरिएको छ र प्रयोग गर्न परेमापनि पिक आवरमा सकभर प्रयोग नगर्न भनिएको छ।

विभिन्न चरणमा खाेलिनेछ लकडाउन

चरण १ क : चाँडोमा मे ४ बाट लागु हुने गरी उत्पादन सँग सम्बन्धित सबै व्यवसाय, सिलाइ-बुनाइसँग सम्बन्धित व्यवसाय सबै खुल्नेछन्।

बढीमा २ जना वा पारिवारिक सदस्यका बीचमा खेलिने खेलहरु खुल्ने। साथीभाइ बीचको जमघटमा भने प्रतिबन्ध रहनेछ। सम्भव भएमा टेलिवर्क (घरबाटै गरिने काम) लाइ नै निरन्तराता दिनुपर्नेछ।

चरण १ ख : ११ मे बाट लागु हुने गरी सबै पसलहरु खोल्न पाइने छन । तर कडा नियमनका साथमा।

चरण २ : १८ मे बाट लागु हुने गरी म्युजियमहरू खोलिने सम्भाबना रहनेछ। विवाह तथा मृत्यु संस्कारका कृयाकलापको निरन्तराताका लागि सोचिनेछ।

दुइ जनाभन्दा बढीद्वारा गरिने खेलकुद कृयाकलापको लागि मुल्यांकन गरिनेछ। कपाल काट्ने शैलुनहरुलाइ कस्तो नियमनमा खोलिने भन्ने निर्णय गरिनेछ।

प्राथमिक स्कुल र माध्यामिक स्कुलहरू खोलिनेछ। सबै शिक्षक, कर्मचारी र १२ वर्षमाथिका विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्नेछ। नर्सरी स्कुलमा पठनपाठन हुने छैन। स्कुलमा १० जना भन्दा बढीको ग्रुपमा पठनपाठन गर्न पाइने छैन । प्रतिछात्र-छात्रा कम्तिमा ४ मिटरकाे फरक हुनुपर्ने छ।

चरण ३ : चाँडैमा ८ जुनबाट लागुहुने गरी;
रेस्टुरेन्टहरु आंशिक खुला गर्न पाइनेछ, यदि सबै कुरा सकारात्मक देखिएमा। क्याफेहरु खोल्ने बारेमा सोचिनेछ।

फेस्टिभल तथा अन्य धेरैजना जमघट हुने कार्यक्रम कम्तिमा अगस्ट ३१ सम्म स्थगित रहनेछ।
माथिका सबै चरण लगायत निर्णयहरु यदि सबै कुरा सकारात्मक देखिएमा मात्र लागु हुने छन् । अन्यथा पुन: लकडाउन हुन सक्नेछ। परिस्थिति हेरेर प्रतिबन्ध वा खुला गरिनेछ।

सचेत रहनुपर्ने

ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा सम्बन्धित मन्त्रीहरूकाे उपस्थितिमा प्रधानमन्त्री सोफी विल्मेसले भनिन्, ‘भाइरसको फैलावट र सरकारको नियमसँग कुनै सम्बन्ध नहुने हुनाले सदैव सचेत रहनुहोला, खुल्यो भन्दैमा लापरबाही गर्न शुरु नगर्नुहाेला ।’

बेल्जियममा झन्डै १ लाख ९० हजार परीक्षण गर्दा ४४ हजार २९३ पोजेटिभ देखिएको छ । ४ हप्तायता १२ सयको अनुपातमा हरेक दिन बढ़ेका कोरोना बिरामी गत २५ घन्टामा १४ सय ९६ पोजेटिभ भेटिएका छन ।

१ करोड १५ लाख जनसंख्या रहेको बेल्जियममा बाँकीको परिक्षण हुँदा भने भयावह स्थिति नआउला भन्न सकिन्न । हालसम्म ६ हजार ६ सय ७९ को निघन भैसकेको छ ।

यसैबीच, यहाँ रहेका ६ जना नेपाली कोरोनामुक्त भएर घर फर्किएका छन् भने १५ भन्दा बढी नेपाली संक्रमित रहेको अनुमान छ । जनसंख्या अनुपातमा काेराेनाबाट निधन हुनेकाे संख्या बेल्जियममा विश्वभरमै शीर्ष स्थानमा रहेकाे छ ।

स्रोत – न्युज २४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*