गैर आबासीय नेपाली संघ बेल्जियमको साधारणसभा सम्पन्न

ईयुनेपाल प्रतिनिधि 
होबोकेन बेल्जियम , सेप्टेम्वर १६ ।

गैर आबासीय नेपाली संघ बेल्जियमको बार्षिक साधारणसभा आज होबोकेनमा सम्पन्न भएको छ ।

उद्घाटन सत्र र बन्द सत्रको सभापतित्व अध्यक्ष लोक प्रशाद दाहालले गरेका थिए भने कार्यक्रमलाई महासचिब आङ्ग माया लामा र प्रबक्ता दिपेन्द्र केसीले संचालन गरेका थिए ।
केन्द्रीय उपाध्यक्ष कुमार पन्त प्रमुख अतिथी र बिशेष अतिथी राष्ट्रीय प्रजातन्त्र पार्टीका पूर्ब सह-महामन्त्री एबम केन्द्रीय सदस्य तथा आदिवासी जनजाति विभाग प्रमुख  लालध्वज लामा, नेपाली दुताबास ब्रसेल्सका सुधिर भट्टराई, एनआरएन केन्द्रीय सचिब जानकी गुरुङ ,महिला सयोजक रजनी प्रधान लागायत अतिथी थिए ।

साधारण सभामा महासचिब आङ्ग माया लामा ,महिला सयोजक हरी भट्टराई र कोषाध्यक्ष रोशन गुरुंगको प्रतिबेदन  सर्बसम्मत रूपले पारित भएको थियो ।

बन्द सत्रमा बिधान परिमार्जन उप -समितीले प्रस्तुत गर्न खाजेको बिधान बन्द सत्रमा लामो समय सम्म  बिबाद भएको कारण प्रस्तुत नै हुन सकेन तरपनि सल्लाहकार र अनररी काउन्सीलर मनोनयनलाई सभाले पारित गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*