पोर्चुगलमा सेभेन ए साईड फूटबल प्रतियोगिता हुदै

वाईबि तमू

लिस्वोन पोर्चुगल, १२ सेप्टेम्बर २०१८।

तमू समाज पोर्चुगलको प्रमुख आयोजनामा हरेक वर्ष हुने सेभेन ए साईड फूटबल प्रतियोगिताको पाँचौ सिरिजको प्रतियोगिता आगामी ३० सेप्टेम्बर २०१८ मा हुने भएको छ ।
तमू समाज पोर्चुगलले आयोजना गर्ने उक्त फूटबल प्रतियोगिताको पाँचौ सिरिजमा पहिलो पुरस्कार एक हजार यूरो सहित ट्रफी,मेडल र प्रमाण पत्र रहेको छ भने दोस्रो पुरस्कार ५ सय यूरो नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने तमू समाज पोर्चुगलका नव निर्वाचित अध्यक्ष प्रितम गुरुङले जानकारी दिएका छन्् ।

राजधानी लिस्वोन ओलायस स्थित रहेको भिक्टोरिया फूटबल स्टेडियमामा हुने उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति यही २१ सेप्टेम्बर २०१८ रहेको छ भने प्रतियोगितामा सहभागिता लागि पोर्चुगलमा कृयाशिल विभिन्न र्सघ संस्थाहरुलाई तमू समाज पोर्चुगलले अनुरोध गरेको छ ।

उक्त प्रतियोगितामा सहभागि हुने टीमहरुका लागि केहि नियमहरु अघि सारेको छ आयोजकले ।
प्रतियोगितामा टिम दर्ता शुल्क बापत २ सय यूरो तोकिएको छ भने दर्ता भएका टिमहरुले आफ््नो टाई सीट आगामी २३ सेप्टेम्बर २०१८का दिन सार्वजनिक गर्ने जानकारी दिईएको छ ।
खेल सम्वन्धि केही नियमहरु यस प्रकार रहेको छ ः
१) खेल शुरु हुने मिति ः ३० सेप्टेम्वर २०१८
२) खेल शुरु हुने समय ः विहान ११ बजे देखी
३) खेलाडी संख्या ः ७ जना ( ३ जना सहयोगी र १ जना टीम म्यानेजर वा कोच गरि जम्मा ११ जना सहभागी हुन पाउने छन््)
४) उत्कृष्ट खेलाडी लाई ५० यूरो नगद सहित मेडल प्रदान गरिने छ ।
५) खेल अवधिभर सबै भन्दा बढी गोल गर्ने एक जना खेलाडीलाई पनि ५० यूरो सहित मेडल प्रदा गरिने छ ।

टीम दर्ताका लागि देहायका ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिने छ ।
श्री प्रसाद गुरुङ्ग ः ९२०१९४२०१
तुलसी गुरुङ्ग ९२०० ५५९१९
पूर्ण घले ः ९२०११०२६०
जगदीप गुरुङ्ग ः ९२० ५१५८५३
पार सुब्बा गुरुङ्ग ः ९२०४७८७३५
टीम दर्ता शुल्क देहायको बैंक खातामा मल्टिबैंकमार्फत ट्रान्सफर गर्न सकिने छ र यसरी ट्रान्सफर गरेको रसिद सम्वन्धित ब्यक्तिहरुमध्ये कसैलाई पनि जानकारी गराउन सकिने छ । दर्ता शुल्क पठाउने बैंक खाता नम्वर ः(PT50 000 7000000 17162840623 PAR SUBBA GURUNG)  रहेको कुरा आयोजक तमू समाज पोर्चुगलले जानकारी दिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*