जनसम्पर्कको अन्तरक्रियामा पूर्व सभामुख रामचन्द्र पौडेल आउने

इन्दिरा चाम्लिंङ्ग

काजाब्लान्का  लुभेन बेल्जियम , सेप्टेम्बर १० ।

महामानव बिपी कोईरालाको १०५ औँ जन्म दिनको अवसरमा आयोजित एक बृहत खुला अन्तरकृया कार्यक्रम निम्न मिति स्थान र समयमा नेपाली जनसम्पर्क समिती बेल्जियमको आयोजनामा हुन गईरहेको जनाएको छ ।

समितिका सभापति  सिता सापकोटाका अनुसार नेपालको बर्तमान राजनितिक परिवेशमा “लोकतान्त्रिक समाजवाद र नेपालको राजनीति  “बिषयक  खुला अन्तरकृया कार्यक्रम हुनेछ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न पूर्व सभामुख एबम नेपाली कांग्रेसका बरिष्ठ नेता  रामचन्द्र पौडेल यही १५ सेप्टेम्बरका दिन बेल्जियम आईपुग्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा राष्ट्रीय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोबिन्द पोख्रेल, नेपाली काग्रेस झापा जिल्ला सभापती उद्दव थापा , पुर्व सभाषद तथा आदिबासी जनजाती महासंघका निबर्तमान अध्यक्ष नगेन्द्र कुमालको समेत उपस्थिती रहने छ ।

 उक्त अवसरमा नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष  ध्रुबराज पौडेललाई संगठनमा उहाँको योगदानको उच्च मुल्यांकन गर्दै अभिनन्दन गरिने कार्यक्रम समेत रहेको जानकारी गराउँदै उपस्थितिको लागि नेपाली काग्रेस बेल्जियमका अग्रज , कृयाशिल एवं साधारण सदस्यहरू , युरोप भित्रका नेपाली जनसम्पर्क समितीका सभापतीहरू बेल्जियममा स्थापित बैचारिक, सामाजिक, क्षेत्रीय, जातिय संघ -सस्थाका अध्यक्ष तथा समितिका साथीहरु नेपाली दूतावास सबैलाई उपस्थिति को लागी नेपाली जनसम्पर्क समिती बेल्जियम हार्दिक अनुरोध गरेको छ ।

 

कार्यक्रम बिबरण –
मिति: १७ सेप्टेम्बर २०१८
स्थान : Tiensestraat 102 -3000 Leuven
समय: दिउसो १३.०० बजे 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*