एनआरएन बेल्जियमको साधारणसभा आउदो आईतबार हुदै

ईयु नेपाल प्रतिनिधि

केसेल्लो बेल्जियम , सेप्टेम्बर १२ ।

गत ३ सेप्टेम्बर २०१८ मा एन्तोरपेनमा बसेको पदाधिकारी बैठकले आगामी आईतबार १६सेप्टेम्बरमा गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको  बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ।

गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद  बेल्जियमकी महासचिब आंगमाया लामा शेर्पाका अनुसार साधरणसभामा बैठकले पँजीकृत सदस्यताको नयाँ व्यवस्था सम्बन्धी जानकारी प्रस्ताव महिला उपाध्यक्ष अनुजा प्रधानले प्रस्तुत गर्ने र सो सम्बन्धी राय प्रस्तुत गर्न केन्द्रीय सचिव जानकी गुरुडको नेतृत्वमा केन्द्रीय मानार्थ सदस्य काउन्सिलर रवीन्द्रमान श्रेष्ठ, गोविन्द सुवेदी, केन्द्रीय महिला सँयोजक रजनी प्रधान, आइसीसी सदस्यहरु पदम गुरुड., सरु चापागाई, लीला शर्मा मानन्धर रहेको राय समिति निर्माण गरेको ।

सभामा एनआरएन कृषि प्रवद्र्धन समतिको तर्फबाट सँयोजक युवराज गुरुड.ले प्रस्तुति दिने , महिला उपाध्यक्ष अनुजा प्रधानको सँयोजकत्वमा, एन्तोर्प क्षेत्रीय संयोजक गोपाल दाहाल सहसँयोजक, सचिवव्दय मुना ताम्राकार र प्रेम तिमिल्सिना, सदस्यहरु दीपक न्यौपाने, सीता केसी, धन कुमार किरात बान्तवा राई ,उल्का घिमिरे ,अर्जुन गुरुड., प्रकाश पौडेल, सौरभ कारञ्जित, किरण पुन, सीपी भट्ट, बिनोद न्यौपाने र मनरुपा किरात लिम्बू सदस्य रहेको साधारण सभा व्यवस्थापन समिति गठन गरिएको छ ।

कोषाध्यक्ष दर्शन गुरुड.को सँयोजकत्वमा सह-कोषाध्यक्ष इश्वरा शर्मा र मदन दवाडी सदस्य रहेको आर्थिक प्रतिवेदन समिति, महासचिव आड.माया लामाको सँयोजकत्वमा सचिवत्रय जीवन शर्मा, प्रेम तिमिल्सिना, मुना ताम्राकार र प्रवक्ता दीपेन्द्र केसी सदस्य रहेको प्रगति प्रतिवेदन समिति निर्माण गरिएको छ ।

साधारण सभामा विशिष्ट पाहुनाहरुलाई अतिथीको रुपमा उस्थितिको लागि अनुरोध र समन्वय गर्न अध्यक्ष लोक दाहाल र निवर्तमान अध्यक्ष गँगाधर गौतमले समन्वय गर्ने समेत निर्णय गरे अनुरुप केन्द्रीय उपाध्यक्ष कुमार पन्तको उपस्थिति निश्चित भएको  निबर्तमान अध्यक्ष  गौतमले ईयुनेपाललाई बताए ।

त्यसैगरी निबर्तमान अध्यक्ष गंगाधर गौतमको सयोजकत्वमा सदस्यहरु बिष्णु भुजेल,इन्द्र ओली ,चित्र सुबेदी ,नेत्र मगर र दिपेन्द्र केसी रहेको बिधान हेरफेर समिति समेत निर्माण गरेको कुरा महासचिब  लामाले बताए ।
मध्यान्ह १४-०० बजे आरम्भ हुने सो  अधिबेशनको  स्थान-   Lagweg 8 – 2660  Hoboken  Belgium रहेको छ ।
 स्थापनाकाल देखि  ऐजन रहेको बिगतको बिधानलाई परिमार्जित गर्न आगामी १२-१४ अक्टोबरमा  नेपालमा १४ वर्ष पश्चात  बिधान अधिबेशन हुदैछ । यसर्थ पनि बेल्जीयम अधिबेशन महत्वपूर्ण रहेको छ ।
केन्द्रको विधानको मूल मर्मलाई आत्मासात गर्दै  हरेक एनसीसीलाई देश -परिस्थिति अनुकुल  बिधान बनाउने  अधिकार रहेको छ । केन्द्रीय बिधान  सम्मेलनमा हरेक एनसीसीलाई उपस्थितिको लागि आग्रह गरिएको छ तथापी हाल सम्मको काम -कारबाही र गतिबिधीको आंकलन अनुरुप  यूरोपियन -मध्यपूर्वको क्षेत्रीय  सम्मेलनमा जस्तै  निबर्तमान अध्यक्ष शेष घले समुहको अनुपस्थिति रहने र   बाईपास गरिनेछ ।
बिशेष श्रोतका अनुसार बर्तमान केन्द्रीय समितिका बहुमत पक्षले आर्थिक र सांगठानिक गतिविधिमा मनपरीतन्त्र  चलाएकै कारण  बिधान सम्मेलन  सबै एनआरएनको नभई एकपक्षीय हुने जिकिर गरेको छ ।  श्रोतको दावी छ  ” केन्द्रीय विधानमा एनआरएन   सदस्य संख्याको आधारमा केन्द्रीय सम्मेलनमा सहभागिता परिमार्जन अपरिहार्य छ ।  उदाहरणको लागि  अनुमानित ८ हजार एनआरएन रहेको बेल्जियम र २ लाख  ५० हजार  एनआरएनहरू बसोबास गरिरहेका बेलायतबाट  केन्द्रीय सम्मेलनमा  झन्डै बराबरी प्रतिनिधिले मात्र भाग लिन पाउने केन्द्रीय बिधान असमान  रहेको छ  यसर्थ सबैको  एन आर एन बनाउन बिधानमा समानताका बुदा सच्याउनै  पर्दछ।”

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*