गैर आबासीय नेपाली संघ यूरोपियन क्षेत्रीय सम्मेलन प्रारम्भ

 

केजिन राई-डिल्लीराम अम्माई 

२८ जुलाई , लक्जेम्बर्ग ।

गैर आबासीय नेपाली संघ  ११ औ यूरोपियन क्षेत्रीय  तथा ९औ महिला सम्मेलन आजबाट  चारतारे हिल्टन होटलमा प्रारम्भ भएको छ  सम्मेलनको उद्घघाटन भने भोलि हुने कार्यतालिका रहेको छ ।

आगामी जुलाई ३० तारिखसम्म चल्ने ३ दिने सो सम्मेलनको  पहिलो दिनको रोचक सत्र  साहित्यकारहरुको साहित्यिक सम्बाद ,कबिता तथा गजल बाचन ,  नेपाल पत्रकार महासंघ युरोप शाखाको डकुमेन्ट्री पछि प्रेस मिट र अन्तमा सास्कृतिक कार्यक्रम रहेको थियो । आजको गैह्र आबासिय संघको औपचारिक कार्यक्रम संचालन गर्दै खगेन्द्र भट्टराईले साहित्य र सस्कृति छोड्दा नेपालीको आत्मा समाप्त हुने भन्दै भाषा र साहित्यको अभियानसंग जोडी दिदा डायस्पोरामा रहेका सबै नेपालीहरुको आत्मालाई भावनात्मक रुपमा मातृभुमिसँग एकाकार गराइरहने बताए । त्यस्तै गैह्र आबासिय नेपाली संघको अभियानमा साहित्य र नेपाली भाषाको अभियान समाबेश गरिएकोमा उनले आयोजकलाई धन्यबाद समेत दिए ।

त्यहि क्रममा नेपालबाट आएका मदन पुरस्कार बिजेता उपन्यासकार अमर न्यौपाने, सरसर्ती संसार नियात्राका लेखक तथा गैह्र आबासिय नेपाली संघका भुतपुर्ब अध्यक्ष जिबा लामिछाने र डा रबिन्द्र समिरको साहित्यिक अन्तर सम्बादले साहित्यिक मनहरुलाई साहित्यका विभिन्न बिधाहरुबारे रोचक टिप्सहरु प्रदान गरेको थियो ।

दोश्रो चरणमा पत्रकार महासंघ युरोप शाखाले आफ्ना सम्पूर्ण गतिबिधीहरु एक वृत्तचित्र मार्फत सार्वजनिक गर्यो । पत्रकार महासंघ युरोप शाखाका महासचिब योगेन्द्र मिलन छन्त्यालको सविस्तार व्याख्या सहित सार्वजनिक गरिएको वृत्तचित्रको क्रममा पत्रकार महासंघ युरोप शाखाका अध्यक्षले पत्रकार महासंघको कार्यभार सुचनाको हकको महत्व र चुनौतीको बारेमा छोटो मन्तब्य दिनुको साथै कार्यक्रममा सहभागी शाखाका पत्रकारहरुलाई मन्चमा निम्याएका थिए ।त्यो क्रममा पत्रकार महासंघका केन्द्रीय संगठन समिती सदस्य तथा शाखाका सल्लाहकार ओम शर्मा, सल्लाहकार पंचम अधिकारी, बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माई, पत्रकार गुणराज शर्मा, युके शाखाका उपमहासचिब नरेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनको संचालन गर्दै पत्रकार महासंघ युके शाखाका भूपू अध्यक्ष तथा एनआरएनए  मिडिया तथा प्रकाशनस अन्तराष्ट्रिय समितीका संयोजक चिरन शर्माले पत्रकार सम्मेलनको महत्व र जिम्मेबारीबारे बोल्दै गैह्र आबासिय नेपाली संघको त्रैमासिक मुखपत्र  एनआरएनएका ग्लोबल अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, नेपालीको पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, युके शाखाका उपमहासचिब नरेन्द्र बस्नेत, केन्द्रीय प्रबक्ता तथा सम्पादक भुषण घिमिरे लगायत अग्रजहरुले सामुहिक बिमोचन गरेका थिए । कार्यक्रमको अर्को चरणमा कार्यक्रमको तालिका बिषयगत महत्व ,नेपाल लगायत विभिन्न देशबाट आएका अतिथीहरुको सहभागिताको कारण सहित सहभागीहरुको नामावली आयोजक संघका युरोपियन संयोजक शिब कुमार बरुवालले सार्वजनिक गरेका थिए ।उनले सो क्रममा यदि कसैलाई  कार्यक्रममा मानब तस्करी भयो अथवा कुनै पनि अनियमितता भयो भन्ने लाग्छ भने प्रमाणसहित लेख्न वा भण्डाफोर गर्न पत्रकारहरुलाई चुनौती दिए ।उनले सत्य र तथ्यपत्रकारिताको लागी पत्रकारहरुलाई आग्रह समेत गरे। पत्रकार सम्मेलनको क्रममा पत्रकार ओम शर्माले अस्ट्रियाको एन आर एन ए रास्ट्रीय समन्वय परिसदमा केन्द्रीय सम्मेलनको क्रममा भएको आर्थिक अनियमितताबारे फ्लोरबाट स्पस्टिकरण माग्दै सम्बन्धित पक्षलाई कारवाहीको माग समेत गरेका थिए ।

त्यस्तै एनआरएनएका अध्यक्ष  भवन भट्टले पत्रकार महासंघ केन्द्रीय कार्यालयमा ई- लाइब्रेरी निर्माण गर्न ढिलाई भएको स्वीकार गर्दै सकेसम्म छिटो कार्य सम्पादन गर्ने बाचा समेत गरेका छन्

अन्त्यमा नेपालबाट आएका लोक गायक नबिन पौडेलले सबै सहभागीहरुलाई गीत संगीतद्वारा मनोरंजन गराएका थिए ।

स्मरण रहोस गैह्र आबासिय नेपाली संघको युरोपियन सम्मेलनमा भाग लिन नेपालका भूतपूर्व प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराई उहाकी धर्मपत्नी हिसिलायामी र प्रमुख अतिथी परराष्ट्र मन्त्रि प्रदिप ज्ञावाली लग्जेम्बर्ग आइ पुगेका छन् ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*