बेल्जियममा २३ औ जनयुद्द दिबस मनाईयो

आस्यांग तामांग
बेल्जियम  १७ फेब्रुअरी  ।
नेपालमा भएको महान दश बर्षे जनयुद्धलाई बेल्जियममा बस्ने नेपालीहरुले पनि २३औं जनयुद्ध दिवसको रुपमा यसले प्राप्त भएको उपलब्धिहरुको रक्षा गर्दै जनबादी आन्दोलनका बाँकी कार्यभारको बारेमा शुभकामना आदानप्रदान समेत गरि बेल्जियमको लुभेनमा भब्यतापुर्बक मनाए ।
कार्यक्रम नेपाली प्रगतिशिल महिला मञ्च, मगर राष्ट्रिय मुक्ति मोर्चा र तमु राष्ट्रिय मुक्ति मोर्चा बेल्जियमको आयोजनामा मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य तथा युरोप ईन्चार्ज बिरमान घर्तिमगरको प्रमुख आतिथ्यता तमु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य तथा युरोप ईन्चार्ज गम बहादुर गुरुङको बिषेस अतिथि र प्रगतिशिल महिला मञ्च बेल्जियमका अध्यक्ष शुष्मा भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बिरमान घर्तिमगरले बिश्वभरी अहिलेसम्मा चलेको कम्युनिष्ट आन्दोलन मध्ये नेपालमा भएको महान दश बर्षे जनयुद्धले नेपालको बिसिष्टतामा जातिय क्षेत्रिय तथा लिंगिय समस्याहरुलाई पनि सम्बोधन गरेकोले उचाई प्राप्त गरेको हो ।
अहिले गणतन्त्र समाबेशिता संघियता धर्म निरपेक्षता महिला अधिकार मदेसि, मुस्लिमको अधिकार, हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व दलित र सिमान्तकृत समुदायको तथा अपाङ्गहरुको समेत अनिवार्य प्रतिनिधित्व हुने जस्ता महत्वपुर्ण उपलब्धिहरु प्राप्त गरेको छ । यस्तो महान उपलब्धिहरुको रक्षा गर्दै जनबादी क्रान्तिका बाँकि कार्यभार पुरा गर्ने दिशामा आफुलाई समर्पित गर्नु नै जनयुद्धलाई सम्झनुको सार्थकता हुन्छ भन्नुहुदैं संघियता र समाबेसिताले हामी जस्ता जातिय र महिलालाई देखिने गरी उपलब्धि भएको र पहिचानको लागी अझै आन्दोलन गर्नु पर्ने भएकोले यस बर्षको जनयुद्ध दिवस हामी जातिय मोर्चाहरु र महिला मञ्चले संयुक्त आयोजना गरेको रहस्य बताउनु भयो ।
अहिले नेपालमा चलेको माओबादी केन्द्र र एमाले बिचको बाम एकता बिचार र कार्यदिशाको आधारमा हल गर्दै एक्काईसो शताब्दीको जनबाद र जबजलाई तल सम्म छलफलमा ल्याक्षर्् महाधिबेसनमा हल ुने गरी एकता गरोस र समाजबादी दिशामा नेपाललाई लैजाओस भन्नुभयो ।
कार्यक्रममा बिषेस अतिथि तमु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य तथा युरोप ईन्चार्ज गम बहादुर गुरुङ, जनप्रगतिशिल मञ्च युरोपको उपाधक्ष्य कृष्ण पौडेल, जनप्रगतिशिल मञ्च युरोपको सचिवालय सदस्य प्रकास पौडेल, एनआरएन बेल्जियमका अध्यक्ष लोक प्रसाद दहाल, अतिथिहरु जनप्रगतिशिल मोर्चा युरोपको अध्यक्ष बिष्णु भुजेल, प्रवासि मञ्च युरोपको सदस्य नारायण अधिकारी, जनप्रगतिशिल मञ्च बेल्जियमका अध्यक्ष जित बहादुर लामा, जनसम्पर्क  समिति बेल्जियमका अध्यक्ष सिता सापकोटा, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष बोध राज पौडेल, जनप्रतिशिशल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, संघिय समाज फोरम बेल्जियमको अध्यक्ष नेत्र मगर, जनप्रगतिशिल मञ्च बेल्जियमका निवर्तमान अध्यक्ष तथा सल्लहाकार प्रमुख चित्र सुबेदी, जनप्रगतिशिल मोर्चाको भुतपुर्व अध्यक्ष प्रेम पाठक, प्रगतिशिल महिला मञ्चको भुतपुर्व अध्यक्ष कल्पना मगर, जनजाति सरोकार मञ्च बेल्जियमको संयोजक मनिस गुरुङ, एन आर एन बेल्जियमकि महिला सम्योजक हरी भट्टराई , तमु समाज बेल्जियमको अध्यक्ष जिवन गुरुङ, सिक्लेस पार्चे कल्याण कोषको अध्यक्ष चोक राज गुरुङ समेतले जनयुद्ध र वर्तमान अबस्थाको बारेमा आ आफ्नो धारणा सहित जनयुद्ध दिवसको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सुरुमा सहिदहरु प्रति मौन धारणा गर्दै घाईते तथा अपाङ्ग योद्धाहरुलाई सम्मान गरी प्रगतिशिल महिला मञ्च बेल्जियमकी महासचिव सुशिला खतिवडाले सञ्चालन गर्नु भएको थियो भने तमु राष्ट्रिय मुक्ति मोर्चा बेल्जियमको संयोजक होम गुरुङले उपस्थित अतिथि तथा सहभागिहरुलाई स्वागत गर्नु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*