एनआरएनएमा सल्लाहकार पद हो कि पदवी ?

  वाईवि तमू 

गैर आवासीय नेपाली संघ,पोर्चुगलको निर्वाचन भए पश्चात कार्य समितिले करिव ५ पहिना पछि बल्ल पुर्णता पाएको छ ।

अब भने १ जना अध्यक्ष र ९ जना उपाध्यक्ष सहित करिव ४१  जना कार्यसमिति र १९ जना सल्लाहकार सहित प्रवक्ता र सह प्रवक्ता गरि करिव करिव एनआरएनए,वेलाएत पछिको दोस्रो जम्बो टिम बनेको छ पोर्चुगल एनआरएनए ।यस मध्येका एक सदस्य लाल बहादुर नेपालीले भने एनआरएनए,पोर्चुगलको पहिलो वैठक मै चित्त नबुझे पछि तत्काल राजीनाम दिइसकेका छन् उनको स्थान अझै खाली रहेको छ ।
यो सबैको लागि खुशीको कुरा हो यसै सन्दर्भमा आजै  देखि शुरु भै सक्यो वधाई दिनेहरुको घुइचो भने अबको केहि दिन पछी खतक सहित सामुहिक भोजको आयोजना हुने छ ।

यहाँ सस्थाको केहि विषयगत कुराहरु राख्न कोट्याउन चाहन्छु । सस्थाको आफ्नै विधान छ । पुरानो नै   किन नहोस पोर्तुगाली सरकारको मातहतमा सामाजिक सस्था दर्ता प्रक्रिया पुरा गरेर एनआरएनए,दर्ता भएको हो । यसका लागि अग्रज हरु जोजो व्यक्तिहरुले योगदान गर्नु भयो यो सम्मानजनक नै छ । यसमा कसैको बिमति रहने कुरा भएन ।

सामाजिक सस्था जव सम्म सम्मानजनक रहन्छ तव सम्म नागरिक र इतरका सदस्स्यहरुले विश्वास गरि नै रहन्छन त्यसका लागि सस्थामा आवद्द हुने नेतृत्व को ठुलो भूमिका रहन्छ भने नेतृत्वलाई सकारात्मक सहयोग गर्ने मातहतका सदस्यहरुको पी उत्तिकै भूमिका रहन्छ तव मात्र सस्थाले माथि उल्लेख गरिएको विश्वास जित्न सक्छ ।

सस्थामा व्यक्ति चलायमान  हो । हिजो अर्कै थियो आज अर्को आयो ।वस ।तर सस्था ,सस्था तव सम्म रही रहन्छ जव सम्म इमान्दार र निस्ठावान नागरिकहरु यो समाजमा रहीरहन्छन ।सस्थामा अवाद्द्ता हुनेहरुको एकाध गलत अभिष्ठाका कारण सस्था बदनाम हुने होइन सस्थामा नेतृत्व गर्ने व्यक्ति बदनाम हुने हो यो बुझ्नु जरुरि हुन्छ ।

अब प्रसंग निकालौ । एनआरएनए,पोर्चुगलमा  यतिका जम्बो टोलीलाई जम्मा गरिएको यो पहिलो पटक हो । सल्लाहकार छैनन्, प्रवक्ता छैन, हामीले कसरि काम गर्ने ? भन्ने टंन्टा नलिए हुने भो अव ।
केहि समय पहिले देखि लिस्वोनका लागि नेपाली अवैतनिक वाणिज्यदुत मकर बहादुर हमालले “एनआरएनए,पोर्चुगलको अफिस भाडा”मासिक ३०० युरोका दरले तिरिदिने कुराको समाचार बाहिर आयो ।यो त उनको मन ठुलो भएर पो यत्रो जम्बो टोली अट्ने अफिसको भाडा तिरिदिने बताए तर हिजो निर्वाचन हुनु भन्दा पहिले नेपाल पत्रकार महासंघ,युरोप साखाले आयोजना  गरेको सार्वजनिक सुनिवाई कार्यक्रममा अध्यक्ष लगायत अहिलेका सवै उपाध्यक्ष,महासचिव लगाएत सदस्यहरुले एकै स्वरमा भनेका थिए “सबभन्दा पहिले एनआरएनएको कार्यालय व्यस्थापन गर्ने छौँ” भन्दै प्रतिवद्दता जाहेर  गरेका थिए ।

हिजोको कार्यसमितिले कार्यालय पनि राख्न सकेन भनेर खोइरो काड्ने आज   तिनै एनआरएनए ,पोर्चुगलका नेतृत्वमा छन् निर्वाचित भएको पनि ५ महिना पुगी सक्यो हिजो सागुरो भयो भन्ने आज यतिका जम्बो टोली कसरि अटाउन सकेका होलान त्यो सानो कोठामा ?कसरि जवाफ दिनुहुन्छ यसको ?

यहाँ पत्रकारहरुले लेख्नु भन्दा पहिले के लेखौ,??यो लेखौ कि न लेखौ ?भनेर उनीहरुसंग पहिले सेन्सर मागेर लेख्नु पर्ने नजिर स्थापित गर्ने वातावरण्को विकास भएको छ । कसैले विषयगत टिप्पणी गर्दा पनि यहाँ धम्कि दिने त सामान्य झैँ लाग्न थालि सक्यो । फेरी प्रश्न पनि सोध्नु पर्दा कसरि प्रश्न सोध्ने होला भनेर पहिले नै सेन्सर प्रश्न गर्नु पर्ने वातवरणको विकास भएको छ यो कुनै पनि सभ्य समाजका लागि पक्कै स्वीकार हुने विषय होइन ।

यो त भयो पात्र अनुसारको प्रवृतिको ।अब कुरा राखौ सस्थागत कार्यशैली र नेतृत्वको प्रवृतिको ।
एनआरएनए ,पोर्चुगलको यत्रो जम्बो टोली छ यौटा ३०० युरो भाडा तिर्ने हैसियत राख्दैन ? हुन् त अघिल्लो कार्यकालमा प्रत्यक्ष स्वयम् मनोनित सदस्य भएको नाताले यो विषयले मलाइ पनि गम्भीर रुपमा छोएको थियो ।

अधिवेशनको मुखमा नेतृत्व हत्याउन देखि राजनीतिक कलस्टर मिलाउन दिन रात न भनि आफ्ना कार्यकर्ता भर्ति गर्न यहाका राजनीतिक पार्टीका नेताहरु मार्न र मर्न पनि पछि हट्दैनौ भन्दै हिड्छन आफ्नै कार्यकर्ताले सस्थामा स्थापित गरे पश्चात “महिनाको एक पटक तिर्नु पर्ने सस्थागत लेबी शुल्क त्यो पनि न्यून) तिर्न पनि धौ धौ गर्ने हरु पनि भेटे खै कसरि पुर्व अध्यक्ष भिम केसी कमलले थेगे अन्तिम अधिवेशनमा आफ्नै खल्तिवाट बर बुझारथ गरे ।अव अहिलेको जम्बो टोलीमा पनि यो रोग भएका धेरै देखेको छु आशा छ त्यो रोग अहिलेकालाई न सरोस ।

अब, कार्यगत शैली । महिनाको एक पटक बैठक हुनु पर्ने विधानले भन्छ । शुरु शुरुमा त केहि सदस्यहरु अहिलेको सानो कोठामा भएको कार्यालयमा केहि एकाध कुर्सि खाली बाहेक सवै भरिन्छ विस्तारै ति सवै कुर्सि खाली हुदै जान्छ सायद ५ महिना वितिसक्यो यो भै सकेको होला ।अनि झर्को लाग्दै जान्छ नेत्रुवालाई अनि सचिवालय सदस्य बनाउ ।

अरु सदयाहरुलाई पनि बोलाउनु परेन,पर्खिनु पनि परेन,सधै कार्यालय मा औ जाउ पनि गर्नु परेन ,यतै कतै रेस्टुरेण्ट,फलफुल पसल,आदि मा बस्यो निर्णय गर्न पनि सजिलो झ्याप झ्याप भेट पनि हुईने । सबैलाई म्यासेज गर्नु पनि परेन । भाइवर,मेसेन्जर ग्रुप बनायो आज बैठक भन्यो कहाँ ? मेरै रेस्टुरेण्ट ,मेरै फलफुल पसल आदि सकिगो ।

सदस्यहरुलाई यो निर्णय गरियो भनेर जानकारी दियो भयो । यस्तो काइदाको उपाय छोडेर कसले गर्छ झन्झट सबैलाई फोन गर,म्यासेज गर,कार्यालय औ जाउ समयको वर्वाद काइदाको उपाय ।सचिवालय बैठक .।
अव सल्लाहकार को जिम्मेवार र कार्यान्वयन :
एनआरएनए,पोर्चुगलका मनोनित सल्लाहकारहरुको भूमिका के ?भन्ने बारे मनोनित सलाहकारज्यूहरुनै रनभुल्लमा । “खै पहिले पनि सल्लाहकार मै मनोनित गरे कतिपय विषयमा सलाह दीयो सल्लाह एकातिर काम अर्को तिर गरे “भन्दै दुखेसो पोखे । आफुले दिएको सकारात्मक सल्लाहको आत्मसाथ नहुने हो भने यो पदवी लिएर बस्नु को के अर्थ भो ?

फेरी सल्लाहकारले सुझाव मात्रै दिन सक्छ आफै निर्णय गर्ने ल्याकत राख्दियन कारण विधानले यो अधिकार दिएको छैन ।फेरी पनि केहि सल्लाहकारहरु भने आफै सस्था भित्र पस्छन तर अदृश्य रुपमा ।

एन आरएनए,पोर्चुगलको अर्को गम्भीर र सवैको चासोको विषय हो आर्थिक पाटो ।
एनआरएनए,पोर्चुगलमा विगत देखिको एकै शैली छ आर्थिक पाटो,नेतृत्व चयन,कार्यगत शैली,जवाफदेहिता आदि सवै पुरानै छ ।

अघिल्लो कार्यसमितिले सस्थाको आफ्नै बैंक खाता परिवर्तन गर्नका लागि वर्षौ लागेको थियो ।भने अहिले सस्थाको दर्ताको बारेमा निक्कै टिकाटिप्पणीहरु भए ।कहिले पुर्व नेतृत्वको हैसियतले जवाफ दिए तर हालको नेत्रुवाले यसको जवाफ दिने कुनै चेस्टा गरेन मात्र सस्था दर्ता गरेको लिस्ट आफ्नो फेसबुक वालमा पोस्ट  गर्यो सायद त्यहि नै होला प्र्स्ट्याई ।

एनआरएनए,पोर्चुगलको आर्थिक हैसियत मात्र २० देखि २२ हजार युरो को मात्र छ । २० हजार नेपाली वस्छन भन्ने बकम्फुसे डाटा छ त्यसमा एनआरएनएनएका पंजीकृत सदस्यहरु अघिल्लो वर्षमात्र २३४५ जना भए ।

यो वर्ष कति आर्थिक प्रगति गर्यो त्यो साधारण सभामा हेर्न पाइएला ।सस्थागत विकास गर्छौ,हिजो भन्दा झन् राम्रो बनाउछौ भनेका थिए अझै त्यो समय डेढ वर्ष बाँकी छ त्यो त समयले बताउने नै छ ।
मिडियाले सहयोग गरेन ,पत्रकारहरुले सहयोग गरेनन ।राम्रा कुराहरु न लेख्ने नराम्रा कुराहरु र बिषयहरु मात्र मिडियावाजि गर्ने गर्छन भन्दै पत्रकारहरुलाई उल्टो र नकारात्मक रुपमा हेर्ने प्रवृतिको विकास भएको छ ।जुन गलत हो ।

राम्रा विषयहरु र गरेका राम्रा कामहरुको प्रसंशा गर्ने पनि गर्छन पत्रकारहरुले मात्र उनीहरुमाथि हेर्ने दृष्टिकोण सकारात्मक होस् ।
सामाजिक मूल्य मान्यता र आपसी सदभावमा नै सवैको भलो छ ।
सबैको कल्याण होस् ।

 

 

-लिस्बोन पोर्चुगल बसोबास गर्ने लेखक तमु  नेपाल पत्रकार महासंघ युरोपका सचिब हुन् ।

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*