माघे सक्रान्तिमा कुमार र अनुषाले बेल्जियममा धमाका मच्चाउदै

ईयुनेपाल प्रतिनिधि 
क्यासेल्लो काजाब्लान्का बेल्जियम ,जनवरी २३ ।
यही आउदो शनिबार जनवरी २७ तारिखका दिन  बिश्व मगर संघ बेल्जियमले माघे सक्रान्ति  मनाउने भएकोछ ।
प्रत्यक बर्ष मनाउदै आएको  मगर समुदायको प्रमुख महत्वपूर्ण चाड माघे संङक्रातिमा  नेपालबाट आउने चर्चित लोक दोहोरि गायक कुमार पुन र स्पेनबाट आउने गायिका अनुषा थापालेआफ्नो सांगीतिक प्रस्तुति दिदै बेल्जियम स्थित लुभेन शहरमा सांगीतिक धामाका मच्चाउने भएका हुन्  ।
स्थानिय कलाकारहरूको समेत प्रस्तुति रहने सो कार्यक्रम भव्य सांस्क्रितिक साझ रहने आयोजकले बताएका छन ।
आयोजक मार्के मगर अध्यक्ष एबम विश्व मगर संघले बेल्जियम स्थित सम्पूर्ण संघ -सस्थाको तर्फबाट गरिमामय उपस्थितिको लागि  हार्दिकतापूर्बक अनुरोध  समेत गरेको छ ।
कार्यक्रम हुने तालिका 
मिति :- २७-०१-२०१८
स्थान :- Bogardenstraat 33 , 3000 Leuven Belgium ( Lido Hall)
समय :- दिनको १५-०० बजे
सम्पर्क फोन :- /0488050595 / 0483317472 / 0484958490

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*