तामाङ समुदायको २८५४औ सोनाम ल्होछार केसेल्लो बेल्जियममा

 

ईयु नेपाल प्रतिनिधी

केसेल्लो काजाब्लांका बेल्जियम ,जनवरी १८ ।

तामांग समाज बेल्जियमले  बेल्जियमको केसेल्लो स्थित डोन बोस्को सेन्त्रुममा  २८५४ औ सोनाम ल्होछार मनाउने भएको छ ।

सो समाजद्वारा जारी सुचना  निम्न रहेको छ।

 

नेपाल र नेपालीको राष्टृिय सम्पति, तामाङ जातिको मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सस्कृति तथा परम्परालाई जगेर्ना गर्ने उद्देश्य सहित बिगत बर्षहरुमा जस्तै यो पटक पनि तामाङ समाज बेल्जियमले २०१८ जनवरी महिनाको २० तारिख शनिबारको दिन लुभेन केसेल्लोमा नेपालबाट आऔनु भएका कलाकारद्धय लोक गायीका इन्दिरा गोले गुरुङ ,गायक कृष्ण वाईबा र स्थानिय कलाकारहरुको साथमा तामाङ समुदायको राष्टृिय चाड २८५४ सोनाम ल्होछार नगि-ल्हो (कुकुर वर्ग) लाई स्वागत गरि शुभकामना आदनप्रदान र विविध साँस्कृतिक प्रस्तुति सहित मनाउन गैरहेकोले उत्त कार्यक्रमको आथित्यता गरिदिनुहुनको लागी तामाङ समाज बेल्जियम हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछौ।
धन्यबाद।
कार्यक्रम:-
स्थान:-Don Bosco Centrum
ठेगना:- Ortolanenstraat 6,
3010 Kessel-lo Leuven
मिति:-जनवरी २० शनिवार २०१८
समय:- साँझ ४ बजे

राम लामा ( अध्यक्ष )
तामाङ समाज बेल्जियम ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*