गैर आबासीय नेपाली संघमा भुवन भट्ट बिजयी

ईयुनेपाल प्रतिनिधि

काठमाडौं ,अक्टोबर १७।

काठमाडौंमा   सम्पन्न गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट बिजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनबाट जापान निबासी भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना घले गुरुङलाई पराजित गरे ।

 

सो निर्बाचनबाट उपाध्यक्षमा कुमार पन्त -जर्मनी र कुल आचार्य *-बेलायत निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रसियाकी सपिला राजभण्डारी, महासचिवमा रसिया कै बद्री केसी, सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् । कोषाध्यक्षमा द अफ्रिकाका  हिक्मत थापा र सहकोषाध्यक्षमा डेनमार्कका सोम सापकोटा विजयी भएका छन् ।

 

महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।

अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् ।

कसले कति मत ल्याई बिजयी भए तल हेर्नुहोस  

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*