गैर आबासीय नेपाली संघ केन्द्रीय सचिवका सशक्त उम्मेदवार जानकी गुरुङ

ईयुनेपाल प्रतिनिधि 

क्यासेल्लो काजाब्लान्का बेल्जियम , अक्टोबर १० ।

चितवन नेपालमा जन्मिएर बेल्जियमलाई आफ्नो कर्मथलो बनाएकी जानकी गुरुङ यूरोपमा मात्र नभई सिंगो संसारको एक सशक्त नारी हस्ताक्षरको रूपमा परिचित भई सकेकी छिन ।

एनआरएनए ग्लोबलको एक सशक्त अभियन्ताको रूपमा स्थापित यिनै नेपाली साहित्य आकाशका नारी हस्ताक्षर गुरुङले आगामी कार्यकालको निम्ति केन्द्रीय सचिब पदको लागि उम्मेद्ववारी दिएकी छिन ।

एनआरएनएका सशक्त र होनहार केन्द्रीय सचिब उम्मेदवार जानकी गुरुंगले नेपालबाटै ब्याचलर्स डिग्री  सकेकी गुरुङ दुई दशक देखि बेल्जियममा विभिन्न ब्यबशायमा सलग्न रहेकी छिन ।  उनै गुरुङको सो सम्बन्धी घोषणापत्र जस्ताको तस्तै निम्नछन् ।

 जानकी गुरुङ

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद आठौं विश्व सम्मेलन अन्तर्गत २०१७-२०१९ कार्यकालको लागि सचिब पदको लागि  उम्मेदवार 

“नेपालको माटोमा सम्बृद्धि, सम्बृद्धिको बाटोमा एनआरएन
निष्ठा र ईमान्दारिता पहिला, एनआरएन अभियानमा महिला”

गैर आबासिय नेपाली सँग अन्तरराष्ट्रिय समन्वय परिषदको आठौं विश्व सम्मेलन अन्तर्गत २०१७-२०१९ कार्यकालको लागि सचिब पदमा उम्मेदवार ।
प्रबाशमा रहेका एनआरएनहरुको हक हित र सुरक्षालाई ध्यान दिदै सम्रिद्ध नेपालको लागि सहायक बन्न संस्थागत रूपमा एनआरएन अभियानको नेत्रित्व तहमा रहेर थप भूमिका निर्बाह गर्न आकाँक्षिको रूपमा मेरा अनुभब र उम्मेदवारीका आधारहरु यहाँहरु समक्ष प्रस्तूत गर्दछु ।

 

 

१, सन् २००५ मा तदर्थ समिति एनआरएन बेल्जियमको कोषाध्यक्ष
२, सन् २००७-२००९ मा युरोप सह-सँयोजक (DRC-Europe)
३, सन् २०११-२०१३ अध्यक्ष, एनआरएनए बेल्जियम
४, सन् २०१३-२०१५
• आइसिसी सदस्य
• केन्द्रिय भवन निर्माणार्थ सहयोग सँकलनका लागि युरोप सँयोजक
५, सन् २०१५-२०१७
• आइ सि सि सदस्य
• सन् २०१७-२०१९ का लागि एनआरएनए बेल्जियमको निर्वाचन प्रमुख
६, नागरिकताको निरन्तरता सम्बन्धि कार्यदल लगायत धेरै टास्क फोर्स र महिला सहभागिता तथा सशक्तिकरण सम्बन्धि बिभिन्न फोरमहरुमा कृयाशिल रहेको ।

प्रबाशमा रहेका सम्पूर्ण नेपालीहरुको साझा संस्था एनआरएनए को बिभिन्न तह र भूमिकामा बिगत बाह्र बर्ष देखि निरन्तर सकृय रही आएकोमा यस पटक अझ ठुलो भूमिका र जिम्मेवारिको आकांक्षी भएर केन्द्रिय सचिब पदमा उम्मेदवारि दिने निर्णय गरेको छु । मेरो उम्मेदवारिको घोषणा, निम्न बिषयहरुमा केन्द्रित रहेको बारे जानकारीको लागि अनुरोध गर्दै संसारभरका एनआरएन मित्रहरु, महिला एनआरएन साथीहरु, विश्व सम्मेलनमा भाग लिने प्रतिनिधिज्यूहरु, संघका अग्रजज्यूहरु, अभियानका समकक्षी साथीहरु तथा पत्रकारज्यूहरु समाक्ष सहयोग र समर्थनको लागि अपेक्षा गर्दछु ।

मेरो उम्मेदवारीको आधारहरु :
१, एनआरएन अभियानमा महिलाहरुको सहभागिता र सकृयताको बारेमा भए गरेका प्रतिबद्धतालाई व्यबहारमा उतार्न र हरेक भूमिकामा महिलाहरु सक्षम छन भनेर काम गरेरै प्रमाणित गर्न ।
२, संघको बृहत  परियोजनाहरु लाप्राक नमूना बस्ती, केन्द्रिय कार्यालय भवन निर्माण र एनआरएन पार्क, शंखमूललाई साविक मोडल र द्रूत गतिमा सम्पन्न गर्न गराउन ।
३, संघको दूरगामी दृष्टिकोण अन्तर्गत मार्गचित्र ‘भिजन २०२० एन्ड बियोन्ड’ लाई घनिभूत छलफल मार्फत निष्कर्षमा पुर्याइ लागु गर्न गराउन ।
४, नेपालको सम्रिद्धी र बिकासका लागि सामुहिक लगानीका प्रयासलाई अझ सशक्त बनाउन ।
५, एनआरएनहरुको स्थानिय र छेत्रीय समस्याहरुमा समाधानका लागि सहायक भूमिका निर्बाह गर्न । संस्थाको दिगो बिकास र आन्तरिक साँगठानिक सुद्रिढिकरणलाई चूस्त र दुरूस्त बनाउन ।
६, संघको साखलाई अझ उचाइमा पुर्याउन र आन्तरिक रूपमा मौलाउदै गरेको सबै खाले बिक्रितिलाई न्यूनिकरण गर्न ।

संसारभरका ७८वटै मुलूकहरुमा सेप्टेम्बर १५ भित्र सबै राष्ट्रिय समन्वय परिषदमा अधिबेशन मार्फत निर्बाचित, निर्बिरोध र सँगठित हुनु भएका नयाँ नेत्रित्वको टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । सबै एनसिसी मार्फत अधिकतम प्रतिनिधिहरु आगामी अक्टोबर १४-१७ काठमाडौंमा हुन गैरहेको आठौं विश्व सम्मेलनमा सकृय सहभागि हुन अनुरोध समेत गर्दछु ।

अन्तमा, आज २५ सेप्टेम्बर २०१७ का दिन हाम्रो संस्थाका आदरणिय केन्द्रिय अध्यक्ष शेष घलेज्यूको गरिमामय उपस्थिति तथा सँरक्षक दिल गुरुङज्यू, केन्द्रिय सल्लाहाकार त्रिलोक गुरुङ्ज्यू, केन्द्रिय सल्लाहाकार पुष्प थापाज्यू केन्द्रिय सचिब अर्जून श्रेष्ठज्यू, केन्द्रिय प्रबक्ता रन्जु वाग्लेज्यू, केन्द्रिय महिला सह सँयोजक रजनि प्रधानज्यू, युरोप सँयोजक कुल आचार्यज्यू, सँयोजक अमेरिका सोनाम लामाज्यू, युरोप सहसंयोजक प्रेम गुरुङज्यू, आइसिसिका समकक्षी तथा नवनिर्बाचित सदस्यज्यूहरु, एनसिसी बेल्जियमका नवनिर्बाचित अध्यक्ष लोक दाहालज्यू तथा कार्यसमितिका साथीहरु, निबर्तमान तथा भुपू अध्यक्षज्यूहरु, बिभिन्न केन्द्रिय कार्यदलका साथीहरु, काठमाडौं जानुहुने प्रतिनिधिज्यूहरु, पत्रकार महसंघका युरोपका साथीहरु तथा अन्य पत्रकार मित्रहरु र सबै उपस्थित महानुभावहरु समक्ष मेरो केन्द्रिय सचिब पदमा उम्मेदवारिको घोषणा गर्न पाउदा गर्व अनुभूति गर्दै सबैबाट सकृय सहयोग र समर्थनको लागि पून अनुरोध गर्दछु । धन्यवाद ।

(हाल आइसिसी सदस्य, पूर्व राष्ट्रीय समन्वय परिषद अध्यक्ष बेल्जियम तथा पूर्व सह-सँयोजक यूरोप),गैर आबासिय नेपाली संघ अन्तराष्ट्रीय  समन्वय परिषद । 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*